Featured Photos
Recent News

बन्द र तोडफोडमा संलग्न दश पक्राउ

बिर्तामोड/ झापाको बिर्तामोडबाट सद्भावना पार्टीका जिल्ला अध्यक्ष सूर्यनारायण गणेश सहित १० जनालाई प्रहरीले बुधबार बिहान नियन्त्रणमा लिएको छ । जवर्जस्ती यातायात बन्द गराउँदै सवारी तोडफोडमा संलग्न भएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
छ प्रदेशको सीमाङ्कनप्रति असहमति जनाउँदै आह्वान गरिएको बन्दको अवज्ञा गरेको भन्दै सवारीसाधन तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।
गणेश शान्ति समिति झापाका संयोजक समेत हुन् । उनीसँगै सवारी तोडफोडमा संलग्न भएका तराई मधेस लोकतान्त्रिक पार्टी झापाका जिल्ला अध्यक्ष त्रिनारायण राजवंशी, सुन्दरलाल गणेश, सुरेश यादव, गणेश ढुङ्गाना लगायत नियन्त्रणमा परेका हुन् । मधेसी मोर्चा, थारू सङ्घर्ष समिति, कोचिला सङ्घर्ष समिति लगायतका दलले आह्वान गरेको बन्दका कारण पाँच दिनदेखि झापाको जनजीवन प्रभावित भएको छ ।

मोरङमा युवाद्वारा बन्दको विरोध

मोरङ÷ विभिन्न मधेसवादी दलले गरेको बन्दका क्रममा प्रदर्शनकर्ता अराजक भएको भन्दै मोरङका विभिन्न संघसंगठनले विरोध गरेका छन् । युवा संघ नेपाल मोरङ, तरुणदल मोरङ, वाइसिएल मोरङ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मोरङ र मोरङ ट्याक्सी व्यवसायी संघ लगायतका संघसंघठनले बन्दको विरोध गरेका हुन् ।  उनीहरूले मधेसवादी दलका प्रदर्शनकर्ता अराजक भएको र आन्दोलनलाई व्यक्तिगत रिस साँध्न प्रयोग गरेको आरोपसमेत लगाएका छन् । युवा संघ मोरङका अध्यक्ष मुकेश बुढाथोकीले प्रदर्शनकर्ताले आफ्नो घरमा तोडफोड गरेको आरोप लगाए । नेतृत्वकर्ताको उपस्थिति बिना र ब्यानर झन्डा बिना झुन्डमा आएका प्रदर्शनकर्ताले आफ्नो घरमा तोडफोड गर्नुका साथै आफूमाथि पनि आक्रमण गरेकाले गाउँले प्रतिकारमा उत्रेको उहाँले बताउनुभयो । वाइसिएल र तरुण दलका नेताले बन्दको विरोध गर्दै विकल्प खोजिनुपर्ने भन्दै बन्दमा व्यक्तिगत रिस साँध्ने किसिमको प्रवृत्ति बढ्दै गएकाले त्यस्ता काम रोकिनुपर्ने बताए । यातायात स्वतन्त्र मजदुर संगठन मोरङ र मोरङ ट्याक्सी व्यवसायी संघले बन्दले गर्दा आफूहरूको रोजीरोटी नै गुम्ने अवस्थामा पुगेको भन्दै बन्दको विकल्प खोज्न आग्रह गरेका छन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives