Featured Photos
Recent News

साहित्य कला संगममा पाण्डे

दमक/साहित्य कला संगम दमकको अध्यक्षमा साहित्यकार नरपति पाण्डे चुनिएका छन् । शनिवार सम्पन्न १७ औ साधारण सभाले पाण्डेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष : नरपति पाण्डे
यसैगरि संस्थाको उपाध्यक्षमा खोम प्रसाद बगाले, महासचिवमा बिन्दु दाहाल (मुकदर्शक) सचिवमा विष्णु न्यौपाने, सहसचिवमा दिपक सुवेदी र कोषाध्यक्षमा विवश बलिभद्र कोईराला चुनिएका छन् । यसैगरी समितिका सदस्यहरूमा क्रमश चन्द्रा गड्तौला, ओम प्रकाश गौतम, तिलचन्द्र अधिकारी, गिरिधारीलाल बजगाई र  युवराज दुलाल चयन भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा डम्बरु बल्लभ न्यौपाने र सदस्यहरूमा कपिल आचार्य र तुलसा खनाल सर्वसम्मत चयन भए ।
बरिष्ठ साहित्यकार भवानी क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकारहरू डाक्टर गोपाल भण्डारी, मोरङ प्रलेसका अध्यक्ष मिश्रा बैजन्ती, हेम अधिकारी, केपी ढकाल, कृष्ण दंगाल, कर्ण बहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । संगमका निर्वतमान सचिव डम्बरु बल्लभ न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा बिवश बलिभद्र कोईराला, विष्णु न्यौपाने, विन्दु दाहाल र राज्य लक्ष्मी निरौला समेतले रचना पाठ  गरेका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives