Featured Photos
Recent News

किसानलाई पानी तान्ने मोटर वितरण

दूधे/ अर्ग्यानिक तरकारी उत्पादन गर्ने झापा शिवसताक्षीका उत्कृष्ठ किसानहरुलाई पानीको मोटर औजार वितरण गरिएको छ ।
शिवसताक्षी नगरपालिकाको विनियोजित बजेट तथा स्थानीय सन्देश मूल कृषक समूहले बिहीबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ठ आठजना किसानलाई पानी तान्ने मोटर औजार वितरण गरिएको हो । नगरपालिकाबाट विनियोजित ७५ हजार र सन्देश मूल कृषक समूहले २५ हजार गरी एक लाख रुपैयाँ बराबरको लागतमा मोटर वितरण गरिएको हो । तरकारी खेतीमा लागेका ती व्यवसायीक किसानहरुको पेशालाई प्रोत्साहन दिने उद्देश्यले मूल समूह अन्तर्गतका विभिन्न कृषक समूहका सदस्यहरुलाई यस्ता मोटर वितरण गरिएको सन्देश मूल कृषक समूहका अध्यक्ष वेदनिधि अधिकारीले बताए  ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद गुरागाईंले कृषि क्षेत्रमा लागेका किसानहरुको पेशालाई टेवा पु¥याउन त्यस्तो सहयोग गरिएको वताए ।
उनले पानी तान्ने मोटर प्राप्त गर्ने उत्कृष्ठ किसानहरुमा डम्मरकुमारी खतिवडा, राजुमाया निरौला, देवीमाया गुरागाईँ, घनश्याम अधिकारी, भवानी शेर्मा , मेनुका निरौला लगायतलाई ती मोटर औजार हस्तान्तरण गरेका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives