Featured Photos
Recent News

बंगलादेशको चामल गोदाममै थन्कियो

झापा/नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थानको गोदाममा अझै थन्किएको छ ।
जेठ १२ गते सम्म ९९ हजार ९ सय ८२ क्युन्टल ५० किलो चामल खाध्य संस्थानले बुझेको थियो । हाल सम्म ४० हजार क्युन्टल चामल प्रभावित क्षेत्रमा पठाइएको र बाँकी पठाउनका लागि सरकारले टेण्डर आव्हान गरेको खाद्य संस्थान मेची अञ्चल कार्यालयका प्रमुख मारकन्ने जैश्वालले बताए ।
सरकारले टेण्डरको प्रक्रियालाई लब्याउदा चामल ढुवानी गर्न समस्या भएको उनको भनाई छ । सरकारले प्रभावित क्षेत्रमा पठाउन निर्देशन दिए मात्र आफूहरूले चामल पठाउने र हालसम्म कुनै निर्देशन प्राप्त नभएको जैश्वाल बताउँछन् । खाद्य गोदाममा रहेका ६० क्वन्टल चामल सुरक्षित रहेको गोदाम बिभागका यज्ञप्रताप अधिकारीको भनाई छ । एकातिर भूकम्प पीडितहरू अझै पनि चामलको अभावमा तड्पिरहेको छन् तर सहयोगी बिभिन्न राष्ट्रले पठाएको खाद्य सामग्री गोदाम गोदाममा थन्किएको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives