Featured Photos
Recent News

झापामा बन्दविरुद्ध प्रदर्शन

बिर्तामोड/मधेसी मोर्चा, थारु संघर्ष समिति, कोचिला संघर्ष समितिलगायतका दलले अनिश्चित कालका लागि सोमबारबाट तराई बन्द गर्ने भनिए पनि झापामा त्यसको प्रभाव देखिएको छैन । बिर्तामोडमा बन्दविरोधी प्रदर्शन भएको छ ।
विर्तामोडमा निकालिएको बन्द विरुद्धको र्याली ।
बिर्तामोडमा बिहान बन्दको सामान्य प्रभाव देखिए पनि ९ बजे पछि प्रभाव शून्य बनेको छ । यद्यपि बन्दको प्रचारले राजमार्गमा पातलो सवारी साधन चलेका छन् । लगातारको तीन दिनको बन्दले आजित नागरिकले झापाका प्रमुख बजार खुला राखेका छन् । बन्दको प्रचारले झापाको मुख्य बजार बिर्तामोड केही ढिला गरी खुलेको छ । बिर्तामोड ९ बजेपछि खुलेको हो । बजार खुल्दै गएपछि युवा व्यवसायीले बन्दको बिरोध गर्दै प्रदर्शन गरेका छन् । राष्ट्रिय झण्डा बोकेका व्यवसायीहरूले बन्द सधैंका लागि बन्द गर, बन्द गर्न पार्इादैन, रोजीरोटी खोस्न पाइँदैनलगायतका नारा लगाउँदै बिर्तामोड परिक्रमा गरेका छन् ।
व्यवसायीहरूर्को यालीपछि आयोजित कोणसभामा वक्ताहरूले बन्दको साटो आन्दोलनको अर्कै बिकल्प खोज्न आग्रह गरेका छन् । व्यवसायीले सडकमा बन्दकर्ता नदेखेपछि स्वतस्फूर्त पसल खुला गरेका हुन् । पसल खुलेसँगै यातायातका सवारी साधन सञ्चालनमा आएका छन् । यात्रुबाहक बस भने पातलो रुपमा सञ्चालित छन् । सम्वाद समूह र झापाका बन्दकतावीच सोमबार झापाको बिर्तामोडमा भएको छलफलमा बिद्यालय बन्द नगर्ने सहमति भएको थियो । सहमति अनुसार झापाका सबै शैक्षिक संस्था आज सञ्चालनका आएका छन् ।
सदरमुकाम चन्द्रगढी, पूर्वी नाका काँकरभिट्टा र दमक बिहानैदेखि खुला छन् । सुरुङ्गा बजार यसअघि नै बन्द निशेधित क्षेत्र भएकाले त्यहाँ कहिल्यै कसैको पनि बन्दको प्रभाव पर्दैन ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives