Featured Photos
Recent News

नेपाल यू–१९ साफ च्याम्पियन

काठमाडौं/ पहिलो यू–१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ । भारतलाई हराउँदै नेपालले उपाधि जितेको हो । शनिबार भएको फाइनल भिडन्तमा नेपालले टाइ ब्रेकरमा भारतलाई ५–४ गोलअन्तरले पराजित गर्न सफल भएपछि उपाधि हात पारेको हो । 
बिजयीपश्चात् खुसी हुँदै नेपाली खेलाडीहरु ।
करिब बाइस वर्षसम्म कुनै उपाधि हासिल गर्न नसकेको खराब इतिहासलाई तोड्दै नेपाली फुटबल टोलीले विजयको नयाँ इतिहास रचेको छ । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा सन् १९९३ यता उपाधि जित्न सकेको थिएन । 
नेपालले बलियो  प्रतिद्वन्द्वी भारतविरुद्ध प्रभावशाली खेल पस्कँदै उपाधि जित्न सफल भएको हो । शुरुवातबाटै भारतलाई डिफेन्सिफ हुन बाध्य पारेको नेपालले ३१ औं मिनेटमा गोलको खाता खोलेको थियो ।
नेपालका लागि सुनिल बलले खेलको ३१ औं मिनेटमा दिएको कर्णर बललाई सदुपयोग गर्दै तेज तामाङले गोल गरेका थिए । उनले अनन्त तामाङको हेडलाई भारतीय किपरले बचाएपछि फर्केको बललाई जाली चुमाएका थिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भरिभराउ दर्शकबीच भएको फाइनल भिडन्तमा नेपालले दोस्रो हाफमा पनि आक्रमक खेल पस्केको थियो ।
शनिबारको खेलमा विमल घर्ती मगरका दर्जनौं प्रयासलाई भारतीय रक्षकले असफल बनाइदिएका थिए । खेलको अन्तिम पाँच मिनेट बाँकी रहँदासम्म नेपालले उपाधि घरैमा राख्ने अवस्था थियो । तर खेलको ८८ औं मिनेटमा नेपालका दिनेश राजबंशीले डिबक्सभित्र हेन्ड गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भारतका सहबाजले खेललाई बराबरीमा ल्याए ।
निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि गरिएको टाई ब्रेकरमा अन्ततः नेपालले बाजी मार्याे । टाई ब्रेकरमा भारतको पहिलो प्रहार नेपाली रक्षक सुजन गुरुङले बचाउ गर्नु
नै नेपालको उपाधि जित्न प¥याप्त भयो ।
भारतका मोइनुदिनको प्रहार गुरुङले बचाउ गरी बाहिर पठाइदिए । त्यसपछि नेपालका लागि हेमन्त थापा मगरले गोल गरे । त्यसलगत्तै भारका ह्यादिनको प्रहार पनि गोलमा परिणत भयो । त्यसलगत्तै नेपालका सुनिल बलको प्रहार गोलमा परिणत भएर नेपालले अग्रता लियो ।
भारतका लागि पुनः सार्थक गौलीले गोल गरे । त्यसपछि नेपालका लागि विश्वास श्रेष्ठको प्रहार पनि गोलमा परिणत भयो । भारतका लागि डानियलले पनि गोल गर्न चुकेनन् । फेरि गोल गर्ने पालो नेपालको थियो । यति खेर दोन थापा गोल गर्न सफल भए । त्यसपछि भारतका सहबाजले अर्काे गोल गर्दै उपाधिको आशा जीवितै राखे । अन्तिम निर्णायक घडीमा नेपालका लागि अनन्त तामाङले कुनै गल्ती नगरी गोल गरेपछि नेपाले साफ च्याम्पियनसिपसँगै नेपालीलाई २२ वर्षपछि खुसी दियो ।

हरेक खेलाडीलाई १ लाख पुरस्कार

पहिलो साफ यु १९ साफ च्याम्पियनसिप जितेमा सरकारले हरेक खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा पुनः दोहो¥याएका छन् ।
युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले उक्त घोषणा गरेका हुन् । सरकारले उपाधि चुम्नका लागी नेपाली खेलाडीले निकै शसक्त प्रर्दशन गरेको थियो ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives