Featured Photos
Recent News

निजी लगानीमा बृद्ध आश्रम

दमक/आफ्नै निजी लगानीमा दमक– ९ की मनमाया सुनुवारले निःशुल्क बृद्धाश्रम सञ्चालनमा ल्याएकी छिन् ।    
करिब २६ लाख खर्चमा सुनुवारले दश जना जेष्ठ नागरिक रहने सक्ने बृद्धाश्रम सञ्चालनमा ल्याएकी हुन् । आश्रमको बुधबार दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
सोही अवसरमा कार्यकारी अधिकृत दाहालले सरकारले ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ताको व्यावस्था गरिरहेकाले भविष्यमा समेत यसको थप सम्बोधन हुने विश्वास व्यक्त गरे । उनले निजी लगानीबाट सुुनुवारले शुरु गरेको बृद्ध आश्रम उदाहरणीय भएका बताए ।
केन्द्रकी अध्यक्ष सुनुवारको अध्यक्षतामा भएको
कार्यक्रममा केन्द्रकी सहसचिव पारिका आलेमगरले समस्यामा परेका असहाय ज्येष्ठहरुलाई आवासीय सुविधा उपलब्ध गराउने केन्द्रको उदेश्य रहेको बताइन । केन्द्र सञ्चालक समिति सदस्य ऐसा सुनुवारले अहिले ३ जना असहाय ज्येष्ठ नागरिकहरु आश्रममा रहेको र केन्द्रमा रहने जेष्ठ नागरिकहरुका लागि स्वास्थ्य सेवा उपलब्ध गराईने बताईन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives