Featured Photos
Recent News

क्यानाडामा भुटानी शरणार्थीको मृत्यु

झापा/क्यानाडाको मोनिटोवा शहरको विनिपेगमा पुनर्वास भएका एक जना भुटानी शरणार्थी किशोरको डुबेर ज्यान गएको छ । गएको आइतबार नदीमा पौडी खेल्ने क्रममा १७ वर्षका निशान चौलागाँईको ज्यान गएको क्यानाडाको बिन्सडोर पुनर्बास भएका भुटानी शरणार्थी भानु ढुंगानाले बताए ।
विदाको दिन पौडी खेल्न नदीमा पसेका किशोरको शव केही घण्टापछि खोलाबाट निकालिएको थियो । सन् २०१२ मा बेलडाँगी–२ को शरणार्थी शिविरबाट पुनर्वासमा क्यानडा गएका चौलागाँईको परिवार सन १९९२ मा भुटानको ललाई ब्लकबाट नेपालमा शरण लिन आएको थियो ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives