Featured Photos
Recent News

बन्दको दुःख

बन्द र हड्ताल मुलुकका सबैजसो दलले मुखले गर्दिनँ भनेको तर ब्यबहारले सँधै अवलम्बन गरिरहेको खराब अभ्यास हो । यसले परिवर्तन ल्याउन जति भूमिका खेल्छ, त्यो भन्दा ज्यादा निम्नवर्गीय जनतालाई दःुख दिने काम मात्र गरिरहेको हुन्छ । श्रम गरेर परिवार पाल्ने वर्गलाई समस्यामा पार्ने बन्द र हड्ताल नमिठो राजनीतिक अभ्यास पनि हो ।
बितेको एक महिनामा हिन्दु धर्मको मुद्दा उठाइरहेको राप्रपा नेपालदेखि धर्म निरपेक्षताका कठोर पक्षपाती एवम् जातीय राजनीतिक संघसंगठनहरूले पालैपालो बन्द आयोजन गरे । कहिल्यै पनि बन्द र हड्ताल नगर्ने कमल थापालाई उनको प्रतिज्ञाले सीमित गर्न सकेन । कुनैपनि किसिमका प्रतिज्ञाको पालना सक्षम, बलिया र इमान्दारबाट मात्र सम्भव हुन्छ । हलुका र कमजोर कान्छेबाट प्रतिबद्धता पूरा हुने आशा गर्नु बेकार हुन्छ । लाखौं श्रमशील मानिसको गरिखाने बाटो एकदिन भएपनि मास्ने नाजायज अभ्यासका लागि वर्तमान संविधानसभाको वैकल्पिक शक्तिको रुपमा उभिने सपना देखिरहेको राजनीतिक पार्टीले गरेको मुद्दा गम्भीर मान्नुपर्छ ।
कांग्रेस, एमालेको ठूलो पंक्ति बन्द र हड्ताल नगर्ने मानसिकतामा पुगिसकेको छ । उनीहरूले त्यागेको फोहोर अर्काे पक्षले जस्ताको तस्तै उठाएर बोक्न खोज्नु भनेको तिनकै पिछलग्गु हुनु हो । आफ्नो राजनीतिक मुद्दा स्थापित गर्न अरु तमाम उपाय हुन सक्छन् । हामीले विकसित मुलुकका शहरहरू कहिल्यै बन्द भएको सुनेका छैनौं । टोकियो वा न्यूयोर्क अथवा विश्वका यस्ता कयौं शहर कहिल्यै बन्द हुँदैनन् । त्यहाँ पनि कडा क्रन्तिकारी वा सरकार बिरोधी नभएका त पक्कै होइनन् । तर त्यहाँ बहुलबादको प्रयोग उच्चकोटीको छ । चित्त नबुझाउने राजनीतिक शक्तिलाई बिधिवत बलात् हटाउन सक्ने सामथ्र्य त्यहाँ मुद्दाले नै राख्छ । मान्छेले सडकमा निस्किएर पट्टा खेल्ने युगबाट ती ठेगाना धेरै माथि उठिसकेका छन् ।
राजनीतिक विषयमा उठे उठाइएका विषयको निक्र्यौल गर्ने कार्य आवधिक निर्वाचनले गर्दछ । आफूले उठाएको विषयलाई जनमतको माध्यमबाट अनुमोदन गराउने बाटो कायम रहुञ्जेल त्यो फ्रेममा अडिग रहनु राजनीतिक धर्म हो । अति कुरा चाँहि लोकतन्त्रलाई स्वीकार्छु भन्नेले नाईनास्ती गर्न पाँइदैन । अरु उपाय हुँदाहुँदै बन्द र हड्ताल गरेर निरन्तर जनतालाई सास्ती दिइरहँदा कसको हित हुन्छ ? त्यो त खुलेको छैन तर गरिखाने जनतालाई दुःख पर्छ भन्ने चाँहि बुझिदिनु पर्दछ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives