Featured Photos
Recent News

शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण

(शिविर उद्घाटन कार्यक्रममा सहभागीहरु ।)
दमक/ झापाको दमकस्थित दमक जेसीजले शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ५५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
स्थानीय मारवाडी सेवा समितिको सभाहलमा सम्पन्न महिलाहरुको पाठेघरको सम्बन्धी रोगको बारेमा  परिक्षण गरिएको थियो । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वरिष्ठ स्त्रीरोग रोग विशेषज्ञहरु डाक्टर धु्रब उप्रेती र पप्पु रिजाल सहितको टोलीले गरेको परीक्षणमा दुईजना  क्यान्सरको संम्भावना रहेको पाईएको थियो ।
पछिल्लो समयमा आएर महिलाहरुको पाठेघरमा क्यान्सर हुने क्रम बढ्दै जानथाले पछि संभावित जोखिम न्युनीकरणका लागी पूर्व जानकारी दिने उद्देश्यले शिविरको आयोजना गरिएको दमक जेसीजकी अध्यक्ष रेगिना भट्टराई प्रसाईले जानकारी दिईन् । गरिब, विपन्न तथा दुरदराजमा स्वास्थ्यका पहुँच भन्दा बाहिर रहेका महिलाहरुलाई स्थानीय स्तरमानै सम्बन्धित बिषयका विशेषज्ञहरुको टोलीबाट सेवा प्रदान गरिएको शिविरका संयोजक चन्द्र खत्रीले बताए ।
विहान करिब ८ बजेबाट शुरु भएको सो निःशुल्क स्वास्थ्य शिविरमा दमक, लखनपुर, धरमपुर, तोपगाछी, महारानीझोडा, कोहभरालगायतका क्षेत्रहरुबाट आएका ५ सय ५५ जना महिलाहरुले स्वास्थ्य परीक्षण गराएको थिए । शिविरमा दमक नगरपालिका सहयोगी संस्थाको रुपमा रहेको थियो । शिविर सञ्चालन शुरु हुनु पूर्व आयोजित एक कार्यक्रममा डाक्टर उप्रेतीले क्यान्सर आफैमा प्राणघातक रोग नभएकाले यसलाई सयममा नै पहिचान गर्न सके आहार तथा सामान्य उपचारबाट नै निको हुने बताएका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives