Featured Photos
Recent News

बैदेशिक रोजगार र चुनौती

मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विदेशिने गरेका छन् ।
अहिले नेपालबाट रोजगारीका लागी विदेशिनेहरुको लहर नै लाग्ने गरेको छ । यसमा पनि अदक्ष र उच्च श्रमका लागि नेपाली धेरै नेपाली युवाहरु खाडी मुलुकका विभिन्न देशहरुदेखि मलेसिया उच्च रोजाईमा पर्ने गरेका छन् । यस बाहेक केहि नेपाली युवाहरु अन्य तेस्रो मुलुक युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशहरुमा समेत जाने गरेको पाईन्छ । यतिका ठूलो संख्याका नेपाली युवाहरु रोजगारीकै शिलशिलामा विदेशिन गरेका भएपनि नेपाल सरकार यसलाई व्यवस्थित र मर्यादित बनाउन सकिरहेको पाईदैन ।
दैनिकजसो ठूलो राशीमा वैदेशिक रेमिट्यान्स भित्रिने गरेको सरकारले बारम्बार चर्चा गरेपनि यो व्यवसाय भने अझै पनि भद्रगोलका अवस्थामा नै छ । सरकारले मुलुकका ठूलो संख्याका युवाहरुको चाहनालाई अझैपनि सम्बोधन गर्न नसक्दा दैनिकजसो छापा तथा सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुबाट विदेशी भूमिमा नेपालीहरु ठगिएकादेखि मुत्युवरण गरेका समाचारहरु आई नै रहेका हुन्छ । विशेष गरेर यस्ता घटनाहरु अदक्ष श्रमिकहरु श्रमका लागि जाने गरेका खाडी मुलुक र मलेसियामा बढी हुने गरेको पाईन्छ ।
स्वदेशमा नै पर्याप्त रोजगारीका अवसरहरु सृजना हुन नसक्दा यसको फाईदा उठाउँदै नेपाली दलालहरुबाट नै नेपाली कामदारहरु स्वदेशदेखि विदेशसम्म दिनदिनैजसो ठगिने गरेका छन् । नेपाल सरकारले वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि नागरिकहरुको सीप विकास गर्न नसक्दा अहिले पनि नेपाली कामदारहरुले विदेशका भूमिमा गएर जोखिमपूर्ण उच्च श्रम खर्चिएर काम गर्न बाध्य छन् । जसका कारण अहिले पनि नेपालीहरुले अन्य देशका कामदारहरुको तुलनामा न्यून दाममा काम गर्न बाध्य छन् । त्यसमा पनि ती रोजगारदाता देशहरुमा सरकारले आफनो भरपर्दो उपस्थिति जनाउन नसक्दा सानातिना समस्याहरुले पनि नेपाली कामदारहरुलाई सताइरहेको पाईन्छ । नेपालमा नै खुलेका त्यस्ता रोजगारदाता कम्पनीहरुमा श्रमिक पठाउन ईजाजत प्राप्त मेनपावर कम्पनीहरुले समेत बेला–बेला नेपाली हरुलाई झुक्याउने गरेका घटनाहरु पनि प्रशस्तै बाहिर आउने गरेका छन् ।
सरकारले स्वदेशमा नै खुलेका यस्ता श्रमिकहरु पठाउने कम्पनीहरुदेखि एजेन्सीहरुलाई समेत व्यवस्थित र मर्यादित बनाउन नसकेको जनगुनासो पनि त्यतिकै बाहिर आउने गरेका छन् । दशकौँदेखिको समस्या देखिँदै आएको यो क्षेत्रमा राज्य गम्भीर बन्न नसक्दा अहिले पनि नेपाली श्रमिकहरुले तिनै समस्याहरु भोग्नुपर्ने नियति बनिरहको छ । चाहेर वा नचाहेर पनि बारिका पाटादेखि खोरिया र खलानलाई बन्धक राखेर विदेशमा गएर भएपनि आफ्नो श्रम बेच्न बाध्य नेपालीहरुको बैदेशिक रोजगारीको हविगत अहिले पनि उस्तै छ । आफ्नो घर परिवार भन्दा केहि वर्षका लागि टाडा रहेर पनि भोलिको भविष्य खोजिरहेका नेपाली श्रमिकहरुको यो समस्याप्रति अब राज्य गम्भीर भएर लाग्न आवश्यक देखिएको छ । मुलुकको आर्थिक मेरुदण्डको मुख्य एउटा पाटोका रुपमा हेरिएको यो व्यवसायलाई व्यवसायभन्दा पनि व्यवसायिक बनाउन सके यसले राज्यको आर्थिक उपलब्धीमा पनि अझ बढी महत्व नराख्ला भन्न सकिन्न ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives