Featured Photos
Recent News

जमुनाको उपचारको लागि सहयोग जुट्दै

सुरुङ्गा/ कनकाई नगरपालिका–२ सुरुङ्गा निवासी वोन क्यान्सर पिडीत जमुना राईलाई उपचारको लागि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुट्ने क्रम बढेको छ ।
वैदेशिक रोजगारका लागि कतारमा गएका कनकाई नगरपालिका–२ सुकेडाँगी निवासी पारसमणि पौड्याल र पवन कटुवालको अगुवाइमा ३१ जनाभन्दा धेरै युवाले मंगलबार परिवारलाई नगद ७८ हजार रुपैयाँ दिएको हो । सो रकम जम्मा गरेर जानकी निमाविका शिक्षक कैलाश बरालको नाममा पठाएका थिए ।
प्राप्त रकमलाई मंगलबार सुकेडाँगी सामुदायिक वनका अध्यक्ष गंगाप्रसाद ढुङ्गेल र किरातेश्वर महादेव धनुषकोटी धामका अध्यक्ष भक्तबहादुर पौड्यालको संयुक्त अध्यक्षतामा आयोजित एक भेलामा पीडित जमुना राईकी दिदी गंगा राई र छिमेकी धनबहादुर वनलाई भेटी हस्तान्तरण गरिएको हो ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives