Featured Photos
Recent News

आकाशगङ्गा के हो ?



आकाशगङ्गा एक तारापुञ्ज हो जहाँ हाम्रो सौर्यमण्डल (पृथ्वी समेत) रहेको छ। यो एक सङ्खाकार (स्पाइरल) तारापुञ्ज हो। यसको मुख्य चक्काको व्यास करिव ८०,००० देखि १ लाख प्रकाशवर्ष छ भने परिधि २,५०,००० देखि ३,००,००० प्रकाशवर्ष छ।

ब्रम्हाण्ड मा अबलोकन गर्न सकिने अरबौं तारापुञ्जहरू मध्येको एक हो आकाशगङ्गा।


(Coma Berenicesतारापुञ्जमा रहेको NGC 4414नामको चक्राकार आकाशगंगा, यसको व्यास करिब ५५,००० प्रकाशवर्षरहेको अनुमान गरिएको यो तारापुञ्ज करिब ६०,००,००,००० प्रकाशवर्ष टाढा रहेको छ|)
इतिहास=


आकाशगङ्गाको आयु ठम्याउन निक्कै कठिन छ, तापनि यस पुञ्जको सबै भन्दा पुरानो ताराको आयु अन्दाजि करिव १३.६ अर्ब वर्ष छ जुन लगभग यस तारापुञ्जकै आयु समान छ।
तारापुञ्ज गर्भ



धनुराशि तिरको पुञ्जगर्भ। धनु (राशि)का मुख्य ताराहरू रातो देखाईएका छन

तारापुञ्जिय चक्का, जुन गर्भबाट बाहिरतिर उठेको छ, को व्यास करिब ७० हजार देखि एक लाख प्रकाशवर्ष लामो छ। सूर्य देखि पुञ्जगर्भ सम्मेको दुरी करिव २६,००० ± १४०० प्रकाशवर्ष लामो रहेको अनुमान छ।
तारापुञ्जको गर्भमा धनुराशि ए नामको एक निक्कै घना पिण्ड रहेको छ जुन अति धेरै तौल भएको छ। यो एक निक्कै बिशाल ब्ल्याक होल हो भन्ने अनुमान गरिएको छ। सबैजसो तारापुञ्जको गर्भमा एक विशाल ब्ल्याक होल रहेको हुन्छ भन्ने अनुमान गरिएको छ|


Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives