Featured Photos
Recent News

शान्तिको कामना गर्दै दीप प्रज्वलन

चुलाचुली/ किरात धर्म सत्यहाङ्मा सेवा संघ केन्द्रीय समिति इलामले मुलुकमा शान्तिको कामना गर्दै चुलाचुलीमा आइतबार दीप प्रज्वलन गरेको छ ।
अहिले देशका बिभिन्न ठाउमा द्वन्द्व र हत्या हिंसाका घटना बढ्दै जाँदा अशान्ति छाएकोले शान्ति कायम होस् भन्ने कामना गर्दै १०८ दीप प्रज्वलन गरिएको हो ।
किरात धर्म गुरु फाल्गुनन्दको उपदेशलाई अनुसरण गरी मुलुकमा हिंसा, हत्याको अन्त्यको कामना गरिएको लाफयङ देबबहादुर तुम्बापोले बताए । कार्यक्रममा किरात मुन्धुम समेत बाचन गरिएको थियो ।
त्यस्तै सृष्टीकर्ता, बन देवताको पनि पूजा गरिएको किरात धर्म सत्यहाङ्मा सेवा संघका सचिब गंगा बहादुर साउदेनले जानकारी दिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives