Featured Photos
Recent News

झापाबाट ६५ जना चेलीबेटीको उद्धार

झापा/ साना हातहरू नेपाल नामक संस्था भद्रपुर शाखाले गत आव २०७१÷०७२ को असार मसान्तसम्ममा ६५ जना चेलीबेटीको उद्धार गरेको छ ।
झापाको ज्यामिरगढी, महेशपुर, पृथ्वीनगरलगायतका नाकाबाट भारतमा बेच्न लैजाँदै गरेको अवस्था ती चेलीबेटीको उद्धार गरेको संस्थाले जनाएको छ । संंस्थाले गत आ.व.मा चेलीबेटी बेच्ने १२ जना दलाललाई पक्राउ गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जनाएको छ ।
हाल पाँचजना पीडित चेलीलाई कार्यालयमै संरक्षण दिएको संस्थाका अध्यक्ष जगत वाग्लेले बताए । उनले गत आ.व.मा मानव बेचबिखनमा ११ जना, बलात्कारको केशमा दुई जना र अस्पतालबाट एक जना गरी जम्मा १४ जना बालबालिकाको समेत उद्धार गरेको बताए ।
इलाम तथा झापाका ग्रामीण क्षेत्रका गरिबी र अशिक्षाको चपेटामा परेका महिलालाई वैदेशिक रोजगारीमा पठाइदिने तथा भारतका विभिन्न स्थानमा राम्रो जागिर लगाइदिने बहाना बनाएर दलालले आफ्नो फन्दामा पार्ने गरेका छन् । संस्थाले स्थापनादेखि हालसम्म एक हजार २५३ जनाको उद्धार गरी आफन्तको जिम्मा लगाइसकेको जनाएको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives