Featured Photos
Recent News

सभासदलाई बाल क्लबको ज्ञापन पत्र

मेचीनगर/ बालकल्याण बाल क्लब मेचीनगर–८ ले सभासद उषा गरुङ्गलाई ज्ञापन–पत्र बुझाएको छ । शुक्रबार विद्यालय र बाल क्लबका गतिविधि अवलोकन गर्न आएकी सभासद गुरुङ्गलाई विद्यालय र क्लबका समस्याहरू सहितको ज्ञापन–पत्र क्लवकी अध्यक्ष मिक्सेन लावतीले बुझाएकी हुन् ।
क्लबले विद्यार्थीलाई जाडोमा लगाउने स्वीटर, खानेपानीको व्यवस्था, छात्रा शौचालय निर्माण तथा आवश्यक शैक्षिक सामाग्रीहरू उपलब्ध गराइदिन माग गर्दै सभासद गुरुङ्गलाई उक्त पत्र बुझाइएको हो । क्लबले यो वर्ष विद्यार्थीलाई जाडोमा लगाउने स्वीटर खरिद गर्ने तयारी गरिरहेको छ ।
सभासद गुरुङ्गले ज्ञापन पत्र बुझदै क्लबले विद्यार्थीहरूका लागि गरेको यो अभियानलाई सफल बनाउनका लागि आफू सहयोग गर्न तयार रहेको बताउँदै विद्यार्थीहरूको शैक्षिक गुणस्तरका साथै अन्य क्षेत्रमा अब्बल बन्न शुभकामना दिएकी थिइन् । साथै सभासद गुरुङ्गको पहलमा शान्ति तथा पुन निर्माण मन्त्रालयबाट हालै मात्र विद्यालयले १ लाख रुपैयाँ प्राप्त गरेको थियो ।
साथै उनले क्लबको कार्यालय, क्लबले निर्माण गरेको फूलबारी तथा विद्यालयका राम्रा अभ्यासहरुको अवलोकन गरेकी थिइन् । अध्यक्ष मिक्सने लावतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक नरेन्द्रकुमार पाठक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखरनाथ भण्डारी, सहायक प्रधानाध्यापक मञ्जुकुमारी दाहाल, संयोजक शिक्षक अनिता कार्कीलगायतले बोलेका थिए । बरिष्ठ उपाध्यक्ष निरमाया खड्का निशाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव जीवन दाहालले गरेका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives