Featured Photos
Recent News

चार दिनदेखि विद्युत आपूर्ति ठप्प

झापा/ बिगत चार दिनदेखि विद्युत आपुर्ति ठप्प हुँदा झापा शनिअर्जुन ८ र ९ का बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।
शनिअर्जुन ९ सालबारीस्थित ट्रान्सफर्मरमा समस्या आएपछि शनिअर्जुन ८ कालीझोडा र सालबारीका करीव ३ सय घरधुरीका उपभोक्ता मर्कामा परेका हुन् । ट्रासफर्मर मर्मतका लागि आफूहरूले पटक–पटक आग्रह गरेपनि सुनुवाई नभएको स्थानीयले बताएका छन् । तर मर्मतका लागि बिराटनगर लैजानुपर्ने भएकाले लगातारका बन्दका कारण यातायातमा समस्या भएको बिद्युत प्राधिकरण शनिश्चरे प्रशाखाले जनाएको छ ।
प्रशाखाका प्रमुख यामचन्द्र सञ्जेलका अनुसार अनारमनी बितरण केन्द्रसँग समन्वय गरी ट्रान्सफर्मर मर्मतका लागि लैजाने तयारी भइरहेको छ । संभवत एक, दुई दिनभित्रमै बिद्युत सेवा सुचारु हुने उनले जानकारी दिएका छन् । बिद्युत आपुर्ति ठप्प हुँदा, मोवाइल चार्ज गर्न, रेडियो, टेलिभिजन जस्ता सञ्चार सुबिधाबाट बञ्चित हुनुपरेको स्थानीयले गुनासो गरेका छन् । 

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives