Featured Photos
Recent News

पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने

दमक/ पूर्वका आदिवासी धिमाल समुदायहरूले झापा,मोरङ र सुनसरी जिल्लालाई धिमाल स्वायत्त दिनु पर्ने माग राखेको छ । यी तीन
जिल्ला धिमाल जातिको थातथलो भएको दावी गर्दे धिमाल जातिय विकास केन्द्रले अव वन्ने संघीयतामा पहिचानका आधारले ती क्षेत्र धिमाल स्वायत्त हुनुपर्ने माग राखेको छ ।

विहीवार झापाको दमकमा पत्रकार सम्मेलन गरि केन्द्रले आफना धारणा सार्वजनिक गरेको हो । केन्द्रका अध्यक्ष तथा संबिधानसभाका पूर्व सदस्य नगेन्द्र धिमालले थातथलो खुलेका अल्पसंख्यक आदिवासीहरूको पहिचान खुल्ने गरी अव वन्ने संघीयतामा स्वायत्त क्षेत्रहरू निर्माण गर्न माग राखेका थिए  । उनले भने ‘ऐतिहासिक पृष्ठभूमि तथा पहिचानका आधारले संघीयतामा जादाँ मात्र मुलुक वलियो हुन्छ ।’ उनले हालै मुख्य चार दलले सार्वजनिक गरेका सिमांकन सहितको ६ प्रदेशको मस्यौदा पहिचान र अधिकारका निम्ती नै घातक भएको टिप्पणी गरे । ‘यो आफैमा लङडो छ, नामांकन विनाको संघीताको मस्यौदा अविलम्ब सच्चाउन माग गर्छो’ अध्यक्ष धिमालको भनाई थियो । उनले पूर्वका नौ जिल्ला लिम्बुवान–कोच जे बनाए पनि त्यस भित्र धिमाल अट्न सक्ने प्रष्टयाए । तर उनले पहिचान विनाको प्रदेश बनाए,
त्यस विरुद्ध जाइलाग्ने चेतावनी समेत  दिए । केन्द्रले आफना माग सम्बोधन गर्न दवाव दिने उद्देश्यले पूर्वी मोरङको उर्लाबारी देखि झापाको दमक सम्म यही भाद्र ५ मार्चपास आन्दोलन समेत गरिने तय भएको बताएको छ ।  मार्चपासमा करिव दश हजारका हाराहारीमा धिमालहरू उतार्ने केन्द्रका महासचिव केदार धिमालले बताए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives