Featured Photos
Recent News

निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा

दमक/ नेपाल उद्योग बाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष भवानी राणाले निजी क्षेत्रको समस्यालाई सम्बोधन गर्ने गरि संबिधानको प्रारम्भिक मस्यौदा नआएको बताएकी छिन् ।
एक पसल एक गमला कार्यक्रमको शुभारम्भ : दमकलाई हरित नगरी
वनाउन थालिएको अभियानको यहाँ उद्घाटन गदै नेपाल उद्योग
वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा ।
आइतबार दमक उद्योग बाणिज्य संघको रजत जयन्ती तथा २४ औ साधरणसभाको उद्घाटन कार्यक्रममा बोल्दै राणाले संबिधानमा निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने गरि र बिदेशी लगानी भित्रयाउने गर्ने अनुकुल व्यवस्था राखिनुपर्नेमा जोड दिईन् ।
निजी क्षेत्रलाई सम्बोधन गर्ने किसिमको कानुन आउनुपर्छ उपाध्यक्ष राणाले भनिन् – ‘यसका लागि उद्योगी ब्यवसायी सबै एकजुट भएर लाग्न आवश्यक छ । ’
एउटा प्रदेश देखि अर्को प्रदेश सम्म पुग्नका लागी अनावश्यक करको लाद्न नहुने राणाको भनाई थियो । उनले भनिन् –‘बिदेशी लगानीकर्ताहरूलाई मुलुकमा लगानीका लागी वातावरण तयार गरिनु अहिलेको चुनौती हो ।’  त्यसक्रममा उनले संघका पूर्व अध्यक्षहरू बिजय बराल, गोबिन्द र बिष्णु श्रेष्ठलाई
सम्मान गरेकी थिईन् । त्यस्तै उत्कृष्ट व्यवसायी रतन उदासलाई पनि उपाध्यक्ष राणाले सम्मान गरिन् ।
रेडक्रस उपशाखा दमकको सभाहलमा सम्पन्न कार्यक्रममा दमक उद्योग बाणिज्य संघका अध्यक्ष प्रकास प्रसाईले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रसाईले दमक क्षेत्रको बिकासका लागि तालिम केन्द्र सहितको अतिथि सदन निर्माण गर्ने,दमक रबि चिसापानी सडक निर्माणका लागि बिषेश पहल गरिने, दमकलाई हरित नगरि कार्यक्रमलाई अघि बढाउने, दमक औद्योगिक करिडोरमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने लगायतको कार्य गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पूर्वाञ्चल उद्योग बाणिज्य संघका अध्यक्ष टंक दुलाल, नेपाल राष्ट्रिय बाणिज्य संघ दमकका अध्यक्ष भरत चौलागाई, उद्योग बाणिज्य संघ दमकका पूर्वाध्यक्ष बिजय बराल, गोबिन्द बस्नेत, नेपाल रेडक्रस उपशाखा दमकका सभापति लिला गुरागाई, नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष गणेश बस्नेत लगायतले शुुभकामना मन्तव्य राखेका थिए  । 

दमकमा एक पसल एक गमला कार्यक्रम

दमक/ दमक उद्योग वाणिज्य संघले नगरलाई हरित नगर बनाउन एक पसल एक गमला कार्यक्रम सञ्चालनमा ल्याएको छ । दमक नगरपालिकाको विशेष पहल तथा संघको अगुवाईमा सो कार्यक्रम सञ्चालनमा ल्याईएको हो । आइतबार संघको रजत जयन्ती तथा २४ औ वार्षिक साधारणसभाका अवसर पारेर सो कार्यक्रम औपचारिक रुपमा शुरुवात गरिएको हो ।
सो कार्यक्रमको नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले गमलामा फूल रोपेर उद्घाटन गरेकी हुन् । नेपाल सरकारको आर्थिक बर्ष २०७२÷०७३ को नीति तथा कार्यक्रममा समावेश दमक हरित नगर बनाउने उल्लेखित कार्यक्रमलाई सार्थक बनाउन संघसहित स्थानीय संघसंस्थाहरूको सहकार्यमा अगाडी वढाउने संघका अध्यक्ष प्रकाश प्रसाईले बताए । सो कार्यक्रम अन्तर्गत नगरको उत्कृष्ठ टोल तथा पसलहरूलाई पुरस्कृत समेत गरिने प्रसाईले जानकारी दिए । संघले सो कार्यक्रममा उत्कृष्ठ प्रथमलाई रु ३१ हजार, द्वितीयलाई रु २१ हजार र तृतीयलाई रु ११ हजार नगद तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिने बताईएको छ । सो कार्यक्रम सफल बनाउन स्थानीय नेपाल राष्ट्रिय वाणिज्य संघले फूलसहित गमला वितरण गरिने जनाईएको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives