Featured Photos
Recent News

राप्रपा नेपालले ५ बुँदे माग बुझायो

दमक/ राप्रपा नेपालले आफ्नो संगठनको पूर्वघोषित कार्यक्रममा अनुसार आईतबार झापाको नगरपालिका र गाविसहरूमा एकैसाथ विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ । दमकसहित जिल्लाका सवै स्थानीय निकायहरूमा पार्टीले एकै चरणमा पार्टीले घोषित कार्यक्रम अनुसार ती माग पत्र बुझाएको पार्टीका सहमहामन्त्री राम थापाले बताए ।
यस्तै, भद्रपुर नगर समितिका अध्यक्ष बाबुराम पराजुृलीको नेतृत्वमा पुगेको टोलीले नगरपालिका कार्यकारी अधिकृत सन्तोष घिमिरेलाई पाँच बुद्धे मागपत्रसहितको ज्ञापनपत्र बुझाएका हुन् । अध्यक्ष पराजुलीले कार्यकारी अधिकृत घिमिरेलाई ज्ञापनपत्र प्रदान गर्दै प्रधानमन्त्रीको कार्यालयसम्म पुर्याइदिन आग्रह गरेका थिए ।  राप्रपा नेपालले हिन्दु राष्ट्र कायम हुनुपर्ने, धार्मिक, सास्कृतिक एवम राष्टिय एकताको प्रतिक र सवैधानिक राष्ट्र प्रमुखको रुपमा राजसंस्था हुनुपर्ने,
धर्मरिपेक्षता, संघीयता, र गणतन्त्रका बारेमा अन्तिम टुगो लगाई जनमत संग्रहमा जानुपर्ने, पूर्ण भष्टाचार मुक्त राष्ट्र हुनुपर्ने र ६ महिना भित्र स्थानीय चुनाव गरिनु पर्ने माग राख्दै आन्दोलित बनेका हुन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives