Featured Photos
Recent News

दमकको बसपार्क हिलाम्मे

दमक/ झापाको दमक—१२ मा निर्माण भइरहेको वसपार्क बर्षायाम भरि हिलाम्ये हँुदै आएको छ । लगातारको बर्षादले बसपार्कमा जमेको पानीलाई उचित व्यवस्थापन गरी निकाश गर्न नसक्दा पछिल्लो समय बसपार्क हिलाम्ये भएको हो । दमक नगरपालिका र दमकका सरोकार संघसंस्थाको सयुक्त पहलमा नमुना वसपार्कको रुपमा बिकाश गर्ने प्रतिवद्धता जनाएको भएपनि वर्षादको समयमा वसपार्क पानि जमेर हिलाम्ये बन्दै जादाँ समेत चासो पुग्न सकेको छैन । पश्चिमवाट पूर्वतर्फ आऊने अधिकाश लामो तथा छोटो दुरीका सवारीसाधनहरू वसपार्कमा पुग्नुपर्ने र दमकवाट ग्रामीण क्षेत्रमा संचालित छोटो दुरीका सार्वजनिक सवारीसाधनले बसपार्क अस्तव्यस्त बन्दै गइरहेको छ ।
देशकै पहिलो अपाङ्ग मैत्री बसपार्क भनिएता पनि बसपार्कमा सर्वसाधरणहरू आवत—जावत गर्न कठिनाई उत्पन्न भएको छ । बसपार्कमा असंख्य खाल्डाखुल्डिहरू छन्, स्थानीय होटल सञ्चालक राम खतिवडाले भने—‘खाल्डाखुल्डीमा
जमेको पानीमा सवारीसाधन हिड्नाले पैदलयात्रीलाई हिलाम्य बनाउँने गरेको छ ।’ वसपार्क हिलाम्मे भएकै कारण सवारी चालकदेखि सर्बसाधारण यात्रुहरूलाई हैरानी भएको स्थानीयहरूको गुनासो छ । बसपार्क क्षेत्रभिमा बनेका खाल्डा—खुल्डीले सवारीका पाटपूर्जामा ठुलै असर पुग्ने र सवारी चलाउन पनि समस्या हुने गरेको सवारी चालकहरूको गुनासो छ ।  ८६ जना यात्रुलाई एकैपटक वस्न सक्ने क्षमता सहितको आरामदायी प्रतिक्षालय समेत भएको बसपार्क ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
एकै पटक २५ वटा वस अटाउन सक्ने यस वसपार्क सम्पन्न गर्न अझै ६ करोड रुपैया आवस्यक रहेको र वर्षायाम भरि निर्माणाधीन बसपार्कमा हिलाम्मे हुने गरेको दमक बसपार्क उपभोक्ता समितिका अध्यक्ष तिर्थराज बस्नेतको भनाई छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives