Featured Photos
Recent News

बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व

दमक /बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्थित पशुपति मन्दिरको सभाहलमा भएको साधारणसभाले दमक क्षेत्रमा क्रियाशील पत्रकारहरू मन कुमार गदाल र मिना विश्वकर्मालाई सम्मान गरेको हो ।
 यस्तै शुक्रवार सम्पन्न समाजको पहिलो साधारणसभाले कासी खातीको नेतृत्वमा ११ सदस्यीय नगर समिति चयन गरेको छ । सामाजिक अगुवा ऋषीधन गजमेरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गजमेरले आफनो अधिकार रक्षाका लागी एक हुनुको
विकल्प नभएको बताए । कार्यक्रममा अध्यक्ष खातीले समाजको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समाजले आफनो प्रथम साधारणसभाको अवसर पारेर विश्वकर्मा समुदायका २ जना जेहेन्दार बिद्यार्थीलाई समेत सम्मान गरेको थियो । यसरी सम्मानित हुने विद्यार्थीहरूमा पृथ्बी निमाबी कक्षा– ५ मा अध्ययनरत दिक्षा बिक र सोही विद्यालयको कक्षा ७ मा अध्ययनरत समिक्षा गजमेरलाई नगद सहित सम्मान पत्रले सम्मानित गरिएको थियो । समाजका सदस्य राजेन्द्र बराइलीले स्वागत गरेको कार्यक्रममा शैक्षिक अगुवा दुर्र्याेधन ल्वागुन, बुद्धी गदाल, दमक सुनचादी ब्यवसायी संघका उपाध्यक्ष दुर्गा गजमेर लगायतले बोलेका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives