Featured Photos
Recent News

दैवी प्रकोप कोषमा ७ लाख संकलित

दमक/ यहाँस्थित दमक उद्योग वाणिज्य संघको दैवी प्रकोप राहत कोषमा करिव ७ लाख रुपैया संकलन भएको छ ।
दुई वर्षको अवधिमा कोषको खातामा हालसम्म  ६ लाख ९० हजार ३ सय रुपैया जम्मा भएको जनाईएको छ । संघले आर्थिक बर्ष २०७१÷७२ देखि संघमा आवद्ध हुने सवैलाई कोष बृद्धिका एक सय रुपैयाँ अनिवार्य जम्मा गरिनुपर्ने नियम गरिएपछि क्रमशः कोषमा रकम बृद्धि हुँदै गएको संघका अध्यक्ष प्रकाश प्रसाईले जानकारी दिए ।
प्राकृतिक प्रकोपमा हुन सक्ने जोखिम तथा उद्यार, राहत सहयोग उपलब्ध गराउन कोष स्थापना गरिएको उनले बताए  । यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले समेत सोही कोष अभिबृद्धिका लागि ५० हजार रुपैया दिने घोषणा गरेकी छिन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives