Featured Photos
Recent News

झापामा २ सय ८ चेलीको उद्धार

भद्रपुर/माइती नेपाल काँकडभिट्टा झापाले सन् २०१५ को छ महिनाको अवधिमा २ सय ८ जना चेलीलाई उद्धार गरेको जनाएको छ ।
सन् २०१४ मा एक वर्षको अवधिमा काँकडभिट्टा नाकाबाट दुई सय ५० जना चेलीलाई उद्धार गरिएको माइती नेपालले जनाएको छ । माइती नेपाल काँकडभिट्टाका प्रमुख गोविन्द घिमिरेले चालु वर्षमा ७८ जना चेली हराएको निवेदन आएकोमा ४० जना फेला परिसकेको जानकारी दिए ।
उनले तीन जना बलात्कारका कारण पीडित बनेका, एक जना चेलीका पीडकलाई १६ वर्ष कैद र तीन लाख रुपैयाँ क्षतिपूर्ति ब्यहोर्ने फैसला जिल्ला अदालत झापाले गरेको जानकारी दिए । माइती नेपाल काँकडभिट्टाको पुनःस्र्थापना केन्द्र ४० जनाको क्षमता रहेकोमा हाल पाँच जना चेली रहेको बताइएको छ ।
असहाय बालबालिका र विदेशमा बेचिएका चेलीलाई उद्धार गरी पुनःस्थापना गर्ने उद्देश्यले २०५३ सालमा झापाको काँकडभिट्टामा शाखा स्थापना गरी सो क्षेत्रमा काम गर्दै आएको संस्थाले भारतको सिलोङ, सिलिगुडी, जलपाइगुडी, मुम्बैलगायत भारतका अन्य सहर र बंगलादेशबाट पनि नेपाली चेलीलाई उद्धार गरिसकेको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives