Featured Photos
Recent News

पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा

बिर्तामोड/नागरिक तथा पर्यटन उड्डयन मन्त्री कृपासुर शेर्पाले झापामा आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना धेरै रहेकाले यसको विकासका सरकारले विशेष आर्थिक प्याकेजको घोषणा गर्ने बताएका छन् ।
राजधानी बाहिर बिर्तामोडमा सुविधा सम्पन्न होटल हिकोला हेरिटेज प्रालिको शनिबार विर्तामोडमा उद्घाटन गर्दै उनले भने,–‘ झापामा आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधा सम्पन्न होटलहरूको निर्माण हुने क्रम जारी रहेकाले यसले पर्यटन प्रर्वद्धन गर्न विशेष सहयोग गर्ने भएकाले झापाका पर्यटकीय क्षेत्रको विकासका लागि सरकार सकारात्मक छ ।’ उनले झापामा धेरै ऐतिहासिक स्थालहरू रहेपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताए ।
मन्त्री शेर्पाले झापाको केन्द्रबिन्दुको रुपमा रहेको बिर्तामोडमा सुविधा सम्पन्न होटल निर्माण हुनुले पनि पर्यटकलाई आर्कषित गर्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा बोल्दै मन्त्री शेर्पाले विनासकारी भूकम्पले पर्यटन क्षेत्रमा केही असर गरेपनि सबै मिलेर पर्यटन प्रर्वद्धन गर्न सकिने विचार ब्यक्त गरे । कार्यक्रममा प्रालिका अध्यक्ष देवीभक्त श्रेष्ठले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सेवा प्रदान गर्दै मेची अञ्चलका पर्यटकीय तथा धार्मिक क्षेत्रहरूको प्रवद्र्धन समेत होटलको स्थापना गरेकोे बताएका छन् । चार करोडभन्दा बढीको लगानीमा निर्माण सम्पन्न गरी सञ्चालनको तयारीमा रहेको उक्त होटलको साझेदार संस्थाहरूमा बिर्तामोडस्थित बीएण्डसी हस्पिटल, फिटनेश वल्र्ड र हवी स्वीमिङ कम्प्लेक्स रहेका छन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives