Featured Photos
Recent News

ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित

दमक/ ऊँ सतासी बचत तथा ऋण सहकारी संस्थाको शुक्रबार भएको निर्वाचनमा अध्यक्ष पदमा राजन दंगाल निर्वाचित भएका छन् ।
 संस्थाको १६ साधारणसभा भएको निर्वाचनमा दंगालले १०६ मत ल्याउदै अध्यक्ष पदका लागि निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रतापजंग कार्कीले ७१ मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्ष पदमा पदम भण्डारीले १११ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी तिलक डाँगीले ६९ मत प्राप्त गरेका थिए । लेखा समिति संयोजक सहित जम्मा १० पदका लागि भएको निर्वाचनमा सुमन खनालले ८६ मत ल्याएर लेखासंयोजक चुनिएका छन् । यसरी नै सञ्चालक समिति
सदस्यहरुमा टेकबहादुर चेम्जुङले १२५,  बसुन्धरा गजुरेल १२०, फुलमाया नेम्बाङ १०८, मिना कुमारी थापा ११०, रुपमाया पौडेल ९२, रमेश कुमार राई ९३ र सर्वध्वज निरौलाले १०० मतप्राप्त गदै निर्बाचित भएको निर्वाचन समितिले जनाएको छ । लेखा समितिका दुई सदस्य पदका लागी भने यस अघि नै बिष्णु माया नेम्वाङ र हर्कमाया लिम्बु सर्वसम्मत भएका थिए ।
जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष बलराम गजुरेल प्रमुख उपस्थितिमा भएको सो साधारण सभामा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाकी कोषाध्यक्ष चन्द्रा खड्को समेत विशेष उपस्थिति रहेको थियो । संस्थाले आफ्नो १६ वार्षिक साधारण सभाको अवसर पारेर दुई जना पूर्व कर्मचारीहरु सहित तीन जना कर्मचारीलाई सम्मान गरेको थियो । यसरी नै सहकारीले निजी तथा सामुदायिक विद्यालयहरुबाट उत्कृष्ट अंक ल्याएर प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने शेयर सदस्यका चार जना छोराछोरीहरु लाई सम्मान गरेको थियो । यस्तै उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी शेयर सदस्यहरुलाई समेत सम्मान गरेको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives