Featured Photos
Recent News

तस्करी रोक

करिब एकहजार ६ सय किलोमिटरको खुल्लासीमाना साझेदारी भएको छ भारतसँग नेपालको । उत्तर भारतका सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तरप्रदेश र उत्तराखण्ड तुलनात्मक रुपमा भारतका पनि कम विकसित मानिन्छन् । एकाध बाहेक ती प्रान्तको राजनीतिक संक्रमण र अराजकता तस्करी र हिंसाका घटनाको जरो कहिले काहीँ नेपालसम्म आइपुग्ने गरेको छ ।
खुल्ला र अव्यवस्थित सीमा व्यवस्थापनका कारण मौलाएको तस्करीलाई रोक्ने कार्य चुनौतीपूर्ण छ । खासमा सबैजसो याममा भारत हुँदै नेपालसम्म आयात गरिने सुपारीको पुनः भारतमै हुने तस्करी हाकाहाकी भइरहेको छ । पूर्वको सीमा शहर काँकडभिट्टामा मात्र दैनिक जसो सुपारी बरामद गरिएको पाइन्छ । १ भदौमा मात्र पनि एकसय १० केजी सुपारी नेपालबाट भारत लैजाँदै गर्दा त्ररामद गरिएको छ । बरामद सो सुपारी भन्सार अड्डा काँकडभिट्टामा बुझाइएको छ । बरामदका यस्ता एकाध घटना बाहेक त्यहाँ लिलाम भएको सुपारी फेरि आखिर भारतमै लगिन्छ । सुन्दा हल्का लाग्ने यो तस्करीको माखेसाङलो मुलुकको राष्ट्रिय बदनामीको विषय बनेको छ । भारतिय बजारमा मागको एक चौथाईमात्र सुपारीको आन्तरिक आपूर्तीले धान्छ । मासिक त्यहाँ कुल बिस हजार क्विन्टल सुपारीको माग छ । त्यो खपतको परिमाण पनि हो । तर भारतमा पाँचहजार क्बिन्टल भन्दा ज्यादा उत्पादन छैन । सुपारीको उत्पादन बढ्ता सिंगापुर, थाइल्याण्ड, इण्डोनेशिया लगायतका पूर्वी एशियाका मुलुकमा भइरहेको छ । माग भारतमा बढी, उत्पादन अन्यत्रै, यहि कारण सुपारीको भारतमा मूल्य पनि बढ्तै छ । तर कृषिजन्य वस्तुको आयातमा भारतले लगाएको करका कारण व्यापारीहरुले नेपालका लागि सुपारीको आयात गर्ने र तस्करी गराएर भारत लैजाने गरिरहेका छन् । यो तथ्यसँग अधिकारीदेखि सर्बसाधारण कोहि बेखबर छैनन् । मुलुकको अर्थ प्रशासन कमजोर र त्यसभित्रको दण्डहिनताका कारण कुटनीतिक पहलबाट प्राप्त हुनसक्ने करको ठूलो स्रोत त्यसै गुमिरहेको छ । सुपारीलाई लागू पदार्थझैं खेदो गरेर सिमामा समात्नु राज्यको पनि कमजोरी हो, किनकी त्यहि नाकाबाट राजश्व तिरेर भित्रिन दिइएको वस्तु त्यहि नाकाबाट बाहिर लैजान नपाउनुका कठिनाई समाधान गरिदिने र उद्यमीहरूलाई सजिलो पारिदिने काम राज्यको हो । भोलि बरामद गर्नुपर्ने वस्तुलाई आजै रोकेदेखि नागरिकलाई तस्कर बन्ने अवसर आउँदैनथ्यो भन्ने न्यूनतम ज्ञान अर्थ प्रशासन प्राधिकरणमा भए उत्तम हुनेछ । अन्यथा आउन दिने, लैजान नदिने कार्यले कुनै न कुनै रुपमा तस्करीको बाटो बनाइदिएको निष्कर्ष दिन्छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives