Featured Photos
Recent News

छुवाछुत गराउनेलाई कारवाहीको माग

दमक/ यहाँस्थित ओमसतासी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य बालकृष्ण फुयाँलले दलितहरूलाई अपमानित गरेको भनी कारबाहीको माग गरिएको छ ।
सहकारी संस्थाको आगामी भदौ ४ गते आयोजना गरिएको १६औं साधारणसभाबाट अनुमोदन गराई फुयाँलको शेयर सदस्य खारेजीको माग गरिएको हो । गत फागुनमा सहकारीले आयोजना गरेको सहकारी भ्रमणमा रहँदा फुयाँलले दलितहरूले छोएको नखाने भनेपछि विवाद भएको थियो ।
संस्थाका शेयर सदस्य कमला मल्लार सार्की र दुईवटा दलित संस्थाहरूले सोमबार संस्थाको निर्वाचन समितिका संयोजक राजकुमार श्रेष्ठलाई पत्र बुझाउँदै फुयाँललाई संस्थाको शेयर सदस्यबाट निश्कासन गर्न माग गरेका हुन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives