Featured Photos
Recent News

भिरबाट लडेर मृत्यु

इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ ।
साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फर्कने क्रममा शुक्रबार राति ११ बजे भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ ।
राईको शव परीक्षणका लागि इलाम अस्पताल ल्याउने क्रममा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए

दुर्घटनामा प्रहरीको मृत्यु

इटहरी/पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको नरसिंह–६ मा शनिबार अपरान्ह दुई मोटरसाइकल एकआपपसमा ठोकिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ  भने तीन जना गम्भीर घाइते भएका छन् ।
विपरीत दिशाबाट आउँदै गरेको बा ४५ प ३०४० र को ६ प ३९६४ नंको मोटरसाइकल ठोकिँदा भारदह घर भई राजविराजस्थित सीमा सुरक्षा बलमा कार्यरत सशस्त्र प्रहरी जवान धीरेन्द्र झाको घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका मोरङ घर भएका सशस्त्र प्रहरी हवल्दार श्याम लम्साल तथा इनरुवा–१ का अर्जुन साह र दयानन्द पोदारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives