Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
![]() |
| टंक पाठक |
संघीयता अहिले आएर भालुको कान भएको छ । यसलाई हल्का र बतासे शैलीमा कलात्मक ढङ्गबाट उत्तार्ने चित्रकारहरुको कलाको करामतले हो । संघीयता शासन प्रणालीको स्वरुप र कानुनी दस्तावेज हुनुको अलवा कुरुक्षेत्र निम्त्याउने दस्तावेजतिर लाग्नु अर्को कारण हो । जनयुद्धताका लामो समय पिल्सिएका नेपालवीका मनमा संघीयताको कारण डर, त्रास र भयले शारीरिक, मानसिक र मनोवैज्ञानिक पीडाले यसबेला कष्टकर तुल्याएको छ । त्यसबेलाको सशस्त्र विद्रोहको रगत नसुक्दै थप रगतको आहाल जम्न थालेको छ । जब शान्ति प्रक्रिया आरम्भ भयो । त्यसपछि मुलुकले उन्नति, आर्थिक वृद्धि स्थायित्व र शान्तिको मार्ग अवलम्बन हुने आशामा नेपालीले मात्रै होइन, विश्वलार्य लागेको थियो । जब त्यस जनयुद्धमा करिब १६ हजार भन्दा बढीको ज्यान लिएका विद्रोहीको डफेदारहरु आतङ्क हिंसाबाट राज्य एकलौटी पार्न नसकिने भन्ने लागेर शान्ति र लोकतान्त्रिक प्रक्रियामा आतुर भई प्रवेश गरेका थिए । जब शान्ति, सम्झौता भयो, सबैको उद्देश्य यो मुलुकको लागि एउटै थियो, त्यो कानुनी राज्य शान्ति र संविधान । तर यो दश वर्षसम्म एमाआवादी लगायत सबै दल वृहत शान्ति सम्झौतालाई कोरा कागज ठानी त्यसबाट बाहिरिएर यहाँसम्म आउनु टिकापुर लगायत देशभित्र कुरूक्षेत्र स्थापना गर्नु संघीयता भालुको कान समातेको जस्तो हुनु हो । यो यतिबेला आएको समस्या पक्कै होइन । यो उपज समस्या नितान्त तिनीहरुकै कर्मकाण्ड हो । जुनबेला विध्वंश भयो, त्यसबेलादेखि विध्वंशलाई विरताको गीत गाउने, अशान्ति, दमन र तोडफोडलाई आफ्ना संस्कृतिरुपी अनुभव ठान्ने, सत्य र साँचो देशको निम्ति सही सल्लाह र सुझावलाई सुन्न नसकी आफूहरु राजनीतिको उपल्लो तहको सर्टिफिकेटको बडाप्पन देखाउने प्रवृत्तिले लोकतन्त्रको राजनीतिको उपहास गर्नु मात्रै होइन, देशलाई नै मृत्युशैय्यामा धकेल्ने खेल हो ।
आजका अप्रिय घटना, साम्प्रदायिक युद्ध, मधेशी, पहाडी, थारु, लिम्बू, बाहुन, क्षेत्री लगायत जातजातिलाई खललको अवस्थामा रुपान्तरित कलङ्कको बिजारोपणको खेतीमा मलजल गर्नु वस्तुनिष्ट आपराधिक सोचको बिजारोपण नै भएर हो । संघीयताको न्वारान गर्ने बित्तिकै टिकापुर घटना होस् या मुलुकका विकसित घटनाहरु हुन्, त्यसलाई एकछिन र आजको भुल कदाचित होइन । फेरि यस्ता घटना अब दोहोरिँदैनन् भन्नु पनि भुल हुनेछ ।
जुनबेला अन्तरिम संविधानमा गणतन्त्र र संघीयता उल्लेख गरेको थियो । त्यसबेलादेखि नै यस विषयमा ती रथ हाँक्ने सारथी र नेपाली जनतालाई समेत थाहा थियो । तर ती सारथीहरु आफ्नो अनुहार बदल्न नचाहने र अरुलाई बदल्ने सिकाईको उपलब्धीविहीन भएर संविधान र संघीयता प्रशव व्यथा लागि अहिले अस्पतालमा छ । दोष प्रमुख नेताको मात्र छैन, तिनीहरुको अगौटे पछौटे लागेका ती लावालस्करको दल र उपनेतामा यिनीहरुको चकिलो छायाँ परेको छ । त्यही छायाँले सरकारलाई ग्रस्त बनाएको छ । जब राष्ट्रिय सारथी या नेता राष्ट्र र राष्ट्रियताको चिन्तनबाट अलग्गिँदै झिना मसिना प्वाल र सीमित मान्छेको घेराभित्र पसेपछि देश अहिले यस्तो हालत भएको हो । यसका उदाहरण प्रशस्तै छन् । जस्तै गृहमन्त्री, प्रधानमन्त्री, सुरक्षा निकायका पदाधिकारी, जिल्ला सरकारका प्रमुख बीच औचित्य र आधारहीन बोल्ने कुराको विकास । बाबुराम भट्टराई जस्ता एक पटक प्रधानमन्त्री भएका व्यक्ति र हाल संवाद समितिका संयोजक रहेका व्यक्तिले भित्र एउटा कुरा गर्नु बाहिर सारालाई उकास्ने र लडाई लाउने काम गर्नु संवाद समितिको मान्छे नभई बदनाम समितिको सभापतिको बिल्ला भिर्नु । प्रचण्डजी जस्ता यो देशका अग्रपंक्तिका नेताले निहत्या टेकनारायण जस्ता २ वर्षे बालक गोली लागि मृत्यु हुँदा र अमानवीय क्रुरतापूर्ण ढङ्गबाट भाला, बञ्चरोले हानेर अञ्चल प्रहरी कमाण्डर लगायत प्रहरीमाथि उद्दण्डसाथ मृत्यु गराउँदा यसलाई सामान्य घटना हो भने पन्छिनु ? न त त्यो दोहोरो भिडन्त थियो, यसलाई धज्जी उडाउनु ।
कांग्रेसका अम्लेशकुमार जस्ताले काट्ने, मार्ने, लखेट्ने कुराको पण्डित्याई गरी अप्रिय घटना घटाउनु र त्यस्तालाई कांग्रेसले त्यस्ता मानवताको दया शून्य दैत्य भएकालाई जोगाएर राख्नु अर्को उदाहरण हो । अर्को उदाहरण भन्ने हो भने विगतको संविधान सभामा आफूह हार्दा भारतले हारेको भन्ने क्षेत्रभित्रका नेपाल र नेपालीको नाम सुन्न नमान्ने र मधेशीहरुको वकिलहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवहरु र तिनका छायाँमा परेका पार्टीहरु मान्छेको मूल्य ५० लाख तोकी हात–हतियार, भाला, लाठी लिएर पहाडबासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई लखेट्न छाडा छोड्नु र तिनीहरुले देशप्रति धावा बोल्दा राज्य मुकदर्शक हुनु त्यही मौलाएको संस्कृति नै हो ।
संविधानको आवश्यकता छ । यो निस्कन पनि आटेको होला । तर विकृतिरुपी राज्यको संस्कृतिले गर्भदेखि नै यसलाई मलजल गर्दै राष्ट्रको पेटमा हुर्किँदैछ । अहिले महिना काटिसकेको छ । समयमा यसको जन्म हुन सकेन । अहिले प्रशवको व्यथाले अस्पतालमा भर्ना गरेको छ । अब राम्रोसँग जन्म हुने कि नहुने हो, शङ्कै छ । जन्मिहाले अपाङ्ग जन्मिने हो कि सपाङ्ग । वा जन्मिने बित्तिकै शिशुमा नै कुपोषणले मृत्यु हुने हो कि त्यो प्रशव व्यथा देख्दा । यो सबै संविधानको गर्भ व्यथा लम्बिनु जस्तो बिउ रोप्यो त्यस्तै फल पाक्नु हो । अब सबै दल र सारथीले आफ्ना निजी स्वार्थ र राष्ट्रलाई निकास दिने दिन आएको छ । यसमा फेरि तिमीहरु चुक्यौ भने देश कुरूक्षेत्रमय हुनेछ ।
स्मरण रहोस्, यिनै नेता आफू सत्तामा जानका लागि भारतसँग थालीमा फूलमाला लिई जाने र दण्डवत गर्ने प्रवृत्तिले पनि भारतको हेपाई खानु परेको र मधेशीहरु दरिलो भएका छन् । भारतमा बिसौँ मान्छे सेना र प्रहरीले मार्दा हाँसेर बस्ने मोदीजी नेपालमा सुरक्षा दिन्छु भन्दै अघि सर्नुलाई बेलैमा बुझ्न प्रयास नगर्ने, त्यही प्रवृत्ति दोहो¥याउँदै छिद्रामा प्रवेश गर्ने र विदेशी सेवा केन्द्रमा आश्रित हुने हो भने र राष्ट्र बचाउन सच्चा नेपाली नहुने हो भने लोकतन्त्र पनि चाहिँदैन, संघीयता अफाप हुन्छ । दूरदृष्टिको खाँचो छ । कुरूक्षेत्र पनि नबनोस् । अन्धाहरुले आँखा तुरुन्तै खोल ।

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
-
▼
August
(
181
)

0 comments for this post
Leave a reply