Featured Photos
Recent News

अपराध र राजनीति

नरपति पाण्डे
“संविधानसभाका सभासदले हुक हालेर विद्युत चोरे, सभासदले कसैलाई जागिर दिलाउन लाख–लाख रुपैयाू घुस लिए, पार्टी नेताले विपक्षी पार्टीको कार्यकर्ता समर्थकलाई सिध्याउन निर्देशन दियो, फलाना तिलानाको हत्या गरे, गाूजा, चरेश, यार्सागुम्बा रक्तचन्दन, काठको तस्करी गर्न लगाएर पार्टीको सम्पति जम्मा गरे, सरकारी ठेक्कापट्टामा कमिशनको माग गरे, कमिसन नमिलेर ठेक्कापट्टा हुन सकेन ।” आदि इत्यादि घटनाहरु विगतमा घटित घटनाहरु थिए । लोकतन्त्रको अभ्यासमा लागिरहेका जनताहरुलाई संघीय संरचनाको बहश र चर्चा अन्तिम अवस्थामा पुग्न लाग्दा पुनः हिंसात्मक गतिविधिको सहारा लिने हरकत सभासदको नाममा हुन थालेको छ । कैलाली टिकापुर घटनाले यो पुष्टि गरेको छ । जब दलहरुको सक्रिय नेतृत्वमा राजनीतिक स्वतन्त्रता प्राप्त भयो तब दलहरु “कसलाई ठूलो बनाउने” भन्ने क¨ारु दौडमा लागे । त्यहीं ठूलो बनाउने होडले आफूभित्र कसरमसर भिœयाए । दलभित्रका फोहोरी मनोवृत्ति प्रवृत्तिका कारण दलहरुको साख घटिरहेछ । दलहरुले आफूभित्र सरसफाइ गर्न जबसम्म सक्दैनन् तबसम्म गणतन्त्र संस्थागत रुपमा बलियो बन्न सक्ने छैन ।
नेपाली राजनीतिको एक दलीय निरङ्कुशताको शासन कालमा भ्रष्टाचार र हत्याहरुको विरोधमा राष्ट्रव्यापी विरोध हुन्थ्यो । प्रतिबन्धित अवस्थामा रहेका राजनीतिक दलहरुको भित्री दबाब अर्थपूर्ण लाग्दथ्यो । दलहरु साँच्चिकै जनताका पहरेदार होलान् जस्तो थियो । आफूलाई ठूलो बनाउने अभियानमा जे–जे गर्दा ठूलो होइन्छ त्यही प्रयोग गरे । तर जसले जतिसुकै आफूलाई ठूलो बनाए पनि ठूलो भएको नाताले मुलुकमा गर्नु पर्ने काममा भने कुनै तात्विक भिन्नता देखिएन । कसैले शान्तिपूर्ण तरिकाले मुलुकमा परिवर्तन गर्न खोजे पनि राम्रो काम गर्नेलाई घुच्ची लगाएर धपाउने बैरी काम गर्न पछि परेनन् । ठूलोको अहंकारले आफू र मुलुकलाई सहित सोœयाम्म पार्दै ल्याएको इतिहास छ । दुईतिहाइ बहुमत भन्दा बढी जनमत बटुलेर सत्ता चलाएको नेपाली कांग्रेस (२०१५ र २०४८ साल), गणतन्त्र स्थापना भएर सत्तामा कम्युनिष्टहरु बहुमत भएको सरकार (२०६५ साल) यी सबै खाले बहुमतको सरकारहरुले आफ्नो आयुभरी खोई त असल नेतृत्व मुलुकलाई दिएको ? सत्ताको तृष्णाले जन्माएको उन्माद कै कारणले यस्तो हुूदै आएको छ । राजनीतिभित्र अपराधलाई संथागत गर्ने प्रवृत्तिको कारणले अस्थीर राजनीति मुलुकले व्यहोर्नु परेको छ ।
पहिले राजारजौटाहरु भाईभारदारहरुको सहाराले सत्ता चलाउूथे । आफ्नो सत्तालाई दीर्घायु बनाउन मनमौजी कानुनी छेकवार बनाएर श्रम गर्नेहरुलाई सत्तामा आउन नदिन बलियो बार लाउन सिपालु थिए सामन्त राजा रजौटाहरु । कुनै असहायले छिरिक्क हकको कुरा ग¥यो त उसको बनिबास अर्थात हत्या नै हुन्थ्यो । राजनीतिको आवरणमा त्यहाू पनि अपराध नै हुने गर्दथ्यो । हाम्रो नेपाली समाजले राणा र पञ्चायतकालीन बर्बरतालाई ठेगान लगाएर स्वतन्त्र नागरिक युगको निर्माण खातिर अनेकौं दुःखकष्ट, यातना भोगेर, कैयौंको हत्या भएको कालखण्ड बिताएर लोकतान्त्रिक युगमा प्रवेश गर्दा पनि अपराध अझै राजनीतिको पर्यायबाची रुप बनेर आइरहेको छ । यो नागरिकहरुका लागि अति दुःखलाग्दो पक्ष हो । लोकतन्त्र यस्तो पाकतौली भएको व्यवस्था होइन जहाू भन्ने बित्तिकै सबै सुबिधा र ऐस आरामहरु थपकथपक पुगिरहोस् । आर्थिक उन्नतिको आधार राष्ट्रिय पूूजीको विकास हो । अपराधपूर्ण सामाजिक व्यवस्थामा राष्ट्रियपूूजीको विकास गर्ने भन्नु सत्ता स्वार्थको राजनीतिक प्रोपोगण्डा मात्रै हो ।
राजनीति र अपराध पृथक अर्थ र परिवेश भएका शब्दावलीहरु हुन् । मानवलाई उन्नत चेतनाले गतिशील बनाउने, सभ्य र सुन्दर समाज निर्माण गराउने, सामाजिक जीवनलाई गतिशील बनाउने शान्ति र समृद्धिको धरोहर राजनीति नैै हो । अपराध ठीक यसको उल्टो पद्दति हो । निराशा, अशान्ति, अराजकता र एकलौटी अधिनायकत्वको जननी राजनीतिलाई बनाइयो भने त्यो राजनीति नभएर कुनीति मात्रै हुन्छ । लोकतन्त्र, राष्ट्रियता र आर्थिक विकासका आधारहरु असल राजनीतिका भरपर्दा पक्षहरु हुन् । सत्ताका लागी मात्रै लोकतन्त्र कि व्यापक जनताहरुको जनजीविकालाई सरल तथा समृद्धि बनाउने र स्वाभिमानी राष्ट्रियताको जग बलियो बनाउनलाई लोकतन्त्र ? प्रजातन्त्र वा लोकतन्त्र भनेर विगतदेखि सत्ताका लागि मात्र रडाको हुूदै आएको छ ।
जनतामा रहेको गरीबी, पछौटेपन, निरक्षरताको जगमा टेकेर सत्तामा पुग्ने बाटो बनाउन हत्या, दमन, विभाजन, प्रोपोगण्डाको राजनीति पञ्चकालीन कै निरन्तरता हो । अपराध नगर्ने राजनीतिक कर्मीहरु सरकारमा थोरै मात्र पुग्ने गरेका छन् । काम गरेर खाने श्रमवीरहरुलाई दिशानिर्देश गर्ने लोकतन्त्र नेपालको आवश्यकता थियो । लोकतन्त्रलाई संविधानको अक्षर र शब्दहरु पानामा लिपिबद्ध गर्दा मात्र लोकतान्त्रिक वा जनवादी हुूदैन । लोकतन्त्रको असली रुप व्यवहारले निरुपण गर्दछ । मानवअधिकारभित्र पनि राजनीति र अपराधसूगै प्रवेश गरेको छ । एकथरीले गरेको हत्या, दमन, शोषण, त्रासलाई त्यहीं थरीले आूखा चिम्लेर नदेख्ने त्यही प्रकृतिको कसुर अर्काे थरीले गर्दा “हनन” भयो भन्ने मानवअधिकारको सनातनी हुर्केर आएको छ । यो प्रवृत्ति अपराध भएन ? नागरिक मार्नेहरु खुलेआम देशको महत्वपूर्ण राजनीतिक पदहरुमा पञ्चायत कालदेखि नै बिरासत हुूदै आएका छन् । आज गणतन्त्र स्थापना भैसक्दा पनि यो प्रवृति झन स्थापित हुूदैछ । शोषण गर्ने, निरङ्कुश, हत्यारा, चरित्रको मान्छे आफ्नो दलमा प्रवेश गर्दा सहजै माफी दिइ स्वीकारिने र त्यसलाई असल भनेर देशको बाग्डोर जिम्मा लगाउने तर फरक बिचार राखेर असल मनोबिचारले आलोचना, टिकाटिप्पणी गर्ने निहत्था, निरीह र विपन्न व्यक्तिलाई शत्रु घोषित गरी पञ्जामुनी राख्ने वा हत्या नै गरिदिने संस्कारले राजनीतिलाई जनमुखी बनाउूला ?
दार्शनिकहरुले समाजको जटिलतम यथार्थतालाई चिन्तन गरेर प्रमाणित गरेका दर्शनमा आधारित राजनीतिक पद्दतिहरुको मर्म बुघ्न आवश्यक छ । अपराधलाई राजनीति मान्ने हो भने दर्शनको औचित्य समाप्त भै सकेको छ । अपराध मानव सभ्यताको कलङ्क हो । सहिष्णुता सामाजिक मेलमिलाप र स्वस्थ प्रतिस्पर्धात्मक राजनीतिको आधार हो । असल काम गर्ने व्यक्ति र समूहहरु समाज विकासका सहयात्री राजनितिक वातावरण सिर्जना हुनुपर्दछ । राजनीतिको सहयोगी अपराधलाई बनाइनु हुूदैन । अझ शान्ति स्थापना गर्न परोपकारी राजनीतिक कामहरु गर्न सबै पक्षहरु लाग्नु आजको महत्वपूर्ण काम हो । इच्छाशक्तिलाई राजनीति विषयको अग्रभागमा राखेर आपसी सहिष्णुताको आधारमा सबै राजनीतिक दल, व्यक्ति, समूहहरु अगाडि बढ्दा मुलुकले चाूडै शान्ति र राजनीतिक स्थीरता पाउने थियो ।
navinnp@45gmail.com

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives