Featured Photos
Recent News

बन्दका विरुद्ध हस्ताक्षर अभियान

बिर्तामोड/ बन्दलाई सधैका लागी बन्द गर्नु पर्नेमा दवाव दिने उद्देश्यले विहीवार बिर्तामोडको मुक्ति चोकमा क्रिएटिभ युथ नेटवर्कले हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ ।
मेची बहुमुखी क्याम्पस भद्रपुर र कनकाई आदर्श क्याम्पस बिर्तामोडको सहआयोजनामा सम्पन्न अभियानमा यात्रु, विद्यार्थी, स्थानीय व्यापारी, सर्वसाधारणहरू गरी एक हजार पाँच सयभन्दा धेरैले हस्ताक्षर गरेको नेटवर्कका अध्यक्ष टिकाराम धमलाले जानकारी दिए ।
सरकारसँग आफ्ना मागहरूको सम्बोधन गराउने विकल्प बन्द र हड्तालमात्र हुन नसक्ने जनाउँदै आयोजकले नागरिकहरूमा सचेतना प्रदान गर्दै राजनीतिक दल र सरकारलाई पनि हेक्का दिलाउन कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
संकलित हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालय झापामार्फत सरकारलाई पठाउने बताइएको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives