Featured Photos
Recent News

एमालेको शिवसताक्षी वडा ७ मा तामाङ

दूधे/ नेकपा एमाले शिवसताक्षी नगरपालिका ७ नंम्बर वडा कमिटीको अध्यक्षमा डम्बरबहादुर तामाङ्ग चुनिएका छन् ।
प्रतिद्वन्द्वी पर्शुराम अधिकारीलाई ४६ मतले पछि पार्दै तामाङ्ग विजयी भएका हुन् । अधिवेशनले उपाध्यक्ष राजेन्द्र खड्का, सचिव तुलसा कट्टेल, सहसचिव मैना कडरिया सर्वसम्मत चयन भएका छन् । यसैगरी, सदस्यहरूमा टेकप्रसाद न्यौपाने, टिका सुब्बा, गणेश खरेल, सावित्रा सेनेहाङ्ग, मनोज सुब्बा, देवीप्रसाद सुवेदी, बमप्रसाद तामाङ्ग, रामचन्द्र अधिकारी, नारायण भट्टराई, तुलसी राई, तुलसा राउत, जुनु महरा, गंगाराम नेपाल, प्रेम भुजेल, शान्ता चौधरी, कविता राई, सकुन्तला दाहाल छानिए भने दुईजना सदस्यको पछि मानोनयन हुने बताइएको छ ।
शिवसताक्षी–७ स्थित राष्ट्रिय रमणीय आदर्श उच्च माविमा भएको अधिवेशनमा अन्य पदहरूमा सर्वसम्मत भए पनि अध्यक्ष पदमा दुई जनाको उम्मेद्वारी परेको र सर्वसहमतिको प्रयास सफल नभएपछि निर्वाचनमा जानु परेको निर्वाचन अधिकृत तारासम याङ्याले बताए । अधिवेशनको उद्घाटन नेकपा एमाले झापा जिल्ला कमिटीका अध्यक्ष चिन्तन पाठकले गरेका थिए । उद्घाटनमा पार्टीको जिल्ला कमिटी सदस्य खगमाया गजुरेल, ज्ञानेन्द्र विक, क्षेत्रीय उपाध्यक्ष मेघाहाङ्ग थोप्रा (रोसन) लगायतले बोलेका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives