Featured Photos
Recent News

काठसहित ट्याक्टर नियन्त्रणमा

उर्लाबारी/ मोरङको उर्लाबारीबाट प्रहरीले अवैध सखुवाको चौखटसहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक रामबहादुर खड्काको नेतृत्वमा रहेको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–४ राजमार्गबाट लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा शनिबार बेलुका १७।९२ क्युफिट सखुवाको विभिन्न साइजका चौखट बरामद गरेको हो ।
चौखटसहित मे १ त २७९४ नम्बरको ट्याक्टर समेत नियन्त्रणमा लिएको प्रहरी नायव निरिक्षक खड्काले जानकारी दिए । त्रिपालले डाला छोपिएको ट्याक्टर सडक किनारमा पार्किङ गरी राखेको देखेपछि प्रहरीलाई शंका लागेपछि ट्याक्टर नियन्त्रणमा लिएको हो । बरामद काठसहित ट्याक्टरलाई आइतबार आवश्यक कारबाहीका लागि सेक्टर वन कार्यालय मंगलबारेमा पठाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives