Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
Home » Archives for August 2015
एमनेष्टीको दीप प्रज्वलन
दमक/एमनेष्टि ईन्टरनेशनल नेपालले दमकस्थित गणतन्त्र चौकमा आईतबार साँझ दीप प्रज्वलन गरेको छ । विश्व बेपत्ता नागरिक दिवसको अवसर पारेर एमनेष्टी इन्टरनेशनल समूह ६०, ७५, ८३ र युथ नेटवर्क दमकले यहाँ संयुक्त रुपमा दीप प्रज्वलन कार्यक्रम गरेको हो । एमनेष्टिको कार्यवहाक उपाध्यक्ष शेषकुमार निरौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समूह ७५ का संयोजक हरि नेपाल लगायतको उपस्थिति रहेको थियो ।
मेचीमा १७ लाखको आँखा परीक्षण
बिर्तामोड/ मेची अञ्चलकै सबैभन्दा ठूलो मेची आँखा अस्पतालले हालसम्ममा १६ लाख ५१ हजार ७५५ जनाको आँखा परीक्षण गरेको जनाएको छ ।
सन् १९९६ मा झापाको चारपानेमा स्थापना भएको मेची आँखा अस्पतालले अहिले विर्ताबजारमा चार बिगाहा क्षेत्रफलमा आफ्नै भवनबाट सेवा सुरु गरिरहेको छ । स्थापनाकालदेखि अहिलेसम्ममा एक लाख ९० हजार ८६९ जनाको आँखाको शल्यक्रिया पनि गरिएको छ ।
अस्पतालले पछिल्लो समयमा आएर नानी प्रत्यारोपण गर्ने सेवा आरम्भ गरेदेखि एकजनाको नानी प्रत्यारोपण गरी उनलाई संसार देखाउन सफल भएकामा मेची आँखा अस्पतालले आफ्नो सेवालाई गौरवान्वित मानेको छ । दृष्टि कमजोर, मोतियाबिन्दु र आँखा पाक्ने रोगका बिरामी बढी आउने यो अस्पतालमा मेची अञ्चल र छिमेकी राष्ट्र भारतबाट बढी बिरामी आउने गरेको पाइन्छ ।
मेची आँखा अस्पतालले दिएको जानकारीअनुसार नेदरल्यान्डको आर्थिक एवम् प्रविधि सहयोग रहेको यो अस्पतालमा १७ देखि ४० वर्ष उमेर समूहका आँखा रोगी बढी आउने गरेका छन् ।
नेदरल्यान्ड सरकारले सन् २०१४ मा रु एक करोड ६९ लाख ५१ हजार ५०० बराबरको सहयोग गरेको अस्पताल प्रशासनले जनाएको छ ।
सामान्यतया रु ५० र पेइङमा रु १५० शुल्क निर्धारण गरेको अस्पतालले सेवा सँगसँगै आम्दानी पनि गर्न सफल भएको छ ।
करिब ६७ जना जनशक्ति रहेको यो अस्पतालले सन् २०१४ मा बहिरङ्ग सेवा एक लाख ६४ हजार ३१९ जना र सर्जरी २३ हजार ८४७ जना गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ भने अहिलेसम्ममा रु छ करोड ५६ लाख २० हजार ३२२ आम्दानी गर्न सफल भएको छ ।
अघिल्लो वर्षमा एक वर्षको अवधिमा रु आठ करोड नौ लाख ५४ हजार आम्दानी गरेको थियो ।
आम्दानी विगतको भन्दा क्रमशः बढ्दै गएको र यसबाट अस्पतालको सेवा विस्तार गर्न र गुणस्तर कायम गर्न मद्दत पुगेको बताइएको छ ।
मुलुकभरमा मेची आँखा अस्पताल जस्तै १७ वटा आँखा अस्पताल रहेकाले कुनै जिल्ला दोहोरो र तेहोरो हुने भएकाले आँखा अस्पतालमा उपचार
गर्न आउने बिरामीको लोकतान्त्रिक अधिकार सुरक्षित पार्न एउटा आचारसंहिता बन्नुपर्ने आवश्यकता देखिएको छ । आचारसंहिता निर्माण भएमा बिरामीलाई कसैले पनि जबर्जस्ती नगर्ने र उनीहरुले इच्छा लागेको ठाउँमा उपचार गर्न पाउने छन् ।
झापा जिल्लाकै पूर्वी प्रवेशद्वार काँकडभिट्टामा निर्माणाधीन अवस्थामा रहेको आँखा अस्पतालले पनि निकट भविष्यमै आफ्ना सेवा सुरु गर्ने अवस्थामा छ । खानपिन, सन्तुलित आहार, चोटपटक एवम् विभिन्न कारणले आँखा कमजोर हुने र पछि दृष्टिविहीन हुने खतरा रहेकाले समयमै आँखाको जाँच गर्नुपर्ने चिकित्सकको भनाइ छ ।
मेची आँखा अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले पैसाको कारण कुनै पनि बिरामीलाई नफर्काएको भन्दै अस्पतालले बिरामीलाई सक्दो सहयोग गरिरहेको बताए । उनले दक्ष जनशक्ति र नयाँ–नयाँ प्रविधिको व्यवस्था गरी सेवालाई विविधता दिनु नै अस्पतालको चुनौती रहेको उल्लेख गरे । स्थानीय वृद्धा दिलकुमारी पोखरेलले सरकारले ज्येष्ठ नागरिकलाई निःशुल्क आँखाको उपचार गर्ने व्यवस्था मिलाउन माग गरिन् । पूर्वाञ्चलमा सबैभन्दा पुरानो र पहिलो स्थापना भएको गोल्छा आँखा अस्पतालपछि अहिले धेरै आँखा अस्पताल खुलिसकेको र अझ खुल्ने क्रम जारी रहेकाले यसलाई सरकारले व्यवस्थित गर्न सकेमा सेवाग्राही अझ लाभान्वित हुने आशा गर्न सकिन्छ ।

गोदावारीमा मिश्र
दमक/ दमक –१८ स्थित गोदबारी कृषक समूहको अध्यक्षमा खगेन्द्रराज मिश्र चयन भएका छन् ।
राष्टिय उद्योग बाणिज्य संघ दमक नगर अध्यक्ष भरत कुमार चौलागाईको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बीच मिश्रलाई अध्यक्षमा चयन गरिएको हो । कार्यक्रममा संगम कृषि सहकारी संस्थाका अध्यक्ष बालकृष्ण खनाल, संगम स्पोर्टिङ क्लबका प्रतिनिधि हरि पौड्ेल, सिंहदेवी देवस्थलका बद्रि सापकोटा लगयतको उपस्थिति थियो । कार्यक्रममा समूहका कोषाध्यक्ष नेत्र प्रसाद भण्डारीले करिब ७ लाखको आय व्यय प्रस्तुत गरेका थिए ।

दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
दमक/ दुर्गा भवानी फुट वेयर उद्योगले लेडिज ब्रान्डका चप्पल उत्पादन शुरु गरेको छ । दमक –१ स्थित संगम चोकमा रहेको सो उद्योगले ६ प्रकारका चप्पलको उत्पादन शुरु गरेको हो ।
गत असारको पहिलो साताबाट सञ्चालनमा आएको उद्योगले दैनिक लेडिज, जेन्स र बच्चाले लगाउने चप्पल उत्पादन गरिरहेको छ । उद्योगले अहिले दैनिक ६सयदेखि ७ सय जोडी चप्पल उत्पादन भईरहेको उद्योगका सञ्चालक विमल राईले जानकारी दिए । ट्राक जिरो एक, ट्राक जिरो टु र ट्राक किड्स लगायतका पियुबी वेष्ट चप्पल पूर्वाञ्चल र बीरगञ्ज सम्म थोक बिक्री भइरहेको उद्योगले जनाएको छ ।

जेष्ठ नागरिकको शाखा समिति गठन
दमक/ जेष्ठ नागरिक सम्मान प्रतिष्ठानले दमक १७, १८ र १९ वडामा शाखा समिति गठन गरेको छ ।
जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष सिताराम खतिवडाको प्रमुख आतिथ्यतामा आइतबार भएको साधारणसभाले जंग बाहादुर थापाको अध्यक्षतामा ९ सदस्यीय शाखा समिति चयन गरेको हो । दमक– १९ स्थित राधाकृष्ण मन्दिरको सभाहलमा सम्पन्न सो सभाबाट उपाध्यक्षमा पुण्यप्रसाद दाहाल, सचिवमा गोबिन्द न्यौपाने, सहसचिवमा मेदनीप्रसाद खरेल र कोषाध्यक्षमा कृष्ण कुमारी खनाल रहेकी छिन् । यसैगरी सदस्यहरुमा धनकुमारी न्यौपाने, रत्नबहादुर विष्ट लगायत रहेको जनाईएको छ ।

राजनीतिमा संयम र सद्भावको खाँचो
![]() |
| ओमप्रकाश गौतम |
शान्तिको देश नेपाल । गौतम बुद्ध जन्मेको देश नेपाल । प्राकृतिक सम्पदा र जलस्रोतमा बाज्रिलपछिको दोस्रो देश नेपाल । विविधतामा एकता भएको देश नेपाल । विभिन्न जाति तथा जनजातिहरुको बाहुल्यता भएको देश नेपाल । वीर योद्धा र लडाकुहरुको देश नेपाल । यस्ता अनेकन विविध कार्यले गर्दा हाम्रो देश संसारमा भएका अन्य देश भन्दा एउटा छुट्टै पहिचान बोकेको राष्ट्र हो हाम्रो नेपाल । हाम्रो देश नेपाललाई कुनै पनि राष्ट्रले औंला ठड्याउन सक्दैन, यहाँ राजनीति, सामाजिक, धार्मिक, सांस्कृतिक लगायतका अन्य विविध क्षेत्रमा साहसिक रुपमा योगदान दिने सयौं विर पुरुषहरुको इतिहास छ । चाहे ती ब्राह्मण हुन्, क्षेत्री हुन्, जाति–जनजातिका हुन् । मुस्लिम, थारु आदि बासी जो–जो हुन्, उनीहरुको छुट्टै पहिचान छ । यही भएरै होला, नेपाल एक सार्वभौमसत्ता सम्पन्न एउटा राष्ट्र हो । यही माटोमा सयौँभन्दा बढी फूलहरु फुलेका छन् । आ–आफ्नै भेषभुषा, भाषा, संस्कृति, रीतिरिवाज, परम्परा छ, सदियौँ वर्षदेखि चलिआएको आ–आफ्नो परम्परा विश्वमै पृथक किसिमको छ । आफ्नो देशको अस्तित्व रक्षाका लागि कुनै पनि राष्ट्रले गिद्धे दृष्टिले हेरे, आफ्नो विर पुरुषार्थी देखाउने हाम्रा विर योद्धाहरु विगतका दिनमा पनि बहादुरी देखाउन सफल भए । आज पनि ती विर योद्धाहरु आवश्यक परेमा ज्यान दिन तयार छन् तर आफ्नो देशको माटो अर्को देशलाई सुम्पिनु शत्रुहरुसँग सम्झौता भने गर्न जान्दैनन् । त्यसैले हामी नेपाली गोर्खालीका सन्तान हौँ र हामी यो गर्व गर्छौं कि हाम्रा नेताले हाम्रो मार्गलाई बेवास्ता गरी कुनै पनि सम्झौता गरे भने हामी ती सम्झौताका दस्तावेजहरुलाई खारेज गर्न कहिल्यै पनि पछि हट्दैनौँ ।
अहिले यिनै वाचा र कसम खाएर आम नेपाली पुरानो राज्यसत्ताको समूल नष्ट गर्न एकजुट भएका छौं । यसैले गर्दा पुरानो राज्यसत्ता ढल्यो । हजारौँ–हजार नेपालीले विरगति प्राप्त गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि तमाम नेपाली जुटिरहेका छौँ र जुटिरहनेछौँ । यिनै नेपाली जनताले राणा शासन ढाले, एकतन्त्रीय राज्य व्यवस्था ढाले, राजतन्त्रको समूल नष्ट गरेर देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । हामी यसैमा गर्व गर्छाैं कि देश अहिले संविधान निर्माणको मोडमा छ ।
महिला, दलित, जनजाति, थारु, मुस्लिम, अल्पसङ्ख्यक, सीमान्तकृत र पिछसिडका वर्गसहित सबै नेपालीको धर्म, संस्कृति पहिचानको स्वतन्त्र ढङ्गले संरक्षण गर्ने गर्ने ढङ्गले संरक्षण गर्ने गरी अधिकार सुम्पने दायित्व अब बन्ने संविधानको हो । देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बेला अहिले जनताले केवल एकथान संविधान मात्रै नभई सबैखाले समस्या र अप्ठ्याराबाट पार लगाउन क्षमता राख्ने संविधान आम नेपालीले चाहेका छन् । तर अहिलेको राजनीति परिवेश हेर्ने हो भने यो अपैक्षा पूरा हुने सम्भावना छैन । हिजो भोट बैँकका रुपमा आफैले उठान गरेका मुख्य एजेण्डा स्वयम् उनीहरुले नै लत्याउँदैछन् । यसमा कोही पनि अछुतो नरहँदा हुन्छ । आफूले विगतमा उठाएका विविध विषयका मुद्दाले सत्ता सञ्चालन गर्दा पाएको खुसियालीमा कति रकम कुम्ल्याउन पाइयो र देशकै धनी वर्गमा रुपान्तरित हुन पुगियो भनेर सम्पूर्ण ठूला या साना दलहरुले सोच विचार गरे हुन्छ । एकले अर्काको आँखामा धुलो हान्ने प्रवृत्ति सबै दलहरुले त्यागे हुन्छ, अब । हिजो तपाईहरुले उठाएका गम्भीर प्रकृतिका मुद्दा अहिले क्रमशः निषेधाज्ञामा रुपान्तरित भएका छन् ।
आन्दोलनका उपलब्धी संस्थागत गर्ने क्रममा देखिएका पुरानो यथार्थता र वर्तमान परिस्थितिको स्वरुप हेर्दा देश अहिले विषम परिधिको गोलचक्रमा फसिरहेको छ । अलिहे यही गोलचक्रमा फसेको एउटा मननीय र हृदय विदारक घटना गत सोमबार कैलालीको टिकापुर घटनामा विभत्सपूर्ण घटनामा रुपान्तरण भयो, जुन घटना मानवीय घटनामा आधारित छैन । यो घटना महान् नेपाली दाजुभाइहरुको हृदयभित्र कहिल्यै नबिर्सने गरी भावविह्वल भइरहने घटना घट्यो । यो घटना अमानवीय मात्र होइन, लाचार पनि थियो । एक उच्च प्रहरी अधिकृत मात्र होइन, त्यहाँ मारिएका अन्य जनपथ र सशस्त्र प्रहरीका अधिकृत र जवानहरुलाई जुन विभत्स हत्या गरिएको छ । त्यो हदैसम्मको निन्दनीय मात्र होइन, आपराधिक पनि छ । हामीले द्वन्द्वकालमा दुवै पक्षबाट यस्ता धेरै क्रुर र अमानवीय घटनाहरु सुन्यौं, प्रत्यक्ष देख्यौँ । बुद्ध जन्मेको देशमा अहिले मानिसहरु राक्षसजस्तो स्वभाव बोकेर हातमा तरबार र बञ्चरो बोकेर पशुवत व्यवहार गर्ने अलिकति पनि संकोच नमान्ने अवस्थामा पुग्नु बिडम्बना हो । यस्तो अमानवीय घटना घटाउने नरभक्षी दानवहरुलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा कार्बाही गर्न वर्तमान सरकार र तिनका नेतृत्व चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कानुनी कार्बाहीमा लाग्न ढिला गर्नु हुन्न ।
नागरिकको सुरक्षाका लागि जनताप्रति उत्तरदायी भई सरकारले स्थापना गरेको संगठनको एक हिस्सामा लागेको नेपालीमाथि भएको यो बर्बरतापूर्ण हिंसा मच्चाउने ती मानवहरुलाई कोही कसैले पनि छोड्न हुन्न । देशमा ठूला–ठूला आपत्ति र विपत्ति आउँदा तिनैको आश्रयमा जीवन जिउन बाध्य हुनेहरु आज अधिकार प्राप्तिको गलत गलत व्याख्यालाई बुझी तिनैमाथि जाइलाग्नुले भोलि प्रहरीले जनतालाई ती भवितव्य प्राकृतिक होस् वा कृत्रिम आपतमा सहयोग गर्न लागेनन् भने ती जघन्य कार्यमा लागेका व्यक्तिहरुको हालत के होला ? सोचनीय गम्भीर प्रश्न नेपाल प्रहरीको हातमा छ । किनकि देशलाई हत्या, हिंसा, लुटपाटदेखि लिएर आकस्मिक कार्य गरेर विरता देखाउने आखिर को हुन् त ? तिनै नेपाल प्रहरी र सशस्त्र प्रहरी नै होइनन् त ? राज्य र द्वन्द्व गर्ने पक्षले यस विषयमा गम्भीर छलफल गर्न जरुरी छ, ताकि यसैको प्रतिशोधमा अर्को भिषण द्वन्द्व ननिम्तियोस् । दलहरुले वर्षौंदेखि शान्त र मिलेर बसेका आम नेपाली दाजुभाइ जातीय, धार्मिक वा सामाजिक संरचनामा हुर्किँदै गएका विभिन्न जाति तथा जनजातिहरुको यथार्थ सवालमा गम्भीर भएर जानैपर्दछ । यसमा सबैभन्दा ठूला दल कोही कसैपनि एक इञ्च तल सरेर हट्नु कदापि हुन्न ।
अहिले टिकापुर घटनासँगै नेपाली समाजमा जातीय÷क्षेत्रीय सद्भाव भड्काउने उत्तेजक–उत्तेजक तस्वीरहरु सामाजिक सञ्जालहरुमा देख्न पाइन्छ । एकजातले अर्को जातलाई लक्षित गरेर सम्बोधन गरिएका प्रचारबाजी सरकारले रोक्न जरुरी छ, ताकि त्यसले नेपाली–नेपाली बीचको शान्ति र सद्भावमा खलल नपु¥याओस् । नेपाली हिजो महाभूकम्पको महान् विपत्तिमा थिए, अहिले धार्मिक, सांस्कृतिक विचलन होला कि भन्ने द्विविधामा छन् । यो बेलामा मुलुकमा सामुदायिक संयमको सर्वाधिक खाँचो छ । कैलालीमा घटेको घटनालाई पहाड–तराई या जाति विशेषबीचको विद्वेषको उपजका रुपमा अथ्र्याउन थालियो र तदनुरुपको व्यवहार÷प्रतिक्रियाहरु जन्मन थाले भने अहिलेको तरल राजनीतिक अवस्थामा थप अनियन्त्रित घटनाक्रमहरु हुन सक्छन् ।
त्यसकारण आम नेपालीले धैर्य र विवेकको आफ्नो विशिष्ट पहिचान गुम्न कोही कसैले दिनु हुन्न । संयम भएरै समाधान खोजिनुपर्दछ । राजनीतिक क्षेत्रबाट अगुवाई गर्ने नेताहरु यसतर्पm विशेष चनाखो हुनुपर्छ । हिंसाको बदला प्रतिहिंसा हुन सक्दै–सक्दैन । त्यसैले थप हिंसा भड्किन नदिन राज्यबाट आवश्यक सुरक्षा–कदमहरु थाल्नैपर्दछ । समस्याको दिगो समाधान मुलुकको अधिकतम समुदायको अपनत्व रहने किसिमको संविधान जारी गरेर मात्रै सम्भव छ । यसका निमित्त सम्बन्धित समुदायसँगको सम्वाद र सहमति नै उत्तम विकल्प हुनेछ ।

स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
![]() |
| डा. अनिल राई |
सानो छँदा गाउँमा सुनेको थिएँ ‘आलु खायो भने घाऊ पाक्छ’ भनेर । अहिले आएर सम्झँदा हाँसो उठ्छ । चिनी रोगी भए ‘सुगर’ बढ्दा घाऊको इन्फेक्सन हुने सम्भवना हुन सक्ला, नभए त सामान्यतया आलु खानु र घाऊ पाक्नुको त ‘गोरु बेचेको साईनो’ पनि छैन । सायद घाऊ पाक्दा आउने पीपको रङ र आलुको रङ मिल्नुको कारण त्यसो भनिएको हुन सक्छ, तर हामीले बुझ्नुपर्छ कि घाऊ पाकेको त घाऊ सफा नराखी हेलचेक््रयाई गर्नाले हो ।
मेरो लेखहरुमा व्यक्त धारणा केवल आफूले देखेको र सुनेको घटनाहरुको सम्बन्धमा टिप्पणी गरिएका हुन् । कसैले व्यक्तिगत रूपमा नलिईदिन हुन अनुरोध गर्दछु । अब आउनुहोस्, हाम्रो समाजमा भएका स्वास्थ्यसम्बन्धी केही मिथ्याहरुको बारेमा चर्चा गरौं । विदेशमा र नेपालमा नै भएको हाम्रो नेपाली समाजमा ‘होल बडी (पुरा शरीर) चेकअप गर्नुपर्ने छ’ भनेको हामीमध्ये धेरैले सुनेका छौं । यसो भन्नुको तात्पर्य आफ्नो शरीरमा कुनै रोगहरु छ कि छैन यकिन गर्नलाई नै हो । त्यसो भन्ने ब्यक्तिले प्रायजसो यही सोंचेको हुन्छ कि पूरा शरीर जाँच गर्नु सम्भव छ । म स्पष्टसँग कुरा राखौँ, यस्तो कुरा असम्भवप्राय छ किनकी सारा शरीर चेकजाँच गर्ने गच्छे हामीमध्ये धेरैसँग छैन वा यो सम्भव नै छैन । उदाहरणको लागि हामी मुटुसम्बन्धी जाँचलाई लिन सक्छौं ।
अब सोचौं त हाम्रो शरीरमा कति अङ्गहरु छन् । के यी सबको परीक्षण सम्भव होला त ? यदि भैहालेछ भने पनि नचाहिने टेष्टहरु गर्दा शरीरलाई कति बेफाईदा हुँदो हो, के हामीले यो कुरा एकपटक सोंचेका छौं त ?
मुटुको जाँचमा ब्लड प्रेसर जाँच, रगतमा कोलेस्ट्रोल, ईसिजी सामान्यतया गरिने परीक्षण हुन् । अझ राम्रोसँग परीक्षण गर्ने हो भने ईकोकार्डियोग्राफी, एनजियोग्राफी, टिएमटी लगायत धेरै खाले जाँच गर्न सकिन्छ । यकिनका साथ रोग छैन भन्नलाई धेरैभन्दा धेरै परीक्षण गर्नुपर्ने हुन्छ । अब सोचौं त हाम्रो शरीरमा कति अङ्गहरु छन् । के यि सबको परीक्षण सम्भव होला त ? यदि भैहालेछ भने पनि नचाहिने टेष्टहरु गर्दा शरीरलाई कति बेफाईदा हुँदो हो, के हामीले यो कुरा एकपटक सोंचेका छौं त ?
यति हुँदाहुँदै पनि तपाईंले टेष्टहरु गर्नुभयो भने पनि हामीले थाहा पाएकै राम्रो कि हाम्रो शरीरमा थाहा नपाएका कति वङ्शाणुगत रोगहरु हुन सक्छन् जो पत्ता नलाग्न सक्छ वा पत्ता लागे पनि त्यसको उपचार असम्भव छ । त्यसैले हामीले गर्ने भनेको चाँही डाक्टरको सल्लाहमा आवश्यक परीक्षण गर्ने नै हो । कहिलेकाँही त बिरामी आँफैले आफुलाई नचाहिने परीक्षणहरु डाक्टरलाई सिफारिस गरी माग्छन् ! यो उचित नहोला जस्तो लाग्छ मलाई त । आफ्नो शरीरमा लाग्न सक्ने रोगहरुबारे सचेत होऔँ, धेरै चिन्तित हैन । मेरो शरीरमा यो वा त्यो रोग पो छ कि भन्ने चिन्ताले जिन्दगी बाँच्नुको मज्जा नै बिर्सिनु हुनेछ ।
यति भन्दाभन्दै पनि म यो सल्लाह दिन चाहन्छु कि हाम्रो शरीरको धेरैजस्तो अङ्गको सामान्य परीक्षण गर्नु चाँही उचित नै हुन्छ । यस्तो सुविधा हाम्रो देशको धेरैजस्तो अस्पतालहरुमा पाईन्छ । सुविधासम्पन्न अस्पतालहरुमा यस्ता परीक्षणहरु ‘प्याकेज’ मा उपलब्ध हुन्छन् र यस्ता परीक्षणहरुले मान्छेको शरीरमा साधारणतया लाग्ने रोगहरु पत्ता लगाउन मद्दत गर्दछ । उमेर अनुसार त्यस्तो परीक्षणहरु लक्षित हुन्छन् । जस्तो कि पैंतालिस वा पचास उमेर भएपछि चिनी रोग र ब्लड प्रेसरको समस्या धेरै देखिन्छ । हामीले चिन्ता गर्नुपर्ने भनेको आफ्नो उमेर अनुसार लाग्नसक्ने रोगहरुको नै हो । त्यस्तै, महिलाहरुमा पाठेघर र स्तनसम्बन्धी समस्याहरु धेरै देखिन्छ र त्यही अनुरूपको परीक्षणहरु गर्नुपर्छ । यदि कुनै अङ्गको खराबी देखिएमा चिकित्सकको परामर्शमा अझ उपयुक्त परीक्षण गर्नु र त्यही अनुसारको औषधि सेवन वा अपरेशन लगायत के गर्नुपर्ने हुन्छ त्यही अनुसार गरेको राम्रो हुन्छ । आफुलाई पायक पर्ने ठाउँमा तपाईं यी परीक्षणहरु गर्नसक्नु हुन्छ ।
हामीले चिन्ता गर्नुपर्ने भनेको आफ्नो उमेर अनुसार लाग्न सक्ने रोगहरुको नै हो । त्यस्तै, महिलाहरुमा पाठेघर र स्तनसम्बन्धी समस्याहरु धेरै देखिन्छ र त्यही अनुरूपको परीक्षणहरु गर्नुपर्छ ।
एउटा घटना याद गर्नुपर्दा, सानो छँदा बजार जाँदा देखेको एउटा घटना अहिले पनि झल्झली याद आउँछ । एउटा मान्छे दवाई भन्दै केही पुरियामा धुलो र बाख्राका बड्क्यौला जस्तो देखिने केही चिजहरु बेच्न बस्थ्यो । छेउमा एउटा पुरानो क्यासेट प्लेयर बजिरहेको हुन्थ्यो जस्मा एक जना मान्छे धाराप्रवाह बोलिरहेको हुन्थ्यो, झिजो लाग्ने गरी, ‘आउनुहोस्, आउनुहोस्.....’ । ती क्यासेट प्लेयरमा बोल्ने महानुभावका अनुसार त्यो पुरियामा भएको ‘दबाई’को प्रयोग पेट दुखेको, जिउ दुखेको वा सुन्निएको, पखाला लागेको, आउँ परेको, खाना नरुच्ने, मासी परेको र यस्तै–यस्तै सारा रोगको निदान थियो । खै कुन्नी कहाँबाट ल्याएको हो, २–३ थरीका मरेका जुका फर्मालिनको झोलमा डुबाएर राखेको हुन्थ्यो, र ती मानिस दावा गर्थे कि ती जुकाहरु त्यो चमत्कारी दवाई खाएपछि निस्किएको रे ! जुका हेर्दा कुनै विज्ञान बिषयको पढाई हुने कलेजमा विद्यार्थीको पढाईको लागि कुनै विदेशी उध्योगमा तयार पारिएका बट्टाजस्ता देखिन्थे । हामीले स्कुलको ल्याबमा देखेको जस्तै हुबहु । यस्तो चमत्कारी पुरियाको दाम चाँही केवल पाँच वा दश रुपैयाँ, अद्भुत र अचम्म ! कुन्नी के–के राखेर मान्छेको आँखामा छारो हाल्ने काम गर्थे ति मनुवा । बजार भर्न आएकाहरुको सानोतिनो भिड नै लाग्थ्यो त्यहाँ ।
एकजना मधेशी मुलकी महिला भिटामिन नपाउँदा चिच्याई–चिच्याई कराएको सम्झँदा अहिले हाँसो उठ्छ । ‘झोल भिटामिन नदिने डाक्टरले के उपचार गर्छ र ?’
सन् २०११ को अन्ततिर हामी स्वास्थ्य सिविर लिएर कपिलवस्तु जिल्लाको फुलिका गा.वि.स. गएका थियौं । तराई–मधेशमा पर्ने भए पनि त्यो ठाउँमा अन्य तराईका ठाउँ हेरी गरीबी व्याप्त थियो । गर्मी मौसममा टन्टलापुर घामको पर्वाह नगरी टाढा–टाढाबाट बिरामीहरु आएका थिए । बिरामीहरुको आफ्नो–आफ्नो समस्या अनुसार हामीले चेक–जाँच गर्दै निःशुल्क औषधि दिने ठाउँतर्फ पठाउँथ्यौं ।
बुझ्दै जाँदा प्रायजसो बिरामीहरुको एउटै भित्री मनसाय हुन्थ्यो कि ‘भिटामिनको झोल दवाई चाँही डाक्टर साबहरुले लेखिदिनु भए हुन्थ्यो’ । हामीले सबैलाई ‘भिटामिनको झोल दवाई’ लेखिदिने कुरा भएन । एकजना मधेशी मुलकी महिला भिटामिन नपाउँदा चिच्याई–चिच्याई कराएको सम्झंदा अहिले हाँसो उठ्छ । ‘झोल भिटामिन नदिने डाक्टरले के उपचार गर्छ र ?’ भन्ने आशय थियो ति अधबैंसे महिलाको ! भिटामिनको झोलबारे ति महिलाको सोचाई हाम्रो समाजको प्रतिनिधि पात्रको सोचाई हो । हाम्रो समाजमा केही ब्यक्ति छाडी अधिकांशको सोच त्यही हो ।
बुझ्नुपर्ने कुरा के हो भने, भिटामिनको झोलभन्दा सन्तुलित आहार (ब्यालेन्स्ड डाईट) खाएर शरीरको भिटामिनको आवश्यकता पूरा गर्नुपर्छ । भिटामिन खरिद गर्दा लाग्ने रकमले त धेरै पौष्टिक खानेकुरा किन्न सकिन्छ । सानो छँदा औषधि पसलमा भिटामिनहरु आकर्षक प्याकमा राखिएको देख्दा मलाई पनि ति ‘चमत्कारी झोल’ नै हो कि जस्तो लाग्थ्यो । आज ति भ्रम रतिभर पनि छैन । ‘स्लाईन पानी’ को बारेमा पनि केही यस्तै सोंचाई र बुझाई छ हाम्रो समाजमा, जुन गलत छ ।
अन्तमा, हामी कोहीकोही अज्ञानताको सिकार भएका छौं । स्वास्थ्यमा खेलवाड गर्नै नहुने कुरा हो । स्वास्थ्यको सबैलाई नै चिन्ता हुन्छ । सन्तुलित भोजन र ब्यायाम गरी धुम्रपान र मध्यपानबाट टाढा रहे धेरै रोग लाग्नबाट बच्न सकिन्छ । सन्तुलित भोजन भनेको त्यस्तो भोजन हो जस्मा हाम्रो शरीरलाई चाहिने पोषक तत्वहरु जस्तै कार्बाेहाईड्रट, प्रोटिन, फ्याट (चिल्लोपन), भिटामिन आदि सही मात्रामा हुन्छन् ।
लागुपदार्थ दुब्र्यवसनबाट पनि टाँढै बसौं । आफ्नो शरीरमा कुनै अनौठो लक्षणहरु देखा परेमा नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको सल्लाह लिनसक्नु हुन्छ । आफ्नो स्वास्थ्य बारेमा सधैं सचेत रहौं र स्वास्थ्य सम्बन्धी पुस्तकहरु पढ्ने बानी गरौं । जसरी म आलु खानु र घाऊ पाक्नुको मिथ्याबाट मुक्त भएको थिएँ, आशा गर्छु तपाईंहरु पनि आफ्नो मनमा भएको त्यस्तै मिथ्याहरुबाट मुक्त हुनुहुने छ ।

खेलमा ध्यान दिऔं
मुलुकमा थोरै लगानी भएको, राजनीतिक हस्तक्षेत्रको चर्काे शिकार भइरहेको र निरन्तर अस्थिरताको हालतमा सीमित गरिएको नेपाली खेलकुदले केवल नागरिकको अव्यवस्थित जोडबलको भरमा मुलुकलाई गुण लगाइरहेको छ । १९ वर्ष मुनीकाको फुटबल प्रतियोगितामा नेपालले चिर प्रतिस्पर्धी भारतलाई ट्राइब्रेकरमा हराएको छ । नेपाली खेल क्षेत्रले मुलुकको शिर उचाल्न सक्छ र त्यसका लागि रुखासुक्खा खाएका हाम्रा खेलाडीहरु काविल छन् भन्ने कुराको गर्व लायक प्रमाण पेश गरेका छन् किशोर फुटबलरहरुले ।
मुलुक राजनीतिक रुपमा चर्काे क्रोनिक तनाब झेलिरहेको छ । दशकौंदेखि मुलुकको राजनीतिक यात्रा सरल रेखामा छैन । बक्र रेखामा मुलुकको राजनीतिक वातावरणलाई हिँडे हिँडाइएको छ । जात जातबीच झै–झगडा छ । क्षेत्र–क्षेत्रबीच तनाव छ । राजनीतिक सुलहको स्थिति कतैपनि छैन । खेलकुदको क्षेत्रमा पार्टीका निम्छरा चौवन्नी छापावाल कार्यकर्तालाई भर्ती गरेर तिनको राजनीतिले मकाउन लागेको छातीमा एक्कादुक्का खिया लाग्न लागेका फुली तक्मा भिराउने खेलोफडको भइरहेको छ । खेलकुद परिषदमा पार्टीका कार्यकर्तालाई भर्ती गर्ने गरिएको छ । फलतः कयौं राष्ट्रिय खेलाडीहरू पेट पाल्नको लागि पश्चिम एशियाका मुलुकमा गइरहेको देख्न पाइन्छ ।
तर तमाम समस्या र कमजोरीका बाबजुद नेपाली खेल क्षेत्रले बेला–बेला गुलियो नतिजा दिने गरेको छ । यसैपालिको प्रतियोगितामा पनि अन्तिम ८७ औं मिनटमा पाएको पेनाल्टीलाई सदुपयोग गरेपछि भारतको स्थिति माथि उक्लियो । तर त्यसको छिनोफानो गर्न पेनाल्टी सुटआउटका आधारमा निर्णय लिनु परेको थियो ।
खेलकुद प्रतियोगिता मात्र होइन । यसले राष्ट्रियताको भावनालाई जगाँउछ । भारतमै सचिन तेन्दुलकरको बलिंगले त्यहाँको राष्ट्रिय भावनामा कहिँ न कहिँ मजबुत बनाएको छ । लता मंगेशकरले गाएको गीतले त्यहाँका कुनै राजनीतिज्ञका भाषणले भन्दा बढी भारतीय राष्ट्रियताको मजबुतीकरण गरेको छ । कुरा खेलको पनि त्यहि हो । खेलकुदको भाषा एउटै हुन्छ । सातदोबाटोको खेल मैदानमा विजयसँगै उचालिएको चन्द्रसूर्य अंकित झण्डाले मुलुकका सबै कुनाकाप्चाका जनताको भावनालाई प्रतिनिधित्व गरेको छ ।
खेलकुदको समस्या भनेको व्यवसायीकरणको अभाव पनि एक हो । उमेर र बल बर्कत हुञ्जेल खेलेका खेलाडीहरुको जीवनवृत्तिको विकासको लागि राज्यले केहि सोचेको छैन । धेरै वर्ष देशको खेल क्षेत्रबाट नाम चम्काएका खेलाडीहरु घर न घाटको भएर जीवनका पछिल्ला दिन गनिरहेका छन् ।
खेलकुद क्षेत्रले थोरै लिएर मुलुकलाई धेरै दिएको छ । खेलाडीहरु विश्व बजारका चल्तिका क्लबहरुमा अनुबन्धित भएका पनि छन् । यसर्थ मुलुकको गौरव बढाउने र सबै क्षेत्र, वर्ण, लिङ्ग, जातजातिका जनतालाई उत्तिकै खुसी बाँढ्ने खेल क्षेत्रलाई प्रतिष्ठासाथ हेर्न र तदनुरुप नीति बनाउन जरुरी छ ।

"अब स्थानीय निकाय कब्जा गर्छौं"
![]() |
| –: राजकुमार लेखी :– (पूर्व–अध्यक्ष, नेपाल आदिबासी जनजाति महासंघ) |
राजकुमार लेखी थारुवान थरुहट आन्दोलनका एक डिजाइनर हुन् । आक्रमक अभिव्यक्ति दिँदै पूर्वी तराईका जिल्ला पुगेर लेखी काठमाडौं फर्किएका छन् । सरकारले वार्ता आह्वानलाई लेखी आफ्नै भाषामा छद्मभेषी ठान्छन् । ‘यो नाटक मात्र हो’ लेखीले सरकारले आव्हान गरेको वार्ताको प्रसङ्गमा बताउँछन् । उनले वार्ता भए पनि अब काठमाडौंमा होइन, तराईमै हुने उल्लेख गरे । आन्दोलनसँगै लेखीसहित थारु आन्दोलनका अगुवाहरु भने तराईका जिल्लामा स्थानीय निकाय कब्जा गर्ने योजना बनाउँदैछन् । यसै सातादेखि तराईबाट सरकारी कार्यालय कब्जा गर्दै कर्मचारी खेदाउने र स्थानीय निकाय कब्जा गर्ने आन्दोलन शुरु हुने लेखीको दावी छ । प्रस्तुत छ, आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष समेत रहेका लेखीसँग गरिएको कुराकानीका सम्पादित अंशः
---------------------------------------------------------

सरकारले वार्तामा बोलाएको छ, तपाई भने पूर्वतिर गएर उत्तेजक अभिव्यक्ति दिइरहनु भएको छ, वार्ता बहिस्कार गरेको हो ?
– वार्ता गर्दैनौं भनेको छैन । तर, वार्ताको लागि सरकारले वातावरण बनाउन सकेको छैन । झारा टार्ने हिसाबले वार्ताको आह्वान गरेर चीया गफमात्र गर्न खोजेको देखियो ।

अनि के गर्दा वार्ताको वातावरण बन्छ त ?
– हामीले ७ बुँदे धारणा सरकारलाई दिँदैछौं । सबैभन्दा पहिले सेनालाई ब्यारेक फिर्ता गर्नुपर्छ, कफ्र्यु हटाउनुपर्छ, घाइते आन्दोलनकारीको उपचार र खर्चबर्च दिनुपर्छ । दमन गर्ने प्रहरीलाई कारवाही हुनुपर्छ अनिमात्र वार्तामा बस्न सकिन्छ । तर, वार्तामा बसे पनि हाम्रो आन्दोलन भने निरन्तर रहन्छ । अब हामी थप सशक्त आन्दोलन थाल्छौं ।

वार्ता तपाईहरुसँग गर्ने कि मधेसी मोर्चाका नेतासँग गर्ने हो ?
हाम्रो आन्दोलनमा उनीहरुले नैतिक समर्थन गरेका हुन् । तर, वार्ता हामीसँग हुनुपर्छ । अबको वार्ता सिंहदरबारमा प्रधानमन्त्रीसँग चिया खाएर होइन । तराईका जनतासँग हजारौं जनतालाई बीचमा राखेर गर्नुपर्छ । अब वार्ता काठमाडौंमा होइन तराईमा हुन्छ । हामी थरुहट भूमि बाहेक अन्त वार्ता गर्दैनौं ।

यत्रो हत्याकाण्ड भइसक्यो, तराई जलेकै छ, यो भन्दा पनि सशक्त आन्दोलन के गर्नु हुन्छ ?
– अब हामी स्थानीय निकाय कब्जा गछौं । अब थारु जनताले थरुहटका जिल्लाहरुका सरकारी कार्यालय, गाविस, नगरपालिका कार्यालय कब्जा गर्नेछन् । अबको आन्दोलन प्रतिरोधात्मक आन्दोलन हुनेछ ।

यसको मतलब अब प्रहरी सुरक्षाकर्मी र सरकारी कर्मचारीहरुलाई पनि लखेट्ने ?
– जनताले अब स्थानीय निकायहरु कब्जा गरेर थरुहट राज्य आफैं चलाउँछन् । त्यस क्रममा जो–जो अवरोध बन्छन्, तिनीहरु जनताको कारवाहीमा पर्छन्, लखेटिन्छन् । भदौ १६ गतेसम्मको हड्तालको कार्यक्रम यथावत हुन्छ, यसबीचमा अब सशक्त विद्रोह शुरु हुन्छ ।

सशक्त विद्रोह कि सशस्त्र विद्रोह हो ?
– हामी सशस्त्र विद्रोह गर्दैनौं, जनताले सशक्त विद्रोह गर्नेछन् । अब कब्जाको आन्दोलन शुरु हुन्छ । स्थानीय निकायमा जनताले प्रतिरोध कारवाही गर्छन् ।

सशस्त्र विद्रोह गर्दैनौं भने पनि तपाइँर्हरुको आन्दोलनमा हतियार त चल्यो, टीकापुर हत्याकाण्डले देखाएन र ?
– कैलाली हत्याकाण्ड हामीले गराएको होइन । केही पाँच सात जना नेताले गराएका हुन् । सिंहदरबारमा बसेर प्रदेशको सीमांकन गर्ने नेताहरुका कारण भएको हो । थारुलाई रौं पनि दिन्न भन्ने शेरबहादुर देउवा र अखण्ड सुदूरपश्चिम भन्ने भीम रावल, लेखराज भट्टहरुले गराएका हुन् । त्यसको जिम्मेवारी उनीहरुले लिनुपर्छ ।

ए, भनेपछि आन्दोलन तपाईहरुले गर्ने, मान्छेलाई भाला हतियार तपाईहरुले बोकाएर लैजाने, २ वर्षको बालक र निहत्था पुलिसलाई आन्दोलनकारीले मार्ने, अनि जिम्मेवारी चाहिँ लिनु नपर्ने ?– हामीले जिम्मेवारी लिन्नौं भनेका छैनौं । हामीलाई त्यो बर्बर हत्याकाण्डप्रति दुःख छ । हुनै नहुने घटना भयो । तर, त्यसमा मैले माथि भनेका नेताहरुले घुसपैठ गराएका हुन् । अखण्ड भन्ने केही हुल्याहा र सादा पोशाकका प्रहरी लगाएर थारुको जुलुसमाथि ढुंगा हान्ने काम जसले गरे, यो हत्याका जिम्मेवार तिनै हुन् ।
यस्तो विभत्स हत्या भएको छ, अलिकति मानवीय संवेदना पनि हुँदो रहनेछ हगि, आन्दोलनमा लागेपछि ?
– होइन, त्यो अत्यन्तै दर्दनाक घटना भयो,यसप्रति हामीले दुःख व्यक्त गरिसकेका छौं । तर, त्यो के कारणले भयो भन्ने बुझ्नुप¥यो । त्यो हत्या यीनै केही शीर्ष नेताले गराएका हुन् ।

त्यहि भएर इटहरी पुगेर पाँच सात जना नेता र मानव अधिकारवादीलाई ठोक्ने भन्नु भएको हो ?
– यी भ्रष्ट नेताहरु सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, शेरवहादुर देउवा लगायत पाँच सात जना जो छन्, उनीहरुले गर्दा देश बर्बाद भएको हो । यीनलाई अब थरुहटका जनताले कारबाही गर्नेछन् । त्यस्तै मानवअधिकारवादी पनि हरियो डलर जहाँ आउँछ, त्यहाँमात्र जाने भए । उनीहरुको अब थरुहटमा कुनै काम छैन । थरुहट क्षेत्रमा अब मानवअधिकारवादीलाई प्रवेश निषेध छ, उनीहरु आए पनि जनताले लखेट्नेछन् ।

मानव अधिकार आयोगलाई पनि हो ?
– मानव अधिकार आयोगले पनि सोच्नुप¥यो । नत्र जनताले छाड्दैनन् ।

अनि पत्रकारलाई चाहिँ पनि लखेट्ने हो कि ?
– हामी स्वतन्त्र प्रेसको पक्षमा छौं । हामी प्रेस स्वतन्त्रतामा विश्वास गर्छाैं । पत्रकारलाई हाम्रोमा कुनै रोकतोक हुँदैन । अझ तपाईहरु जस्ता निष्पक्ष पत्रकारलाई सधैं स्वागत छ, आउनुस् थरुहटको आन्दोलन हेर्नुस् । तर, पत्रकार मित्रहरुले पनि निष्पक्ष हुनुप¥यो, सबैलाई आग्रह छ ।

झन् अप्ठेरो कुरा गर्नुभयो, समाधान को कुरा पनि गर्नुस् न ?
समाधान त नेताहरुले सिंहदरवार मोडलमा गरेको ७ प्रदेशको सीमांकन हेरफेर हुनुप¥यो । उनीहरुले विगतमा आफ्नो घोषणापत्रमा जे उल्लेख गरेका थिए, त्यसलाई सम्झिने हो भने कुरा मिल्छ ।

तपाईहरुको माग नै प्रष्ट छैन भन्ने कुरा पनि आयो नि ? जस्तो कि तराईमा कति प्रदेश बनाउने भन्ने प्रष्ट छैन रे नि ?हामीले यति उति भनेका छैनौं, पहाड र तराईमा बराबरी प्रदेश बनाउनुपर्छ । पहाडमा जम्मा ८ प्रदेश हुन्छ भने तराईमा चार, पहाडमा चार हुनुपर्छ । ६ प्रदेश हो भने तीन तीन प्रदेश हुनुपर्छ । चुरे पहाडसहित मिसाएर प्रदेश बन्नुपर्छ । जस्तो सुर्खेत उपत्यका, दाङ, सिन्धुली, उदयपूर, मकवानपूर मिसिएको थरुहट प्रदेश हुनुपर्छ ।
दाङदेखि कञ्चनपुरसम्मको तराईको भू–भागलाई मिलाएर एउटै प्रदशेमा राख्यो भने मध्यमार्गी समाधान आउछ भन्ने कुरा थारु नेताले नै भन्न थाले नि ?– त्यो हामीले भनेको होइन ,तीन दलका नेताको प्राइभेट लिमिटेडका चाटुकारहरुले भनेका हुन् । उनीहरु आफ्ना नेताको दलाली गरेर मन्त्री पद सुरक्षित गर्न यसो भनिरहेका छन् ।
उनीहरु त, तपाईहरुको आन्दोलनमा सिके राउतदेखि बैद्य विप्लवसम्म मिसियो भन्छन् नि ?
– यो दलाली गर्न र शासकलाई खुसी पार्न उनीहरुले भनेको कुरा हो । हाम्रो आन्दोलन आतंकवादी र विखण्डनवादीसँग सम्बन्धित छैन । एमालेका केही थारु नेताहरु अब एमालेको सरकार बन्न लागेको र केपी ओली प्रधानमन्त्री हुन लागेको चर्चासँगै मन्त्री पद खानका लागि यस्तो दलाली र आरोपमा उत्रिएका हुन् । वैद्य विप्लब कोहीसँग पनि हाम्रो कार्यगत एकता छैन ।
सञ्जयको ‘तिमी बिना’ बजारमा
झापा/ गायक सञ्जय तुम्रोकको नयाँ म्युजिक भिडियो “तिमी बिना” हालै सार्वजनिक भएको छ । ‘सेवारो’ एल्बममा संग्रहित “तिमी बिना” मा लोकेन्द्र लेखकको शब्द, रुपक चौधरीको म्युजिक र चन्दु गोर्खालीको एरेञ्ज रहेको गीतलाई परफर्मिंग आर्ट क्रियशनले भिडियो निर्माण गरेको हो ।
भिडियोमा अहिलेका चर्चित मोडेल रञ्जन रिजाल र सुरबिना कार्कीको मोडेलिङ्ग रहेको छ । पछिल्लो समय युवा पुस्तालाई मध्यनजर गरेर भिडियो निर्माणमा ब्यस्त रहेका कमल मगरले निर्देशन गरेको भिडियोमा सम्पादन पनि कमलकै रहेको छ । जसमा उनले आफ्नो क्रियशनलाई देखाउन खोजेका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । पूर्वेली गीतमा चर्चा बटुलेका गायक तुम्रोकले यो भिडियोलाइ पनि दर्शकले मन पराउने विश्वास गरेका छन् ।
सञ्जय रेडियो नेपालले हरेक वर्ष आयोजना गर्ने राष्ट्रव्यापी गीत प्रतियोगिता अन्तर्गत २०६३ सालको आधुनिक गीत प्रतियोगितामा प्रथम भएका थिए । उनले हालसम्म सात सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनी अहिले महेन्द्र पुलिस क्लबमा आबद्ध छन् ।

नेपाल यू–१९ साफ च्याम्पियन
काठमाडौं/ पहिलो यू–१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ । भारतलाई हराउँदै नेपालले उपाधि जितेको हो । शनिबार भएको फाइनल भिडन्तमा नेपालले टाइ ब्रेकरमा भारतलाई ५–४ गोलअन्तरले पराजित गर्न सफल भएपछि उपाधि हात पारेको हो ।
![]() |
| बिजयीपश्चात् खुसी हुँदै नेपाली खेलाडीहरु । |
करिब बाइस वर्षसम्म कुनै उपाधि हासिल गर्न नसकेको खराब इतिहासलाई तोड्दै नेपाली फुटबल टोलीले विजयको नयाँ इतिहास रचेको छ । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा सन् १९९३ यता उपाधि जित्न सकेको थिएन ।
नेपालले बलियो प्रतिद्वन्द्वी भारतविरुद्ध प्रभावशाली खेल पस्कँदै उपाधि जित्न सफल भएको हो । शुरुवातबाटै भारतलाई डिफेन्सिफ हुन बाध्य पारेको नेपालले ३१ औं मिनेटमा गोलको खाता खोलेको थियो ।
नेपालका लागि सुनिल बलले खेलको ३१ औं मिनेटमा दिएको कर्णर बललाई सदुपयोग गर्दै तेज तामाङले गोल गरेका थिए । उनले अनन्त तामाङको हेडलाई भारतीय किपरले बचाएपछि फर्केको बललाई जाली चुमाएका थिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भरिभराउ दर्शकबीच भएको फाइनल भिडन्तमा नेपालले दोस्रो हाफमा पनि आक्रमक खेल पस्केको थियो ।
शनिबारको खेलमा विमल घर्ती मगरका दर्जनौं प्रयासलाई भारतीय रक्षकले असफल बनाइदिएका थिए । खेलको अन्तिम पाँच मिनेट बाँकी रहँदासम्म नेपालले उपाधि घरैमा राख्ने अवस्था थियो । तर खेलको ८८ औं मिनेटमा नेपालका दिनेश राजबंशीले डिबक्सभित्र हेन्ड गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भारतका सहबाजले खेललाई बराबरीमा ल्याए ।
निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि गरिएको टाई ब्रेकरमा अन्ततः नेपालले बाजी मार्याे । टाई ब्रेकरमा भारतको पहिलो प्रहार नेपाली रक्षक सुजन गुरुङले बचाउ गर्नु
नै नेपालको उपाधि जित्न प¥याप्त भयो ।
भारतका मोइनुदिनको प्रहार गुरुङले बचाउ गरी बाहिर पठाइदिए । त्यसपछि नेपालका लागि हेमन्त थापा मगरले गोल गरे । त्यसलगत्तै भारका ह्यादिनको प्रहार पनि गोलमा परिणत भयो । त्यसलगत्तै नेपालका सुनिल बलको प्रहार गोलमा परिणत भएर नेपालले अग्रता लियो ।
भारतका लागि पुनः सार्थक गौलीले गोल गरे । त्यसपछि नेपालका लागि विश्वास श्रेष्ठको प्रहार पनि गोलमा परिणत भयो । भारतका लागि डानियलले पनि गोल गर्न चुकेनन् । फेरि गोल गर्ने पालो नेपालको थियो । यति खेर दोन थापा गोल गर्न सफल भए । त्यसपछि भारतका सहबाजले अर्काे गोल गर्दै उपाधिको आशा जीवितै राखे । अन्तिम निर्णायक घडीमा नेपालका लागि अनन्त तामाङले कुनै गल्ती नगरी गोल गरेपछि नेपाले साफ च्याम्पियनसिपसँगै नेपालीलाई २२ वर्षपछि खुसी दियो ।

हरेक खेलाडीलाई १ लाख पुरस्कार
पहिलो साफ यु १९ साफ च्याम्पियनसिप जितेमा सरकारले हरेक खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा पुनः दोहो¥याएका छन् ।
युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले उक्त घोषणा गरेका हुन् । सरकारले उपाधि चुम्नका लागी नेपाली खेलाडीले निकै शसक्त प्रर्दशन गरेको थियो ।

भिरबाट लडेर मृत्यु
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ ।
साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फर्कने क्रममा शुक्रबार राति ११ बजे भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ ।
राईको शव परीक्षणका लागि इलाम अस्पताल ल्याउने क्रममा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए
विपरीत दिशाबाट आउँदै गरेको बा ४५ प ३०४० र को ६ प ३९६४ नंको मोटरसाइकल ठोकिँदा भारदह घर भई राजविराजस्थित सीमा सुरक्षा बलमा कार्यरत सशस्त्र प्रहरी जवान धीरेन्द्र झाको घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका मोरङ घर भएका सशस्त्र प्रहरी हवल्दार श्याम लम्साल तथा इनरुवा–१ का अर्जुन साह र दयानन्द पोदारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फर्कने क्रममा शुक्रबार राति ११ बजे भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ ।
राईको शव परीक्षणका लागि इलाम अस्पताल ल्याउने क्रममा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए
दुर्घटनामा प्रहरीको मृत्यु
इटहरी/पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको नरसिंह–६ मा शनिबार अपरान्ह दुई मोटरसाइकल एकआपपसमा ठोकिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।विपरीत दिशाबाट आउँदै गरेको बा ४५ प ३०४० र को ६ प ३९६४ नंको मोटरसाइकल ठोकिँदा भारदह घर भई राजविराजस्थित सीमा सुरक्षा बलमा कार्यरत सशस्त्र प्रहरी जवान धीरेन्द्र झाको घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका मोरङ घर भएका सशस्त्र प्रहरी हवल्दार श्याम लम्साल तथा इनरुवा–१ का अर्जुन साह र दयानन्द पोदारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
इटहरी/ नयाँ बन्ने संबिधानमा अरुण पूर्वका नौ जिल्लालाई स्वायत्त लिम्बुवान राज्य घोषित नगरे मुलुकमा आन्दोलनको आधिबेरी ल्याउने लिम्बुवानका नेताहरुले चेतावनी दिएका छन् । शनिबार यहाँ आयोजित बिरोधसभालाई सम्बोधन गर्दै लिम्बुवानका नेताहरुले लिम्बुवान विनाको संबिधान आफूहरुलाई मान्य नहुने कडा चेतावनी दिएका छन् ।
कार्यक्रममा बोल्दै संघिय लिम्बुवान पार्टी नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले लिम्बुवान प्राप्तीको लागि जस्तोसुकै बलिदान दिन तयार रहेको बताएका छन् ।
अरुण पूर्वको नौ जिल्ला ऐतिहासिक पृष्ठभुमिको आधारमा लिम्बुवान राज्य रहेको हुँदा सरकारले नहिचकिचाई इमान्दारका साथ लिम्बुवानलाई सुम्पन अनुरोध गर्दे लिङ्देनले भने,‘ सरकारले नदिए आफ्नो अधिकार खोस्न हामी आफै अघि बढ्ने छौ ।’
कार्यक्रममा अर्का लिम्बुवान नेता सञ्जुहाङ पालुङवाले शान्तिपूर्ण आन्दोलनबाट आफ्नो अधिकार माग्दा सरकार मुर्कदर्शक बनेकोले अबका दिनमा लिम्बुवानले शशक्त आन्दोलन सुरु गर्ने बताए । त्यस्तै लिम्बुवानकै अर्का नेता रामभक्त कुरुम्बाङले सरकारले मुलुकमा जातीय दंगा भडकाएर गृहयुद्ध सुरु गरेको आरोप लगाएका छन् । संघीय लिम्बुवान पार्टी नेपाल केन्द्रिय समितिको आयोजनामा सम्पन्न बिरोधसभामा सहभागी हुन पूर्वका झापा,मोरङ,सुनसरी र धनकुटाबाट आफ्ना कार्यकर्ताहरु ओसारेका थिए । विरोधसभा पूर्व ¥याली सहित शक्ति प्रदर्शन गरेका थिए ।

सत्तासीन शीर्ष नेतालाई भौतिक कारबाहीको चेतावनी
इटहरी/ थारु कल्याणकारिणी सभाका पूर्वअध्यक्ष राजकुमार लेखीले प्रधानमन्त्री सुशील कोइराला लगायतका मुख्य राजनीतिक दलका शीर्ष नेताहरुलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् । लेखीले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता बाबुराम भट्टराई, नेता लेखराज भट्ट, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भीम रावलको नामै किटान गरेर उनीहरुमाथि भौतिक कारबाही हुन सक्ने बताएका छन् ।
शनिवार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा लेखीले भने, ‘अधिकार प्राप्तीको लागि जारी थारुहरुको आन्दोलन दबाउन प्रधानमन्त्री कोइराला लगायत शीर्ष नेताहरु लागि परेको आरोप लगाउँदै तराई र थारुहटका गाउँमा आए उनीहरुलाई भौतिक कारबाही हुनसक्छ ।’
लेखीले प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहाललाई भौतिक कार्वाही गर्ने चेतावनी दिईरहदा काँग्रेस सुनसरी क्षेत्र नम्बर १ का सचिव सुजेन्द्र तामाङ र एमाओवादीका नेता सन्तोष थारु पत्रकार सम्मेलनमै हाँसिरहेका थिए ।
लेखीले अखण्ड सुदुरपश्चिमको कुरा निकालेर थारुहरुको अधिकार खोस्न खोजेको पनि आरोप लगाए । लेखीले देशभर चर्किरहेको थारु आन्दोलनमा भने कमजोरी भएको स्विकार गरेका छन् । उनले कैलाली लगायतका जिल्लामा भएको थारु आन्दोलनमा पनि कार्यकर्ताहरुले त्रुटिपूर्ण काम गरेको भएपनि नेतृत्वका हिसाबले आफूले घटनामा कमजोरी भएको स्विकार गर्दै माफीसमेत मागेका छन् ।
उनले तराईका २२ जिल्लामा चार प्रदेश निर्माण गर्नुपर्ने माग गरेका छन् । उनले सरकारले धनीराम चौधरीलाई जागिरबाट बर्खास्त गर्न आफुलाई फर्केर कारबाही गरेर देखाउन पनि चुनौती दिएका छन् ।

‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
![]() |
| (सहकारीद्वारा सम्मान ग्रहण गर्दै ।) |
दमक/ अब बन्ने संविधान सहकारी मैत्री हुन आवश्यक रहेको सहकारी क्षेत्रका अगुवाहरुले बताएका छन् । नेपालको चारखम्बे अर्थतन्त्रको एक खम्बा मानिएको सहकारी क्षेत्रलाई अझ व्यवस्थित र मर्यादित बनाउन संविधानमा नै सुनिश्चित गराईनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
मेची सहकारी संस्था दमकले शुक्रबार आयोजना गरेको १९ औं बार्षिक उत्सव तथा २१ औं साधारणसभालाई सम्वोधन गदै सहकारी क्षेत्रका अगुवाहरुले नेपालको ग्रामीण, सामाजिक तथा आर्थिक विकासको आधार सहकारी क्षेत्र भएको बताएका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी संघका उपाध्यक्ष मिनराज कडेलले सहकारीको मूल्य र मान्यतालाई बिर्सिएर ब्यक्तिवादी भए सहकारी क्षेत्रनै धराशायी हुने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कडेलले विश्वका सवा अर्ब जनसंख्या सहकारीमा आवद्ध भैसकेको बर्तमान अवस्थामा सहकारी क्षेत्र मुलुकको आर्थिक बिकासको आधार भएको उल्लेख गरेका थिए ।
दमक– ८ स्थित दाहाल प्रतिष्ठानमा भएको सभाहलमा सम्पन्न साधारणसभामा केन्द्रीय बचत तथा ऋण सहकारी संघका सञ्चालक केशव पोखरेलले जोखिम ब्यवस्थापनमा सहकारीले ध्यान दिनुपर्ने बताए । सहकारी क्षेत्रको कोष ब्यवस्थापन कमजोर भए यसको सिधाअसर सहकारी
क्षेत्रलाई नै पर्ने भएकाले यस्ता विषयमा सञ्चालकहरु सचेत रहन आवश्यक रहेको पोखरेलको भनाई रहेको थियो ।
यस्तै कार्यक्रममा डिभिजन सहकारी कार्यालय झापाका प्रमुख माधव पोखरेल,संस्थाका अध्यक्ष रोमनाथ ओली लगायतकाले सहकारीको विकासका बारेमा बोलेका थिए । सोही अवसरमा संस्थाका पूर्व अध्यक्ष स्व.गणेश बस्नेत स्मृति सहकारी अभियन्ता पुरस्कारबाट यज्ञराज ढुङगेललाई पुरस्कृत गरिएको थियो । यसैगरी गणेश बस्नेत पत्रकारिता पुरस्कारबाट हिमशिखर टेलिभजनका समाचार संयोजक गोपाल झापाली, सप्तरङगी एफएम दमकका संवाददाता मनकुमार गदाल र सञ्चार संस्था तर्फ रेडियो इन्दे्रणी उर्लावारीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारीहरु तर्फ शसी न्यौपाने, भेषराज थापा लाई पुरस्कृत गरेको थियो । त्यस्तै संस्थाका उत्कृष्ट कारोवार गर्ने सदस्य , उत्कृष्ट किसान, उत्कृष्ट बचतकर्ता, सदस्यका सन्तान मध्येका उत्कृष्ट विद्यार्थी लगायतलाई पुरस्कृत गरिएको थियो ।

पर्यटक तान्दै राजारानी
मोरङ/ धिमाल जातिको उद्गमस्थल मानिएको र मोरङको ऐतिहासिक राजारानी पोखरी रहेको क्षेत्रमा सञ्चालित ‘होमस्टे’ पर्यटक तान्ने प्रमुख आधारका रुपमा विकसित हुँदै गएको छ ।
राजारानी होमस्टे व्यवस्थापन समितिका सचिव विष्णुकुमार मगरका अनुसार अहिले पर्यटनको मौसम छैन तर राजारानीमा भने पर्यटकको अभाव छैन । दैनिक होमस्टेमा बस्न र राजारानी पोखरी हेर्नेको लर्काे नै लागिरहेको छ ।
मगरले भने –‘अन्यत्रका होमस्टे पर्यटक नआएर बन्द भएको खबर हामीले पनि थाहा पाएका थियौँ’– उनले थपे –‘यहाँ पनि त्यस्तै होला बेकारको झन्झट हुनेभयो भन्ने लागेको थियो तर यहाँ त्यस्तो भएन । दैनिक समूह–समूहमा आन्तरिक पर्यटक आइरहेका छन् । राम्रो चलेको छ ।’
मोरङको लेटाङ–भोगटेनी नगरपालिकाको चुरे क्षेत्रमा अवस्थित राजारानी पोखरी र त्यस आसपासको प्राकृतिक मनोरम दृश्यमा रम्न विराटनगर, धरान, दमक, धनकुटासहित विभिन्न क्षेत्रका पर्यटक पुग्ने गरेका छन् । होमस्टेमा बस्न र पोखरी हेर्नका लागि मात्र नभएर राजारानी क्षेत्रमा पाइने एकसयभन्दा धेरै प्रजातिका सुनाखरी, जङ्गली कछुवा, सेतो सर्प, अजिङ्गर र विभिन्न प्रजातिका चरा हेर्न जाने पर्यटक बढेको राजारानी पोखरी संरक्षण समितिका सल्लाहकार डिल्लीमान तामाङले बताए ।
उनले भने – ‘पर्यटक बढाउन होमस्टे झन सहयोगी बनेको छ ।’ राजारानी पोखरी क्षेत्र ३२ हेक्टरमा फैलिएको छ । यो ठाउँ विराटनगरबाट करिब ४० किलोमिटर उत्तरमा अवस्थित छ ।
भोगटेनी–४ राजारानीमा पाँचवटा घरमा परीक्षणस्वरुप होमस्टे सुरु गरिएको छ । त्यहाँ बस्नका लागि निश्चित नियम पनि बनाइएको छ । आचारसंहिता लागू गरिएपछि कुनै समस्या नआएको स्थानीय सञ्चालकले बताएका छन् । होमस्टेको व्यवस्थापन गर्ने जिम्मेवारी महिलालाई नै दिइएको छ । समितिकी अध्यक्ष ज्ञानीमाया मगर भन्छिन्, ‘हाम्रो परम्परागत नाच, रहनसहन, संस्कार र संस्कृतिको विषयमा पनि पर्यटकलाई जानकारी दिने प्रबन्ध गरिएको छ ।’ स्थानीय परिकार खुवाउने व्यवस्था गरिएको र बस्नका लागि पर्यटकको चाहनाअनुसारको व्यवस्था भएको उनँले बताइन् ।
साँझ ८ बजेसम्म सांस्कृतिक कार्यक्रममा सहभागी हुन पाइने नियम लगाइएको र नाचमा पर्यटकले पनि भाग लिन पाउने मगर बताउँछिन् ।
मोरङको पथरी शनिश्चरेबाट परिवारसहित घुम्न पुगेकी सम्झना राईले भनिन् – ‘यहाँको प्राकृतिक मनोरम दृश्यका बारेमा सुनेकी थिएँ त्यही भएर परिवारसहित घुम्न आएकी हुँ । रमाइलो ठाउँ रहेछ ।’
राजारानी पोखरीमा हरेक वर्ष वैशाखमा धिमालहरुको ठूलो मेला लाग्ने गर्छ । त्यहाँ झापा, मोरङ र सुनसरीका धिमालहरु पुग्छन् । धिमाल राजा युद्ध गर्न तल मधेस झरेपछि हार भएको र उनकी श्रीमतीले छोरीसहित पोखरीमा हामफालेर ज्यान गुमाएपछि तीनवटा पोखरी राजा, रानी र छोरी पोखरी भनेर नामाकरण गरिएको किंवदन्ती छ ।

शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
![]() |
| (शिविर उद्घाटन कार्यक्रममा सहभागीहरु ।) |
दमक/ झापाको दमकस्थित दमक जेसीजले शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ५५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
स्थानीय मारवाडी सेवा समितिको सभाहलमा सम्पन्न महिलाहरुको पाठेघरको सम्बन्धी रोगको बारेमा परिक्षण गरिएको थियो । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वरिष्ठ स्त्रीरोग रोग विशेषज्ञहरु डाक्टर धु्रब उप्रेती र पप्पु रिजाल सहितको टोलीले गरेको परीक्षणमा दुईजना क्यान्सरको संम्भावना रहेको पाईएको थियो ।
पछिल्लो समयमा आएर महिलाहरुको पाठेघरमा क्यान्सर हुने क्रम बढ्दै जानथाले पछि संभावित जोखिम न्युनीकरणका लागी पूर्व जानकारी दिने उद्देश्यले शिविरको आयोजना गरिएको दमक जेसीजकी अध्यक्ष रेगिना भट्टराई प्रसाईले जानकारी दिईन् । गरिब, विपन्न तथा दुरदराजमा स्वास्थ्यका पहुँच भन्दा बाहिर रहेका महिलाहरुलाई स्थानीय स्तरमानै सम्बन्धित बिषयका विशेषज्ञहरुको टोलीबाट सेवा प्रदान गरिएको शिविरका संयोजक चन्द्र खत्रीले बताए ।
विहान करिब ८ बजेबाट शुरु भएको सो निःशुल्क स्वास्थ्य शिविरमा दमक, लखनपुर, धरमपुर, तोपगाछी, महारानीझोडा, कोहभरालगायतका क्षेत्रहरुबाट आएका ५ सय ५५ जना महिलाहरुले स्वास्थ्य परीक्षण गराएको थिए । शिविरमा दमक नगरपालिका सहयोगी संस्थाको रुपमा रहेको थियो । शिविर सञ्चालन शुरु हुनु पूर्व आयोजित एक कार्यक्रममा डाक्टर उप्रेतीले क्यान्सर आफैमा प्राणघातक रोग नभएकाले यसलाई सयममा नै पहिचान गर्न सके आहार तथा सामान्य उपचारबाट नै निको हुने बताएका थिए ।

नवोदयद्वारा मन्दिरलाई सोलार
केर्खा/ झापाको तोपगाछीस्थित नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार एक कार्यक्रमका बीच हरीकिर्तन मुक्तेश्वर शिवालय मन्दिरलाई निःशुल्क सोलर प्यानल वितरण गरेको छ ।
संस्थाले सामाजिक कार्यक्रम अन्तर्गत स्थानीय मन्दिरलाई सोलारको प्यानल उपलब्ध गराएको हो । स्रस्थाले मन्दिरलाई ११ हजार पाँच सय मूल्यको सोलर प्यानल उपलब्ध गराएको संस्थाका अध्यक्ष दिलीपकुमार चापागाईले बताए । मन्दिर सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रम भएको थियो ।
यसैगरि धरमपुर बचत तथा ऋण सहकारी संस्थाले पनि स्थानीय धरमपुर चौकमा प्रहरी विट निर्माण गरेको छ । संस्थाले सामाजिक कार्यक्रम अन्तर्गत करिव ५० हजार मूल्यको लागतमा प्रहरी विट निर्माण गरिएको संस्थाका व्यवस्थापक विनोद ढकालले जानकारी दिए ।

एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
बिर्तामोड/ झापा गरामनीका एमाओवादी कार्यकर्ताले पार्टी परित्याग गरी बामपन्थी एकता मञ्चमा प्रवेश गरेका छन् ।
एमाओवादीसँग असन्तुष्ट रहेका २४ जना एमाओवादी कार्यकर्ताले पार्टी परित्याग गरी मञ्चमा प्रवेश गरेका हुन् । आइतबार बिज्ञप्ती प्रकाशित गरि नेतृत्वमा चरम समस्या देखा परेको, पटक–पटक छलफल गर्दा समेत कुराहरु सुनुवाई नभएको, पार्टी नीति ठीक नलागेको लगायतका कारण देखाउँदै पार्टी छोडेको उल्लेख छ । जिल्लाबाट चाँडै हजारौँको संख्यामा एमाओवादीका नेता तथा कार्यकर्ताले पार्टी छाड्ने र बामपन्थी एकता मञ्चमा आउने तयारी रहेको मञ्चका केन्द्रीय सदस्य जग्गनाथ भट्टराईले बताएका छन् ।

दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
प्रकाश धौलाकोटी
तेह्रथुम/जिल्लाका ग्रामीण क्षेत्रका सर्वसाधारणले अझै पनि ढिके नुनको प्रयोग गर्दै आएका छन् । दुर्गम र सदरमुकामबाट टाढाका गाविसका बासिन्दाहरुले आफैंले खान समेत ढिके नुनकै प्रयोग गर्ने गरेको पाइएको हो ।
खुला रुपमा पाइने तथा बजारमा उपलब्ध हुने ढिके नुनले मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने बताइन्छ । तै पनि पशु चौपायलाई भने ढिके नुन प्रयोग गर्ने चलन छ । तर जिल्लाका सदरमुकाम म्याङ्गलुङ्ग लगायत अन्य बजारहरु र केही गाविसहरुमा बाहेकका बासिन्दाले आफुले खानका लागि पनि ढिके नुनकै प्रयोग गर्ने गरेको पुर्वी संक्रान्तिबजारका व्यापारी पुष्प ढुंगेलले बताए ।
‘अहिले पनि मासिक रुपमा झन्डै १० क्विन्टल बढी ढिके नुन बिक्री हुन्छ’, व्यापारी ढुंगेलले भने– ‘यहाँका ह्वाकु, ईवा, थोक्लुङ्ग, संक्रान्ति लगायतका गाविसका बासिन्दामध्ये धेरैले ढिके नुन नै खान्छन् ।’ स्वास्थ्यका लागि खासै उपयुक्त नभएको भन्ने थाहा पाएपनि आफ्ना ग्राहकले खोज्ने गरेकाले ल्याएर ढिके नुन पनि बिक्री वितरण गर्ने गरेको उनले बताए ।
गाउँका बजारमा ढिके नुन आयोडिन युक्त नुन भन्दा बढी बिक्री हुने गरेको छ । ईवाका खुद्रा व्यापारी सुन्दर तामाङले आयोडिन युक्त नुन नै पसलमा नराख्ने गरेको बताए । महँगो पर्छ भनेर कसैले पनि किन्दैन, त्यसैले मैले त आयोडिन नुन नै ल्याउन छाडे, बरु सस्तो पर्ने ढिके नुनको व्यापार राम्रो छ, उनले भने । जिल्लामा सदरमुकामसँगै शुक्रबारे, संक्रान्तिबजार लगायत बजारहरुबाट ठूलो मात्रामा ढिके नुन खपत हुने गरेको छ । तर मान्छेले खानकै लागि भने पूर्वी गाविसहरु र पश्चिमी केही गाविसहरुमा यसको प्रयोग हुने गरेको पाइएको छ ।
ढिके नुन सस्तो मूल्यमा पाइने र चलाउनलाई फारो हुने हुँदा यसको प्रयोग गर्ने गरेको स्थानीयबासीको भनाइ छ । आयोडिन युक्त नुन प्रयोग गर्नुपर्छ भन्ने चेतनाको कमीले पनि सर्वसाधारणले ढिके नुन प्रयोग गरेको केलिङ निमावि ईवा शिक्षक मदन गुरुङले बताए । गाउँमा एक के.जी ढिके नुन १८ रुपैयाँमा पाइन्छ, तर आयोडिन युक्त नुन ३० रुपैयाँ पर्छ ।
भारतीय बजारबाट ल्याइने ढिके नुन सीमावर्ती बजारमा खुलै रूपमा लामो समयसम्म राखिने र नेपालका गाउँमा पठाइने गरेकाले पनि नुनमा भएको आयोडिनको मात्रा घटेर जाने गरेको छ । यसरी नेपालमा आएको नुन व्यापारीहरुले पनि खुलमखुला राखेर विक्री वितरण गर्ने गरेका छन् ।
आयोडिनको मात्रा नभएको यस्तो नुन चौपायालाई खासै लाभदायक नहुने विज्ञहरु बताउँछन् । तुलनात्मक रूपमा सस्तो पर्ने भएकाले पनि सर्वसाधारणले गाई वस्तु सँगै आफूलाई पनि यही नुनको प्रयोग गर्ने गरेका हुन् । स्वास्थ्यका लागि अहितकर भनिएको यस्तो नुन भित्र्याउनेलाई कारबाही गर्ने गरिएको भनिए पनि यहाँका व्यापारीले बेरोकटोक कारोबार गरिरहेका छन् । नुनमा ५० प्रतिशत आयोडिनको मात्रा हुनैपर्ने र त्यस्तो नुन मात्र मानव तथा पशु स्वास्थ्यका लागि उपयुक्त हुने चिकित्सकहरु बताउँछन् ।

संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
![]() |
| टंक पाठक |
संघीयता अहिले आएर भालुको कान भएको छ । यसलाई हल्का र बतासे शैलीमा कलात्मक ढङ्गबाट उत्तार्ने चित्रकारहरुको कलाको करामतले हो । संघीयता शासन प्रणालीको स्वरुप र कानुनी दस्तावेज हुनुको अलवा कुरुक्षेत्र निम्त्याउने दस्तावेजतिर लाग्नु अर्को कारण हो । जनयुद्धताका लामो समय पिल्सिएका नेपालवीका मनमा संघीयताको कारण डर, त्रास र भयले शारीरिक, मानसिक र मनोवैज्ञानिक पीडाले यसबेला कष्टकर तुल्याएको छ । त्यसबेलाको सशस्त्र विद्रोहको रगत नसुक्दै थप रगतको आहाल जम्न थालेको छ । जब शान्ति प्रक्रिया आरम्भ भयो । त्यसपछि मुलुकले उन्नति, आर्थिक वृद्धि स्थायित्व र शान्तिको मार्ग अवलम्बन हुने आशामा नेपालीले मात्रै होइन, विश्वलार्य लागेको थियो । जब त्यस जनयुद्धमा करिब १६ हजार भन्दा बढीको ज्यान लिएका विद्रोहीको डफेदारहरु आतङ्क हिंसाबाट राज्य एकलौटी पार्न नसकिने भन्ने लागेर शान्ति र लोकतान्त्रिक प्रक्रियामा आतुर भई प्रवेश गरेका थिए । जब शान्ति, सम्झौता भयो, सबैको उद्देश्य यो मुलुकको लागि एउटै थियो, त्यो कानुनी राज्य शान्ति र संविधान । तर यो दश वर्षसम्म एमाआवादी लगायत सबै दल वृहत शान्ति सम्झौतालाई कोरा कागज ठानी त्यसबाट बाहिरिएर यहाँसम्म आउनु टिकापुर लगायत देशभित्र कुरूक्षेत्र स्थापना गर्नु संघीयता भालुको कान समातेको जस्तो हुनु हो । यो यतिबेला आएको समस्या पक्कै होइन । यो उपज समस्या नितान्त तिनीहरुकै कर्मकाण्ड हो । जुनबेला विध्वंश भयो, त्यसबेलादेखि विध्वंशलाई विरताको गीत गाउने, अशान्ति, दमन र तोडफोडलाई आफ्ना संस्कृतिरुपी अनुभव ठान्ने, सत्य र साँचो देशको निम्ति सही सल्लाह र सुझावलाई सुन्न नसकी आफूहरु राजनीतिको उपल्लो तहको सर्टिफिकेटको बडाप्पन देखाउने प्रवृत्तिले लोकतन्त्रको राजनीतिको उपहास गर्नु मात्रै होइन, देशलाई नै मृत्युशैय्यामा धकेल्ने खेल हो ।
आजका अप्रिय घटना, साम्प्रदायिक युद्ध, मधेशी, पहाडी, थारु, लिम्बू, बाहुन, क्षेत्री लगायत जातजातिलाई खललको अवस्थामा रुपान्तरित कलङ्कको बिजारोपणको खेतीमा मलजल गर्नु वस्तुनिष्ट आपराधिक सोचको बिजारोपण नै भएर हो । संघीयताको न्वारान गर्ने बित्तिकै टिकापुर घटना होस् या मुलुकका विकसित घटनाहरु हुन्, त्यसलाई एकछिन र आजको भुल कदाचित होइन । फेरि यस्ता घटना अब दोहोरिँदैनन् भन्नु पनि भुल हुनेछ ।
जुनबेला अन्तरिम संविधानमा गणतन्त्र र संघीयता उल्लेख गरेको थियो । त्यसबेलादेखि नै यस विषयमा ती रथ हाँक्ने सारथी र नेपाली जनतालाई समेत थाहा थियो । तर ती सारथीहरु आफ्नो अनुहार बदल्न नचाहने र अरुलाई बदल्ने सिकाईको उपलब्धीविहीन भएर संविधान र संघीयता प्रशव व्यथा लागि अहिले अस्पतालमा छ । दोष प्रमुख नेताको मात्र छैन, तिनीहरुको अगौटे पछौटे लागेका ती लावालस्करको दल र उपनेतामा यिनीहरुको चकिलो छायाँ परेको छ । त्यही छायाँले सरकारलाई ग्रस्त बनाएको छ । जब राष्ट्रिय सारथी या नेता राष्ट्र र राष्ट्रियताको चिन्तनबाट अलग्गिँदै झिना मसिना प्वाल र सीमित मान्छेको घेराभित्र पसेपछि देश अहिले यस्तो हालत भएको हो । यसका उदाहरण प्रशस्तै छन् । जस्तै गृहमन्त्री, प्रधानमन्त्री, सुरक्षा निकायका पदाधिकारी, जिल्ला सरकारका प्रमुख बीच औचित्य र आधारहीन बोल्ने कुराको विकास । बाबुराम भट्टराई जस्ता एक पटक प्रधानमन्त्री भएका व्यक्ति र हाल संवाद समितिका संयोजक रहेका व्यक्तिले भित्र एउटा कुरा गर्नु बाहिर सारालाई उकास्ने र लडाई लाउने काम गर्नु संवाद समितिको मान्छे नभई बदनाम समितिको सभापतिको बिल्ला भिर्नु । प्रचण्डजी जस्ता यो देशका अग्रपंक्तिका नेताले निहत्या टेकनारायण जस्ता २ वर्षे बालक गोली लागि मृत्यु हुँदा र अमानवीय क्रुरतापूर्ण ढङ्गबाट भाला, बञ्चरोले हानेर अञ्चल प्रहरी कमाण्डर लगायत प्रहरीमाथि उद्दण्डसाथ मृत्यु गराउँदा यसलाई सामान्य घटना हो भने पन्छिनु ? न त त्यो दोहोरो भिडन्त थियो, यसलाई धज्जी उडाउनु ।
कांग्रेसका अम्लेशकुमार जस्ताले काट्ने, मार्ने, लखेट्ने कुराको पण्डित्याई गरी अप्रिय घटना घटाउनु र त्यस्तालाई कांग्रेसले त्यस्ता मानवताको दया शून्य दैत्य भएकालाई जोगाएर राख्नु अर्को उदाहरण हो । अर्को उदाहरण भन्ने हो भने विगतको संविधान सभामा आफूह हार्दा भारतले हारेको भन्ने क्षेत्रभित्रका नेपाल र नेपालीको नाम सुन्न नमान्ने र मधेशीहरुको वकिलहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवहरु र तिनका छायाँमा परेका पार्टीहरु मान्छेको मूल्य ५० लाख तोकी हात–हतियार, भाला, लाठी लिएर पहाडबासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई लखेट्न छाडा छोड्नु र तिनीहरुले देशप्रति धावा बोल्दा राज्य मुकदर्शक हुनु त्यही मौलाएको संस्कृति नै हो ।
संविधानको आवश्यकता छ । यो निस्कन पनि आटेको होला । तर विकृतिरुपी राज्यको संस्कृतिले गर्भदेखि नै यसलाई मलजल गर्दै राष्ट्रको पेटमा हुर्किँदैछ । अहिले महिना काटिसकेको छ । समयमा यसको जन्म हुन सकेन । अहिले प्रशवको व्यथाले अस्पतालमा भर्ना गरेको छ । अब राम्रोसँग जन्म हुने कि नहुने हो, शङ्कै छ । जन्मिहाले अपाङ्ग जन्मिने हो कि सपाङ्ग । वा जन्मिने बित्तिकै शिशुमा नै कुपोषणले मृत्यु हुने हो कि त्यो प्रशव व्यथा देख्दा । यो सबै संविधानको गर्भ व्यथा लम्बिनु जस्तो बिउ रोप्यो त्यस्तै फल पाक्नु हो । अब सबै दल र सारथीले आफ्ना निजी स्वार्थ र राष्ट्रलाई निकास दिने दिन आएको छ । यसमा फेरि तिमीहरु चुक्यौ भने देश कुरूक्षेत्रमय हुनेछ ।
स्मरण रहोस्, यिनै नेता आफू सत्तामा जानका लागि भारतसँग थालीमा फूलमाला लिई जाने र दण्डवत गर्ने प्रवृत्तिले पनि भारतको हेपाई खानु परेको र मधेशीहरु दरिलो भएका छन् । भारतमा बिसौँ मान्छे सेना र प्रहरीले मार्दा हाँसेर बस्ने मोदीजी नेपालमा सुरक्षा दिन्छु भन्दै अघि सर्नुलाई बेलैमा बुझ्न प्रयास नगर्ने, त्यही प्रवृत्ति दोहो¥याउँदै छिद्रामा प्रवेश गर्ने र विदेशी सेवा केन्द्रमा आश्रित हुने हो भने र राष्ट्र बचाउन सच्चा नेपाली नहुने हो भने लोकतन्त्र पनि चाहिँदैन, संघीयता अफाप हुन्छ । दूरदृष्टिको खाँचो छ । कुरूक्षेत्र पनि नबनोस् । अन्धाहरुले आँखा तुरुन्तै खोल ।

जनसरोकारका विषयमा गम्भीर बन
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविधि अनि विकास निर्माणका कुराहरुलाई हेर्ने हो भने अहिलेको अवस्था निकै कहालीलाग्दो छ ।
नागरिकहरुको दैनिक सरोकार राख्ने कुराहरुदेखि अन्य क्षेत्रमा भएगरेका निर्माणका कार्यहरुको अवस्था पनि उस्तै छ । नागरिकहरुको सुविधाका लागि भनेर राज्यले करोडौ रुपैयाँ खर्चिएर निर्माण गरेका संरचनाहरुले भनेको र तोकिएको समयमा पूर्णता नपाउँदा नागरिकहरु आज पनि हिजो कै जस्तो हैरानी खेप्न बाध्य बनिरहेका छन् । नागरिकहरुलाई युग सुहाउँदो सेवा सुविधाहरु उपलब्ध गराउनु राज्यको कर्तव्य पनि हो । अनि यस्ता भौतिक संरचना निर्माणमा भए गरेका कुराहरुको जानकारी राख्नु नागरिकको दायित्व हो । तर अहिले राज्य र नागरिक बीचको सम्बन्ध धनिभूत बन्न नसक्दा समस्या अझ जटिल बनेको छ । नागरिकहरुको दैनिक सुविधाका लागि बन्ने यस्ता संरचनाहरुले समयमा पूर्णता नपाउनुको ठूलो दोष राज्यले लिनैपर्छ । मुलुकमा अहिले देखिएका समस्याहरुमध्ये विकास निर्माणका कार्यले पूर्णता नपाउनु पनि एउटा राज्यका लागि मुख्य चुनौतीको विषय हो ।
त्यसैले नागरिकहरुको दैनिक सरोकारसँग जोडिए यस्ता कुराहरुमा अब राज्य गम्भीर बन्न आवश्यक देखिएको छ । यसरी आफ्ना नगरिकहरुको सुविधाका लागि भन्दै राज्यले प्रत्येक वर्ष खर्चिएको ठूलो धनराशी नष्ट हुँदै गएको छ । भनिएको र तोकिएको समयमा शुरुभएका संरचनाहरुले पूर्णता नपाउँदा एकातिर सर्वसाधारणहरु उस्तै समस्या भोगिरहन बाध्य छन् भने राज्यले अरु बढी पुँजी लगानी गर्नुपर्ने जोखिम व्यहोर्नु परिरहेको छ । एउटा निश्चत उद्देश्यका साथ शुरु गरिएका संरचनाहरुलाई सम्बन्धित नियमन निकायहरुको भूमिका प्रभावकारी बन्न नसक्दा पनि यस्ता समस्या दोहोरिने गरेको पाईन्छ । झण्डै दुई दशकदेखिको स्थानीय निकाय रिक्त रहनु र यस्ता जनसरोकारका विषमा प्रत्यक्ष नागरिकहरुको पहुँच नपुग्नुले पनि यस्ता समस्याहरु मुलुकमा अहिले बढ्दो क्रममा छन ।
नीति निर्माणमा बसेका राज्यका माथिल्ला निकायहरुदेखि लक्षित वर्गसम्मलाई नीतिगत वा व्यवहारिक रुपमा नै अगाडि बढाउन नसक्नुलाई पनि राज्यको एउटा ठूलो कमजोरी हो भन्न हिचकिचाई राख्नुपर्ने विषय होइन । राज्यले प्रत्येक वर्ष आफ्नो नीति तथा कार्यक्रममा बजेट सार्वजनिक गरेर एउटा निश्चित लक्ष्य र उद्देश्यका साथ नागरिकहरुको समस्यालाई सम्बोधन गर्ने गरेको भएपनि यो कागजी सम्बोधनमा मात्र सीमित हुँदै आएको छ । अब लाखाँै लाख नागरिकहरुको दैनिक सरोकारसँग प्रत्यक्ष प्रभाव राख्ने विषयहरुमा राज्य गम्भीर बन्नै पर्छ ।
निश्चतरुप तयार भएको लक्ष्य प्राप्तिका राज्यले गम्भीर भएर सोच्ने बेला आएको छ । नागरिकहरुको सार्वजनिक हितका लागि प्रत्येक वर्ष राज्यले खर्चिएको पैसाले अब महत्व राख्न सक्नु पर्छ, जसका लागि राज्य, सम्बन्धित नियमन निकायहरु पनि त्यतिकै सचेत बन्न आवश्यक छन भने नागरिकहरु पनि सचेत बन्न जरुरी देखिएको छ ।

हे कृष्ण काले (गीत)
- त्रिलोचन उप्रेती
हे कृष्ण काले नि हाओ बाँसुरी बाले
जप्तै छौँ ह्य हजुर तिम्रो नाम
मन्दिरमा आयौँ नि हाओ किर्तन गायौँ
छोडेर ह्य हजुर सबै काम ।
सरमा सर नि हाओ म किर्तन लेख्छु
अन्यथा ह्य हजुर लेख्तिनँ
कृष्णजीलाई नि हाओ झल्झली देख्छु
अरुलाई ह्य हजुर देख्तिनँ ।
हे कृष्ण काले.......
हरमा हर नि हाओ हरमुनी बाजा
बजाइदेऊ ह्य हजुर बसेर
किर्तनको ताल्मा नि हाओ मै नाचिदिउँला
कम्मर ह्य हजुर कँसेर
हे कृष्ण काले......
आओ न साथी नि हाओ एकछिन बसौँ
किर्तन ह्य हजुर गरेर
रित्तै नि आउँछौ नि हाओ रित्तै नि जान्छौं
के लान्छौं ह्य हजुर मरेर
हे कृष्ण काले नि हाओ.....
(‘सागुरी बारी नि हाओ त्यो धारा पानी’ भन्ने लयमा आधारित)
उप्रेती फेन्सी स्टोर, दमक–११

कैलालीको हत्या (कविता)
![]() |
| बेनु चुडाल |
बहत्तर साल भाद्र ७ सोमबारको दिनमा
कैलालीको टिकापुरमा झडप एकै छिनमा ।
थारुहट मधेशदल प्राप्त माग्दै थिए
स्थानीय प्रशासनले निषेध आज्ञा दिए ।
आठ हजार कार्यकर्ता प्रहरीलाई घेरा
निषेध आज्ञा तोड्दै पसे प्रहरीको घेरा ।
छुरा, भाला, बञ्जरो र लाठीको त्यो वर्षा,
प्रहरी चाँहि ढल्न थाले अरु माने हर्ष ।
धेरै जना प्रहरीले कुटाई, कटाइ खाए,
पेट्रोल त्यही छर्किएर ज्युँदै आगो लाए ।
एसएसपी ती न्यौपाने र अरु ६ लाई मारे
बीच राति प्रहरीलाई इन्द्रजालमा पारे ।
प्रहरी हुन् देशकै रक्षक शत्रु, जस्तै ठाने
बञ्चरो र भाला प्रहार खोजी–खोजी हाने ।
मकैबारी भित्र लुक्या दुई जना पुलिस
खोज्दै त्यहाँ पुगि हाले चढाई हाले सुलिस ।
२ वर्षको बालकलाई गोली हानी मारे
बुबा आमा परिवारलाई कत्ति पिर पारे ।
६२ र ६३ मा आन्दोलन भयो
आन्दोलनको उद्देश्य चाँहि आज कता गयो ।
सद्भाव देशमा कायम थियो, मेलमिलाप थियो
नेताहरुको कुबुद्धीले अर्कै रुप लियो ।
जातजातिलाई राज्य बाँढ्ने कसले आदेश दियो ?
धार्मिक युद्ध गराउन कसले ठेक्का लियो ?
समस्या यहाँ जसले ल्यायो समाधान गर
विदेशका नेताहरुको नपर्नु है भर ।
कैलालीका हत्यारालाई कार्बाही गर्नुपर्छ
संविधान छिटो बनाउन अशान्त यो टर्छ ।
दमक–१३, झापा
पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
काठमाडौँ/ देशको मूल कानुन संविधान बनाउने जिम्मा पाएको संविधानसभामा पाँच सय ९८ सभासद् छन् । ६ सय १ सभासद् रहने उल्लेख भए पनि दुई जना सभासद् मनोनित बाँकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सभासद् सूर्यबहादुर थापाको निधनपछि एक पद रिक्त छ ।
सभासद्को जिम्मेवारी जनतालाई मान्य हुने संविधान निर्माण गर्ने हो । सबैलाई मान्य हुने संविधान बनाउने सभासद् विज्ञ हुनु आवश्यक छ । तर, एक सय बढी सभासद्को शैक्षिक योग्यता एसएलसी वा त्यो भन्दा कम छ । झण्डै दुई दर्जन साधारण लेखपढ गरेका सभासद् छन् ।
सभासद्को योग्यताको प्रमाणपत्र खोज्दा नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले नै आधिकारिक शैक्षिक योग्यता प्रष्ट पारेका छैनन् । प्रधानमन्त्रीसमेत रहेका कोइरालाले शैक्षिक योग्यता लुकाएका भने ओलीले पनि ‘अनररी पीएचडी’ उल्लेख गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले भने शैक्षिक योग्यतामा स्नातक उल्लेख गरेका छन् ।
एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी, उपमहासचिव विष्णु पौडेललगायतका नेताले आफ्नो शैक्षिक योग्यता सार्वजनिक गर्न चाहेका छैनन् । उपाध्यक्ष बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, एमाले अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरालगायतका नेताको शैक्षिक योग्यता एसएलसी वा त्यो भन्दा कम छ । श्रम तथा यातायात राज्यमन्त्री तथा नेपाली कांग्रेसका प्रत्यक्ष निर्वाचित सभासद् टेकबहादुर गुरुङले पनि संविधानसभामा शैक्षिक योग्यता खुलाएका छैनन् ।
सभासद्को योग्यताको प्रमाणपत्र खोज्दा नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले नै आधिकारिक शैक्षिक योग्यता प्रष्ट पारेका छैनन् । प्रधानमन्त्री समेत रहेका कोइरालाले शैक्षिक योग्यता लुकाएका छन् भने ओलीले पनि ‘अनररी पीएचडी’ उल्लेख गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले भने शैक्षिक योग्यतामा स्नातक उल्लेख गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सभासद् फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मालगायतका नेताको पनि शैक्षिक योग्यता एसएलसी भन्दा कम छ । संविधानसभाकी उपाध्यक्ष ओनसरी घर्तीको पनि शैक्षिक योग्यता एसएलसी मात्र छ । उनी पूर्व मन्त्री पनि हुन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शैक्षिक योग्यता उल्लेख गरेका छैनन् । केसीसँग शैक्षिक योग्यताका बारे जिज्ञासा राख्दा उनले स्नातक गरेको बताए ।
संविधानसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका चार जना सभासद्ले शैक्षिक योग्यता स्वअध्ययन लेखेका छन् । अमरसिंह पुन, ललितजंग शाह, लीला कोइराला र लक्ष्मीदेवी भण्डारीले स्वअध्ययन उल्लेख गरेका हुन् । त्यस्तै, कांग्रेसकै कल्पना सोव, प्रमिलादेवी दास, महेन्द्र कुमारी लिम्बू, ज्ञानकुमारी छन्त्यालले शैक्षिक योग्यता साधारण लेखपढ उल्लेख गरेका छन् ।
एमाओवादीकी सभासद् दिमाया थामी साक्षर हुन्् भने फूलझरी देवीको शैक्षिक योग्यता साधारण लेखपढ मात्र उल्लेख छ । तमलोपाका राजकुमारी गडेरियाकको शैक्षिक योग्यता साधारण लखेपढ उल्लेख छ भने राप्रपा नेपालका रेशमबहादुर लामाको पनि शैक्षिक योग्यता साधारण लेखपढ नै उल्लेख छ ।
नेकपा एमालेकी कमलादेवी महतोले स्कूल तह उल्लेख गरेकी छिन् भने कल्पना शर्मा जोशी, चन्द्रबहादुर गुरुङ, धना पहरीको शैक्षिक योग्यता साधारण लेखपढ छ । ज्ञानुदेवी गैरे, रवनी चौधरी, रामअवतार पासवान र विचारी यादवको शैक्षिक योग्यता साक्षर उल्लेख छ ।
मधेशी जनअधिकार फोरम नेपालका जन्नतुन निसा धनियाको शैक्षिक योग्यता समान्य लेखपढ छ भने तराई मधेश सद्भावना पार्टीकी अमेरिका कुमारीको शैक्षिक योग्यता पनि साक्षर उल्लेख छ ।
एमाओवादीकी सभासद् दिमाया थामी साक्षर हुन् भने फूलझरी देवीको शैक्षिक योग्यता साधारण लेखपढ मात्र उल्लेख छ । तमलोपाका राजकुमारी गडेरियाकको शैक्षिक योग्यता साधारण लखेपढ उल्लेख छ भने राप्रपा नेपालका रेशमबहादुर लामाको पनि शैक्षिक योग्यता साधारण लेखपढनै उल्लेख छ ।

महाधिबेशनकाबारेमा कांग्रेसले छलफल गर्दे
काठमाडौँ÷ सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेसले आफनो महाधिवेशनको विषयमा नेकपा एमाले र एकीकृत नेकपा माओवादीसँग राय माग्ने तयारी गरेको छ । असोजको पहिलो हप्ता तोकिएको महाधिवेशन पनि संविधान निर्माणको कामले अनिश्चित भएपछि कांग्रेसले संविधान निर्माणमा केन्द्रित हुन्े कि महाधिवेशनमा भन्दै राय माग्न लागेको हो ।
अन्तरिम संविधानको निर्वाचन सम्बन्धि व्यवस्थामा कुनैपनि दलले पाँच वर्षभित्रमा महाधिवेशन नगरे दल नै अवैधानिक हुन्े व्यवस्था छ ।
कांग्रेसले असोजको पहिलो साता महाधवेशन गर्ने तयारी गरेपनि संविधान निर्माण प्रक्रियामा शीर्ष नेताहरु सहभागी भएपछि महाधिवेशन अन्यौलमा परेको छ । कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठकले तोकिएको मितिमा महाधिवेशन गर्न सक्ने अवस्था नरहेको भन्दै अन्तरमि संविधान संशोधनका लागि एमाले र एमाओवादीको सहयोग माग्न लागेको हो ।
बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भदौ २० गतेभित्र संविधान नबने अन्तरिम संविधान संशोधन गर्ने विषयमा एमाले र एमाओवादीलाई सहयोग गर्ने कि नगर्ने भनेर प्रश्न सोध्ने बताए ।

झापामा २ सय ८ चेलीको उद्धार
भद्रपुर/माइती नेपाल काँकडभिट्टा झापाले सन् २०१५ को छ महिनाको अवधिमा २ सय ८ जना चेलीलाई उद्धार गरेको जनाएको छ ।
सन् २०१४ मा एक वर्षको अवधिमा काँकडभिट्टा नाकाबाट दुई सय ५० जना चेलीलाई उद्धार गरिएको माइती नेपालले जनाएको छ । माइती नेपाल काँकडभिट्टाका प्रमुख गोविन्द घिमिरेले चालु वर्षमा ७८ जना चेली हराएको निवेदन आएकोमा ४० जना फेला परिसकेको जानकारी दिए ।
उनले तीन जना बलात्कारका कारण पीडित बनेका, एक जना चेलीका पीडकलाई १६ वर्ष कैद र तीन लाख रुपैयाँ क्षतिपूर्ति ब्यहोर्ने फैसला जिल्ला अदालत झापाले गरेको जानकारी दिए । माइती नेपाल काँकडभिट्टाको पुनःस्र्थापना केन्द्र ४० जनाको क्षमता रहेकोमा हाल पाँच जना चेली रहेको बताइएको छ ।
असहाय बालबालिका र विदेशमा बेचिएका चेलीलाई उद्धार गरी पुनःस्थापना गर्ने उद्देश्यले २०५३ सालमा झापाको काँकडभिट्टामा शाखा स्थापना गरी सो क्षेत्रमा काम गर्दै आएको संस्थाले भारतको सिलोङ, सिलिगुडी, जलपाइगुडी, मुम्बैलगायत भारतका अन्य सहर र बंगलादेशबाट पनि नेपाली चेलीलाई उद्धार गरिसकेको छ ।

सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
चुलाचुली/ दक्षिणी इलामको चुलाचुली गाविसमा सिचाईका लागी नहर निर्माण भएपछि ती क्षेत्रका कृषकहरुमा खुसीछाएको छ । आठ बर्षपछि नहरमा पानी बग्न थालेपछि यसवेला यहाँका कृषकहरुमा खुसीयाली छाएको हो । चुलाचुली वडा नम्बर ३ र ४ मा पूर्वाञ्चल सिंचाई विकास डिभिजन नम्बर १ झापाले ठूलोचाजो खोला सिंचाई योजना पूरा भएको हो ।
सुख्खा र बलौटे माटो भएको चुलाचुलीमा अन्नवाली उब्जाउनु ठूलै पराक्रम हुन्थ्यो । तर, नहरमा पानीबाट अन्नवाली लगाउन पाउँदा गाउँलेमा खुसियाली आएको हो । ‘हामी हर्षित छौ’ स्थानीय रणबहादुर लिम्बूले भने ‘यो नसोचेका काम भयो ।’
सिमल तरुल र काँसघारी हुने ठाउँमा अन्नवाली लगाउन पाउँदा गाउँले खुसी भएका हुन् । सिंचाई कार्यालयले साउन १६ गतेबाट नहरमा पानी छाडेको छ । सागसब्जीदेखि अन्नवालीसम्म किनेर खानु पर्ने गाउँमा कृषकले अन्नवाली लगाउन पाउने भएका छन् । नहरबाट चुलाचुलीका ७३ घरधुरीका ३ सय ५५ जनसंख्या प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
आर्थिक बर्ष २०६२।०६३ मा ५ करोड ५९ लाख १ हजार ठेक्का लागेको थियो । तर, ठेकेदारले ३० प्रतिशत कम मूल्यमा ठेक्का लिँदा ठेकेदार अधूरो काम छाडेर हिँडे । तर, डिभीजन प्रमुख कुञ्जनभक्त श्रेष्ठ लगायतको टिमले काम नगर्ने कम्पनीका ठेकेदारलाई हटाएर गजुरमुखी÷थेवे जेभीका ठेकेदारलाई काम सम्पन्न गर्ने सर्तमा पुनः नहर निर्माण कार्यलाई निरन्तरता दिएपछि निर्माण कार्य सम्पन्न भएको हो ।
उपभोक्ता समितिका अध्यक्ष गंगा चापागाईले नहर निर्माण गर्दा प्राकृतिक तथा भौगोलिक दृष्टिकोणले निकै चुनौती खेप्नु परेको बताए । उनले वडा नम्बर ३ र ४ को साढे ६ किलोमिटर मूल नहर र १ हजार ७ सय मिटरको शाखा नहरमा पानी बग्न थालेको बताए । उनले स्थानीय कृषकलाई मौसमी तथा बेमौसमी तरकारी खेती र अन्नबालीका लागि प्रोत्साहन गरिने बताए । झापाको मुख्य बजार नजिकै रहेकाले मौसम अनुसारको खेतीबाट राम्रो उत्पादन र मूल्य लिन सकिने अध्यक्ष चापागाँईले बिश्वास व्यक्त गरे । डिभीजन प्रमुख कुञ्जनभक्त श्रेष्ठले २ सय हेक्टर जमिनमा पानी बगाउन ठेकेदारको कमजोरीले ८ बर्ष लागेको बताउँदै भौगोलिक वनावट पनि केही फरक हुनु र पहिरोका कारण निर्माण कार्यमा समस्या उत्पन्न भएको बताए । उनले भने ‘केही ढिलाई भएको पक्कै हो ।’
डिभीजन प्रमुख श्रेष्ठका अनुसार ५ करोड ५९ लाख १ हजार मध्ये नहर निर्माणमा हाल सम्म ५ करोड १९ लाख ५१ हजार ८ सय ५४ खर्च भइसकेको छ । जसबाट मुहान निर्माण, बालुवा पोखरी निर्माण, स्कयप, मूल नहरको मुहानदेखि पोखरी कुलोको विभिन्न स्थानमा एक्यूडक्ट, फुटब्रिट, सुपरप्यासेज लगायतको काम भएको छ ।

दैवी प्रकोप कोषमा ७ लाख संकलित
दमक/ यहाँस्थित दमक उद्योग वाणिज्य संघको दैवी प्रकोप राहत कोषमा करिव ७ लाख रुपैया संकलन भएको छ ।
दुई वर्षको अवधिमा कोषको खातामा हालसम्म ६ लाख ९० हजार ३ सय रुपैया जम्मा भएको जनाईएको छ । संघले आर्थिक बर्ष २०७१÷७२ देखि संघमा आवद्ध हुने सवैलाई कोष बृद्धिका एक सय रुपैयाँ अनिवार्य जम्मा गरिनुपर्ने नियम गरिएपछि क्रमशः कोषमा रकम बृद्धि हुँदै गएको संघका अध्यक्ष प्रकाश प्रसाईले जानकारी दिए ।
प्राकृतिक प्रकोपमा हुन सक्ने जोखिम तथा उद्यार, राहत सहयोग उपलब्ध गराउन कोष स्थापना गरिएको उनले बताए । यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले समेत सोही कोष अभिबृद्धिका लागि ५० हजार रुपैया दिने घोषणा गरेकी छिन् ।

मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
![]() |
| (शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) |
दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरु गरेको छ । सहकारीले एकै साथ मृत्यु पर्यन्त शरीरदान र आँखा दान लगायतका स्वास्थ्य जाँच कार्यक्रम गरेको हो ।
आफ्ना शेयर सदस्यहरुलाई प्रत्यक्ष फाईदा पु¥याउने उद्देश्यले आयोजित कार्यक्रममा रक्तदान तथा दन्त , मधुमेह, मृगौलाको समेत निःशुल्क परीक्षण गरिएको थियो । कार्यक्रममा मृत्युपछि गरिने शरीरदानका लागि १० जना शेयर सदस्यहरुले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेको सञ्चालक समिति सदस्य बसन्त लक्ष्मी उदासले बताए ।
यसैगरी आँखादान गर्न २१ जनाले प्रतिवद्धता जनाएका छन् । यसैगरि, निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ५० जनाको रक्त परीक्षण गराएका थिए भने ३ सय १० जना सदस्यहरुको मधुमेह र मृगौलाको निःशुल्क परीक्षण गराएको संस्थाले जनाएको छ । यसैगरी रक्तदान कार्यक्रममा ५१ महिला सहित १ सय ८० जनाले रक्तदान गरेका थिए । त्यसैगरी संस्थाले शुक्रबार नै आयोजना गरेको दन्त शिविरमा १ सय ३३ जनाले निःशुल्क दन्त परीक्षण गराएका छन् । शिविरमा सहारा डेण्टल हस्पिटल दमकका चिकित्सकहरु सन्तोष महासेठ, रत्न मिश्रा र सोफया थुलुङको प्राविधिक सहयोग रहेको थियो ।
स्वास्थ्य शिविरमा नोवेल मेडिकल कलेज बिराटनगरका चिकित्सकहरुले पाठेघरको समस्या, महिलामा देखिने रोग, श्वासप्रश्वास लगायतका रोगको परीक्षण गरेको कलेजका प्रवन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । डाक्टर देवराज घिमिरे, रस्वी थापा र रिसव क्षेत्रीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । आज नै संस्थाको वार्षिक उत्सव तथा साधारणसभा दमक ८ स्थित दाहाल प्रतिष्ठानको कार्यालयमा हुँदैछ । साधारणसभामा राष्ट्रिय सहकारी संघका उपाध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्य रहने जनाइएको छ ।
एमनेष्टीको अन्तरक्रिया
दमक/ एम्नेष्टी इन्टर नेशनल नेपाल र दमक युथ नेटवर्कको शुक्रबार अन्तरक्रिया कार्यक्रम गरेको छ । एमनेष्टीका कार्यवाहक उपाध्यक्ष शेषराज निरौलाको प्रमुख आतिथ्यतामा रहेको सो अन्तरकृयामा एम्नेष्टी इन्टरनेशनल समूह ७० का संयोजक बब्रवान दाहाल, एम्नेष्टी इन्टरनेशनल नेपाल समूह ७५ का सल्लाहकार भबकृष्ण खतिवडाको लगायतको उपस्थिति रहेको थियो । अन्तरक्रियामा एम्नेष्टी इन्टरनेशनल नेपाल र दमक युथ नेटर्वका विच छलफल भएको जनाइएको छ । युथका सह–संयोजक सवनम बोहोराको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दिवस ढुङ्गानाले गरेका थिए ।
झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
दमक/ झापाको दमक–१३ स्थित झापा मोडल उमाविले आयोजना गरेको पाँच दिने वक्तृत्वकला प्रशिक्षण शुक्रबार समापन भएको छ । बिद्यालयका कक्षा ५ देखि कक्षा १२ सम्मका ५० जना विद्यार्थीहरु सहभागी रहेको सो तालिममा रेडियो ईन्द्रेणी उर्लावारीका स्टेशन म्यानेजर मनकुमार नेम्बाङले सहजीकरण गरेको थिए । विद्यार्थीहरुको पाठयक्रमको अतिरिक्त वौद्धिक क्षमता अभिबृद्धि गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष सागर श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी विद्यालयले शुक्रबार नै प्रशिक्षणमा सहभागीहरु मध्येहरुबाट २२ जना विद्यार्थीहरुका वीच बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा कक्षा १२ की मुन्नु ढकाल कक्षा– ९ का सजक लामिछाने र कक्षा– ८ का घनेन्द्रकुमार लावती क्रमशः प्रथम, द्वितीय र तृतीय भएको विद्यालयले जनाएको छ ।
युवा संघको सह–संयोजकमा थापा
दमक/ युवा संघ नेपाल झापा क्षेत्र नम्बर ७ को सह–संयोजकमा राजकुमार थापालाई तोकिएको छ । क्षेत्रीय अध्यक्ष रामगोपाल राईको अध्यक्षतामा शुक्रबार दमकमा सम्पन्न संघको बैठकले थापालाई सह–संयोजकको जिम्मेवारी तोकेको हो । संघका विदेश विभाग सदस्य शम्भु भण्डारी र अञ्चल कमिटी सदस्य प्रकाश नेपालको उपस्थितिमा सम्पन्न सो बैठकले एक दिने क्षेत्रस्तरीय उदघोषण तालिम समेत सञ्चालन गर्ने निर्णय गरेको सचिव हरि पौडेलले जानकारी दिए ।
बन्द (कविता)
![]() |
| सुयोग नेपाल “कोबिद” |
बन्द त मानौ अब,
चाड झैँ भैसकेको छ,
यसले पुरै देशलाई नै
प्रभावित बनाएको छ
बन्द अब बन्द गरौँ भन्ने,
अनि फेरि नेपाल बन्द गर्ने,
विभिन्न झडपले गर्दा अझै
कति जना निर्दाेष मान्छे मर्ने
छिटो संविधान ल्याऊ अब,
गर खारेजी बन्दको
बन्द यदि बन्द गरेमा
अन्त्य हुन्छ देशमा द्वन्द्वको
कक्षा–८, एलाइड अंग्रेजी मावि, दमक–१३ झापा

अपराध र राजनीति
![]() |
| नरपति पाण्डे |
“संविधानसभाका सभासदले हुक हालेर विद्युत चोरे, सभासदले कसैलाई जागिर दिलाउन लाख–लाख रुपैयाू घुस लिए, पार्टी नेताले विपक्षी पार्टीको कार्यकर्ता समर्थकलाई सिध्याउन निर्देशन दियो, फलाना तिलानाको हत्या गरे, गाूजा, चरेश, यार्सागुम्बा रक्तचन्दन, काठको तस्करी गर्न लगाएर पार्टीको सम्पति जम्मा गरे, सरकारी ठेक्कापट्टामा कमिशनको माग गरे, कमिसन नमिलेर ठेक्कापट्टा हुन सकेन ।” आदि इत्यादि घटनाहरु विगतमा घटित घटनाहरु थिए । लोकतन्त्रको अभ्यासमा लागिरहेका जनताहरुलाई संघीय संरचनाको बहश र चर्चा अन्तिम अवस्थामा पुग्न लाग्दा पुनः हिंसात्मक गतिविधिको सहारा लिने हरकत सभासदको नाममा हुन थालेको छ । कैलाली टिकापुर घटनाले यो पुष्टि गरेको छ । जब दलहरुको सक्रिय नेतृत्वमा राजनीतिक स्वतन्त्रता प्राप्त भयो तब दलहरु “कसलाई ठूलो बनाउने” भन्ने क¨ारु दौडमा लागे । त्यहीं ठूलो बनाउने होडले आफूभित्र कसरमसर भिœयाए । दलभित्रका फोहोरी मनोवृत्ति प्रवृत्तिका कारण दलहरुको साख घटिरहेछ । दलहरुले आफूभित्र सरसफाइ गर्न जबसम्म सक्दैनन् तबसम्म गणतन्त्र संस्थागत रुपमा बलियो बन्न सक्ने छैन ।
नेपाली राजनीतिको एक दलीय निरङ्कुशताको शासन कालमा भ्रष्टाचार र हत्याहरुको विरोधमा राष्ट्रव्यापी विरोध हुन्थ्यो । प्रतिबन्धित अवस्थामा रहेका राजनीतिक दलहरुको भित्री दबाब अर्थपूर्ण लाग्दथ्यो । दलहरु साँच्चिकै जनताका पहरेदार होलान् जस्तो थियो । आफूलाई ठूलो बनाउने अभियानमा जे–जे गर्दा ठूलो होइन्छ त्यही प्रयोग गरे । तर जसले जतिसुकै आफूलाई ठूलो बनाए पनि ठूलो भएको नाताले मुलुकमा गर्नु पर्ने काममा भने कुनै तात्विक भिन्नता देखिएन । कसैले शान्तिपूर्ण तरिकाले मुलुकमा परिवर्तन गर्न खोजे पनि राम्रो काम गर्नेलाई घुच्ची लगाएर धपाउने बैरी काम गर्न पछि परेनन् । ठूलोको अहंकारले आफू र मुलुकलाई सहित सोœयाम्म पार्दै ल्याएको इतिहास छ । दुईतिहाइ बहुमत भन्दा बढी जनमत बटुलेर सत्ता चलाएको नेपाली कांग्रेस (२०१५ र २०४८ साल), गणतन्त्र स्थापना भएर सत्तामा कम्युनिष्टहरु बहुमत भएको सरकार (२०६५ साल) यी सबै खाले बहुमतको सरकारहरुले आफ्नो आयुभरी खोई त असल नेतृत्व मुलुकलाई दिएको ? सत्ताको तृष्णाले जन्माएको उन्माद कै कारणले यस्तो हुूदै आएको छ । राजनीतिभित्र अपराधलाई संथागत गर्ने प्रवृत्तिको कारणले अस्थीर राजनीति मुलुकले व्यहोर्नु परेको छ ।
पहिले राजारजौटाहरु भाईभारदारहरुको सहाराले सत्ता चलाउूथे । आफ्नो सत्तालाई दीर्घायु बनाउन मनमौजी कानुनी छेकवार बनाएर श्रम गर्नेहरुलाई सत्तामा आउन नदिन बलियो बार लाउन सिपालु थिए सामन्त राजा रजौटाहरु । कुनै असहायले छिरिक्क हकको कुरा ग¥यो त उसको बनिबास अर्थात हत्या नै हुन्थ्यो । राजनीतिको आवरणमा त्यहाू पनि अपराध नै हुने गर्दथ्यो । हाम्रो नेपाली समाजले राणा र पञ्चायतकालीन बर्बरतालाई ठेगान लगाएर स्वतन्त्र नागरिक युगको निर्माण खातिर अनेकौं दुःखकष्ट, यातना भोगेर, कैयौंको हत्या भएको कालखण्ड बिताएर लोकतान्त्रिक युगमा प्रवेश गर्दा पनि अपराध अझै राजनीतिको पर्यायबाची रुप बनेर आइरहेको छ । यो नागरिकहरुका लागि अति दुःखलाग्दो पक्ष हो । लोकतन्त्र यस्तो पाकतौली भएको व्यवस्था होइन जहाू भन्ने बित्तिकै सबै सुबिधा र ऐस आरामहरु थपकथपक पुगिरहोस् । आर्थिक उन्नतिको आधार राष्ट्रिय पूूजीको विकास हो । अपराधपूर्ण सामाजिक व्यवस्थामा राष्ट्रियपूूजीको विकास गर्ने भन्नु सत्ता स्वार्थको राजनीतिक प्रोपोगण्डा मात्रै हो ।
राजनीति र अपराध पृथक अर्थ र परिवेश भएका शब्दावलीहरु हुन् । मानवलाई उन्नत चेतनाले गतिशील बनाउने, सभ्य र सुन्दर समाज निर्माण गराउने, सामाजिक जीवनलाई गतिशील बनाउने शान्ति र समृद्धिको धरोहर राजनीति नैै हो । अपराध ठीक यसको उल्टो पद्दति हो । निराशा, अशान्ति, अराजकता र एकलौटी अधिनायकत्वको जननी राजनीतिलाई बनाइयो भने त्यो राजनीति नभएर कुनीति मात्रै हुन्छ । लोकतन्त्र, राष्ट्रियता र आर्थिक विकासका आधारहरु असल राजनीतिका भरपर्दा पक्षहरु हुन् । सत्ताका लागी मात्रै लोकतन्त्र कि व्यापक जनताहरुको जनजीविकालाई सरल तथा समृद्धि बनाउने र स्वाभिमानी राष्ट्रियताको जग बलियो बनाउनलाई लोकतन्त्र ? प्रजातन्त्र वा लोकतन्त्र भनेर विगतदेखि सत्ताका लागि मात्र रडाको हुूदै आएको छ ।
जनतामा रहेको गरीबी, पछौटेपन, निरक्षरताको जगमा टेकेर सत्तामा पुग्ने बाटो बनाउन हत्या, दमन, विभाजन, प्रोपोगण्डाको राजनीति पञ्चकालीन कै निरन्तरता हो । अपराध नगर्ने राजनीतिक कर्मीहरु सरकारमा थोरै मात्र पुग्ने गरेका छन् । काम गरेर खाने श्रमवीरहरुलाई दिशानिर्देश गर्ने लोकतन्त्र नेपालको आवश्यकता थियो । लोकतन्त्रलाई संविधानको अक्षर र शब्दहरु पानामा लिपिबद्ध गर्दा मात्र लोकतान्त्रिक वा जनवादी हुूदैन । लोकतन्त्रको असली रुप व्यवहारले निरुपण गर्दछ । मानवअधिकारभित्र पनि राजनीति र अपराधसूगै प्रवेश गरेको छ । एकथरीले गरेको हत्या, दमन, शोषण, त्रासलाई त्यहीं थरीले आूखा चिम्लेर नदेख्ने त्यही प्रकृतिको कसुर अर्काे थरीले गर्दा “हनन” भयो भन्ने मानवअधिकारको सनातनी हुर्केर आएको छ । यो प्रवृत्ति अपराध भएन ? नागरिक मार्नेहरु खुलेआम देशको महत्वपूर्ण राजनीतिक पदहरुमा पञ्चायत कालदेखि नै बिरासत हुूदै आएका छन् । आज गणतन्त्र स्थापना भैसक्दा पनि यो प्रवृति झन स्थापित हुूदैछ । शोषण गर्ने, निरङ्कुश, हत्यारा, चरित्रको मान्छे आफ्नो दलमा प्रवेश गर्दा सहजै माफी दिइ स्वीकारिने र त्यसलाई असल भनेर देशको बाग्डोर जिम्मा लगाउने तर फरक बिचार राखेर असल मनोबिचारले आलोचना, टिकाटिप्पणी गर्ने निहत्था, निरीह र विपन्न व्यक्तिलाई शत्रु घोषित गरी पञ्जामुनी राख्ने वा हत्या नै गरिदिने संस्कारले राजनीतिलाई जनमुखी बनाउूला ?
दार्शनिकहरुले समाजको जटिलतम यथार्थतालाई चिन्तन गरेर प्रमाणित गरेका दर्शनमा आधारित राजनीतिक पद्दतिहरुको मर्म बुघ्न आवश्यक छ । अपराधलाई राजनीति मान्ने हो भने दर्शनको औचित्य समाप्त भै सकेको छ । अपराध मानव सभ्यताको कलङ्क हो । सहिष्णुता सामाजिक मेलमिलाप र स्वस्थ प्रतिस्पर्धात्मक राजनीतिको आधार हो । असल काम गर्ने व्यक्ति र समूहहरु समाज विकासका सहयात्री राजनितिक वातावरण सिर्जना हुनुपर्दछ । राजनीतिको सहयोगी अपराधलाई बनाइनु हुूदैन । अझ शान्ति स्थापना गर्न परोपकारी राजनीतिक कामहरु गर्न सबै पक्षहरु लाग्नु आजको महत्वपूर्ण काम हो । इच्छाशक्तिलाई राजनीति विषयको अग्रभागमा राखेर आपसी सहिष्णुताको आधारमा सबै राजनीतिक दल, व्यक्ति, समूहहरु अगाडि बढ्दा मुलुकले चाूडै शान्ति र राजनीतिक स्थीरता पाउने थियो ।
navinnp@45gmail.com

बैदेशिक रोजगार र चुनौती
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विदेशिने गरेका छन् ।
अहिले नेपालबाट रोजगारीका लागी विदेशिनेहरुको लहर नै लाग्ने गरेको छ । यसमा पनि अदक्ष र उच्च श्रमका लागि नेपाली धेरै नेपाली युवाहरु खाडी मुलुकका विभिन्न देशहरुदेखि मलेसिया उच्च रोजाईमा पर्ने गरेका छन् । यस बाहेक केहि नेपाली युवाहरु अन्य तेस्रो मुलुक युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशहरुमा समेत जाने गरेको पाईन्छ । यतिका ठूलो संख्याका नेपाली युवाहरु रोजगारीकै शिलशिलामा विदेशिन गरेका भएपनि नेपाल सरकार यसलाई व्यवस्थित र मर्यादित बनाउन सकिरहेको पाईदैन ।
दैनिकजसो ठूलो राशीमा वैदेशिक रेमिट्यान्स भित्रिने गरेको सरकारले बारम्बार चर्चा गरेपनि यो व्यवसाय भने अझै पनि भद्रगोलका अवस्थामा नै छ । सरकारले मुलुकका ठूलो संख्याका युवाहरुको चाहनालाई अझैपनि सम्बोधन गर्न नसक्दा दैनिकजसो छापा तथा सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुबाट विदेशी भूमिमा नेपालीहरु ठगिएकादेखि मुत्युवरण गरेका समाचारहरु आई नै रहेका हुन्छ । विशेष गरेर यस्ता घटनाहरु अदक्ष श्रमिकहरु श्रमका लागि जाने गरेका खाडी मुलुक र मलेसियामा बढी हुने गरेको पाईन्छ ।
स्वदेशमा नै पर्याप्त रोजगारीका अवसरहरु सृजना हुन नसक्दा यसको फाईदा उठाउँदै नेपाली दलालहरुबाट नै नेपाली कामदारहरु स्वदेशदेखि विदेशसम्म दिनदिनैजसो ठगिने गरेका छन् । नेपाल सरकारले वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि नागरिकहरुको सीप विकास गर्न नसक्दा अहिले पनि नेपाली कामदारहरुले विदेशका भूमिमा गएर जोखिमपूर्ण उच्च श्रम खर्चिएर काम गर्न बाध्य छन् । जसका कारण अहिले पनि नेपालीहरुले अन्य देशका कामदारहरुको तुलनामा न्यून दाममा काम गर्न बाध्य छन् । त्यसमा पनि ती रोजगारदाता देशहरुमा सरकारले आफनो भरपर्दो उपस्थिति जनाउन नसक्दा सानातिना समस्याहरुले पनि नेपाली कामदारहरुलाई सताइरहेको पाईन्छ । नेपालमा नै खुलेका त्यस्ता रोजगारदाता कम्पनीहरुमा श्रमिक पठाउन ईजाजत प्राप्त मेनपावर कम्पनीहरुले समेत बेला–बेला नेपाली हरुलाई झुक्याउने गरेका घटनाहरु पनि प्रशस्तै बाहिर आउने गरेका छन् ।
सरकारले स्वदेशमा नै खुलेका यस्ता श्रमिकहरु पठाउने कम्पनीहरुदेखि एजेन्सीहरुलाई समेत व्यवस्थित र मर्यादित बनाउन नसकेको जनगुनासो पनि त्यतिकै बाहिर आउने गरेका छन् । दशकौँदेखिको समस्या देखिँदै आएको यो क्षेत्रमा राज्य गम्भीर बन्न नसक्दा अहिले पनि नेपाली श्रमिकहरुले तिनै समस्याहरु भोग्नुपर्ने नियति बनिरहको छ । चाहेर वा नचाहेर पनि बारिका पाटादेखि खोरिया र खलानलाई बन्धक राखेर विदेशमा गएर भएपनि आफ्नो श्रम बेच्न बाध्य नेपालीहरुको बैदेशिक रोजगारीको हविगत अहिले पनि उस्तै छ । आफ्नो घर परिवार भन्दा केहि वर्षका लागि टाडा रहेर पनि भोलिको भविष्य खोजिरहेका नेपाली श्रमिकहरुको यो समस्याप्रति अब राज्य गम्भीर भएर लाग्न आवश्यक देखिएको छ । मुलुकको आर्थिक मेरुदण्डको मुख्य एउटा पाटोका रुपमा हेरिएको यो व्यवसायलाई व्यवसायभन्दा पनि व्यवसायिक बनाउन सके यसले राज्यको आर्थिक उपलब्धीमा पनि अझ बढी महत्व नराख्ला भन्न सकिन्न ।

लिम्बुवान जातीय राज्यको माग होइन
![]() |
| डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) |
लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्तवमा लिम्बुवान ऐतिहासिक पृष्ठभूमिमा मागिएको मात्र हो । आज लिम्बुवानप्रति सबैले केही जानकारी राख्न जरुरी छ ।
लिम्बुवानको इतिहासः
– लिम्बुवान राष्ट्रको स्थापना छैटौं शताब्दीमा भएको थियो । त्यसपश्चात तत्कालीन आठ जना लिम्बू राजाहरुले संघीय प्रणाली अन्तर्गत राज्य सञ्चालन गर्दै आएका थिए ।
– गोर्खाली राजा र लिम्बुवानबीच वि.सं. १८२२ देखि वि.सं. १८३१ सम्म युद्ध भएको थियो । गोर्खाली राजाले लिम्बुवानलाई जित्न नसकेपछि वि.सं. १८३१ मा लिम्बूहरुको जातीय सार्वभौमता र प्रशासनिक स्वायत्तता निरन्तर रहने शर्तमा सन्धी गरी किपट लागू गरियो ।
– लिम्बुवानलाई कमजोर बनाउन वि.सं. १८३३ मा विजयपुरका राजा बुद्धिकर्णको षड्यन्त्रपूर्वक हत्या गरियो ।
– वि.सं. १८३७ मा नेपाल र अंग्रेजबीच भएको सुगौली सन्धीले लिम्बू र लेप्चा बसोबास गरेको भू–भागलाई तीन भागमा विभाजन गरे – सिक्किम, लिम्बुवान र दार्जिलिङ्ग ।
– वि.सं. १८३४ मा रणबहादुर शाहको पालामा लिम्बुवानमा तिरो लगाइयो ।
– वि.सं. १८७३ मा पृथ्वीसिंह लिम्बूले स्वतन्त्र लिम्बुवानको लागि प्रयास गरेका थिए ।
– वि.सं. १९०१ मा जंगबहादुर राणाले लिम्बूहरुको सम्पूर्ण राजकीय अधिकार खोसेर लिम्बुवान राष्ट्रलाई पल्लो किरात र राजा उपाधिलाई सुब्बा लेख्न सनद जाहेर गरी लिम्बू राजनेतालाई आफ्नो कर्मचारी सरह बनाएका थिए ।
– वि.सं. १९२४ मा धार्मिक स्वतन्त्रता हनन गरी दशैं मनाउने आदेश जारी गरियो, त्यसविरुद्ध आन्दोलन गर्दा दुई जना किरातीले ज्यान गुमाए ।
– वि.सं. १९२७ मा किरात भाषा र लिपीमाथि प्रतिबन्ध लगाइयो । चन्द्र समशेरको पालामा लिम्बूहरुको मुन्धुम (वेद) र धर्मग्रन्थ चैनपुरमा लगेर जलाइयो ।
– वि.सं. १९४१ मा जगदल लिम्बूले स्वतन्त्रताको लागि विद्रोह गरे ।
– वि.सं. १९५२ मा तत्कालीन सरकारले ताप्लेजुङ्गमा अमाल राखेको विरोध गर्दा हाङ्पाङका बाजाहाङ लिम्बूको हत्या गरियो ।
– वि.सं. १९७४ मा किपट अन्तर्गतको जमिनलाई रैकट गराइयो ।
– वि.सं. १९७७ मा लिम्बूहरुले आफ्नो अदालत राख्न पाउने अधिकार हनन गरियो ।
– वि.सं. १९८३ मा राणा सरकारद्वारा लिम्बूवानभित्र पञ्चायत शासन प्रणाली लागू गरियो ।
– वि.सं. २००६ सालमा विजयबहादुर लिम्बुवान राज्यको लागि विद्रोह गर्दा उनको खोजी गरी २००८ सालमा हत्या गरियो ।
– राणा शासनको अन्त्यपछि लिम्बुवानको आश्वासन पाएकोले वि.सं. २००८ सालमा इमानसिंह चेम्जोङ्ग, गणेश रिजाल र तेजबहादुर प्रसाईंले अखिल लिम्बुवान सुधार संघको स्थापना गरी लिम्बुवान प्रादेशिक स्वायत्तता माग गरेका थिए । परराष्ट्र फौज र यातायात केन्द्रमा राखी बाँकी प्रदेशमा रहने प्रस्ताव थियो ।
– वि.सं. २०१३ र २०१४ सालमा पल्लो किरात लिम्बुवान प्रतिनिधि मण्डल काठमाडौं गई लिम्बुवान प्रान्तको माग गरेका थिए ।
– वि.सं. २०१७ सालमा फौजी कारबाहीले लिम्बुवानको ऐतिहासिक सीमालाई तहस–नहस गरी कोशी र मेची अञ्चलका पहाडी जिल्लाहरु इलाम, पान्थर, ताप्लेजुङ्ग, संखुवासभा र धनकुटामा विभाजन गरियो ।
– वि.सं. २०२१ सालमा भूमिसुधार लागू गरी लिम्बुवामा आदिबासीको भूमिमाथिको अधिकार सधैँका लागि हनन् गरियो । फेरि २०२५ सालमा परिमार्जित गरी किपटलाई पूर्ण रुपमा निस्तेज गरियो ।
– वि.सं. २०२४ सालमा किपट कायम राख्न क्या. दलबहादुर लिम्बूको अगुवाईमा एक प्रतिनिध मण्डल काठमाडौं गए तर क्या. दलबहादुर लिम्बू र मानबहादुर पङयागुलाई चेल चलान गरियो ।
– वि.सं. २०२५ सालमा धरानमा प्रेमबहादुर माबोहाङ, कृष्णबहादुर थाङ्देन र जर्नेल हर्कप्रसाद नेम्बाङ्गद्वारा किपट सम्पर्क समिति गठन गरी माबोहाङ नेतृत्वको राजा महेन्द्रसँग लिम्बुवान माग गरियो । त्यही साल समशेरबहादुर तुम्बाहाम्फे र पद्मसुन्दर लावतीद्वारा मेङ्लुङ्गमा गरिएको बृहत सम्मेलनले किपटको पक्षमा प्रस्ताव पारित गरेको थियो ।
यी हुन् लिम्बुवानको मागप्रतिका आधारशीलाहरु । वि.सं. १८३१ अगाडि पहाडी लिम्बुवान भू–भागमा लिम्बू (याक्थुम्बा), याक्खा (देवान), लाप्चा, आठ पहरिया, याम्फू, लोहोराङ र समथलमा धिमाल जातिको बसोबास थियो । आज पनि पुरानो कपाली तमसुकमा लिखितम धनीका नाममा पल्लो किरात लेखेको पाइन्छ । वि.सं. २०१७ सालमा पल्लो किरात (लिम्बुवान) को ऐतिहासिक सीमा ध्वस्त गर्ने काम गरियो ।
आज लिम्बुवानको माग गर्दा अरुण पूर्व बस्ने सम्पूर्ण आदिबासी र वि.सं. १८३१ पछि आएर बसोबास गर्ने गैरआदिबासी सबैको लागि हो भनेर बुझ्न जरुरी छ । आज सिक्किमको विशेष अधिकार भन्दा त्यहाँ बसोबास गर्ने सबैका लागि हो । भारतमा गाभिन पूर्व बसोबास गर्नेहरुका लागि मात्र होइन ।
लिम्बुवान राज्यको नामाङ्कन र सीमाङ्कन गर्दा लिम्बुहरुको जातीय राज्य हुन्छ भनेर बुझ्ने र बुझाउँदै हिँड्ने दुवै जमान गलत हुन् । लिम्बुवानमा भएका आदिबासीले यु.एन.को आइ.एल.ओ. १६९ (वि.सं. २०४६ साल) अर्थात अधिकार पाउने हो ।
भारतले सिक्किम र कस्मिर दुई स्वतन्त्र राष्ट्रलाई आफूमा गाँभ्न सफल भए पनि एकमा शान्ति र अर्कोमा हिंसा खप्नु परेको छ । यसको मुख्य कारण अधिकारको सम्बोधन र हनन् नै हो ।
भोलि यू.एन.मा नेपालले महासचिवको अवसर पाएमा मेरो देशमा सबैभन्दा धेरै प्रकारका आदिबारी नभएता पनि आइ.एल.ओ. १६९ लागू हुँदैन भन्न कति लज्जास्पद होला । होइन भने विश्वमा सबैभन्दा सफल प्रयोग भएका देश बोलिभिया र ग्वाटेमाला हाम्रो मुलुकभन्दा धेरै फरक छैनन् ।
आज अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका जस्ता विकसित देशले पनि आदिबासीको हकहित र अधिकारलाई सुनिश्चित गर्ने कानुन बनाएका छन् ।
नेपालमा जस्तै न्यूनिल्याण्डका आदिबासीले ब्रिटिश सरकार (Crown) सँग वि.सं. १८९७ मा सन्धी (Treaty of waitangi) गरेका थिए । त्यस सन्धीले आदिबासीको जमिनमाथिको अधिकार र भाषिक अधिकारलाई सुनिश्चित गरेको थियो । सन्धी उल्लंघन भएको मुद्दालाई लिएर आज पनि न्यूजिल्याण्डमा संघर्ष जारी छ । Maori Land Act (सन् १८६२) र Maori Land Court (सन् १८६५) स्थापना गरी राज्यले अरबौं रुपैयाँ र जमिन आदिबासीलाई फर्काउने तयारी गरेको छ । आदिबासीका शिक्षा, मत र पहुँचका आधारमा यो व्यवस्था गर्नु सम्भव थिएन ।
अष्ट्रेलियालाई उदाहरणमा लिने हो भने त्यहाँ आदिबासीका लागि मन्त्रालय नै खडा गरिएको छ । यति धेरै आदिबासी भएको देश नेपालमा पनि यो व्यवस्था गर्न जरुरी छ । सन् १९७६ को Aboriginal
Land Right Act ले पारम्परिक पेशाको आधारमा आदिबासीको जमिन माथिको अधिकारलाई सुनिश्चित गरेको छ । यस ब्अत अन्तर्गत नदेन टेरेटरीमा ५० प्रतिशत (६ लाख वर्ग किमी) भू–भाग आदिबासीलाई फिर्ता गरिएको थियो । अल्पसङ्ख्यक अष्ट्रेलियन प्रधानमन्त्री जुलिया गेलार्डले आफू प्रधानमन्त्री हुँदा आफ्ना पुर्खाले आदिबासीमाथि गरेको दमनप्रति सार्वजनिक रुपमा माफी मागेका थिए । यो दिन अल्पसङ्ख्यक आदिबासी र बहुसङ्ख्यक गैर आदिबासी सबैको जित थियो । आज यहाँ कसैको माफीको प्रतिक्षा होइन, इतिहास हराउनु हुँदैन भन्ने मात्र हो ।
अमेरिकामा Dowes
Act अन्तर्गत आदिबासीलाई प्रतिपरिवार १६० एकड जमिन वितरण गरेको तथ्य छ ।
अर्को पहिचानको विषय छ । आदिबासीमा सूचिकृत भएपछि किन पहिचान चाहियो ? पहिचान अनुहारलाई होइन । पहिचान, भाषा, धर्म, संस्कृति, स्थान र इतिहासलाई चाहियो । कसैले सगरमाथा प्रदेश राख्न सुझाव गरेको पाइन्छ । वि.सं. १९८७ मा इतिहासकार बाबुराम आचार्यले सगरमाथा नामाङ्करण गर्न अधि यस हिमालको नाम आदिबासी भाषामा (चोमोलुङ्ग, चम्जङ्लुङ्ग) मात्र थियो ।
कञ्चनजंघा (शेशेलुङ्ग शेरो = चम्किलो, पवित्र), कुम्भकर्ण (फक्ताङ्लुङ) इत्यादि धेरै उदाहरण छन् । आज लिम्बुवानमा अवस्थित आदिबासीका देवी मुकुम्लुङ्गलाई कसले पाथिभरा बनायो । आज परापूर्वकालदेखि पूजी आएको ढुंगा छाडी मुर्ति पूजा गर्ने र फोटोमा मूर्ति मात्र देखाउने प्रचलन बढेको छ । यी क्रमिक पहिचान मेट्दै आएका उदाहरणहरु छन् ।
आज पनि लिम्बुवानका अधिकांश ठाउँको नाम आदिबासी भाषा अन्तर्गत पाइन्छ । वि.सं. १८३१ अगाडिका धेरै ठाउँको नाम परिवर्तन गरिएको छ । फेदेन (फिदिम), चौबिसिया (धनकुटा), पार्थर (पाँचथर), तीनखोला (पाँचथर), चारखोला (इलाम, झापा), याङ्रुप (दक्षिण ताप्लेजुङ, उत्तर पाँचथर र पश्चिम सिक्किम), छयत्तर (संखुवासभा, धनकुटा, दक्षिण तेह्रथुम) तम्बरखोला (ताप्लेजुङ) ।
येले संवत ५०७५ वर्षमा चलिरहे पनि यसलाई प्रचलन र पहिचानबाट ओझेल पारिएको छ । यी मेटिएका पहिचानहरुको पुनस्र्थापना हुनुपर्छ । सगरमाथासँगै चोमोलुङ्ग, कञ्चनजंघासँगै सेसेलुङ्ग, कुम्भकर्णसँगै फक्ताङ्लुङ्ग, पाथिभरासँगै मुकुमलुङ्गलाई प्रचलनमा ल्याउनुपर्छ । केही वर्ष अगाडि मात्र भारतमा बम्बईलाई मुम्बई र मद्रासलाई चेन्नई बनाएको उदाहरण पहिचानको पुनस्र्थापना हो ।
लिम्बुवान दिँदा देश टुक्रिने भनाई – राजनैतिक र भ्रमको खेती हो । लिम्बुवान हुँदा लिम्बूको हुन्छ भन्नु नेपाल देश नेपाल थरका ब्राह्मणको हो भन्नु जस्तै हाँस्यास्पद कुरा मात्र हुन् । जसलाई केही नेताहरुले राजनीति गर्ने साधन बनाएका छन् । अझ संघीय लिम्बुवान पार्टी नेपाललाई लिम्बूको पार्टी भनेर आक्षेप लगाउने गरेको पाइन्छ । यदि यसो हुँदो हो त पार्टी एकीकरण पछिको सम्मेलनपश्चात पार्टी अध्याक्षले वरिष्ठ सदस्य नेत्र ढकालबाट सपथ लिने कुरा सम्भव थिएन । म पार्टीभित्र र बाहिरको सङ्कीर्ण सोच परिवर्तनको आशा राख्दछु । नेतृत्व तहमा लिम्बूको बाहुल्य हुन संयोग मात्र हो । जसरी अरु ठूला पार्टीमा बाहुन थरको बाहुल्य छ । त्यसलाई कदापि कसैले बाहुनको पार्टी भनेको थाहा छैन । जाति अनुसारको पार्टी भन्ने परम्पराको विकास अवश्य हुनुहुँदैन । समग्रमा लिम्बुवान आन्दोलन इतिहास र भूगोलको पहिचान स्थापित गराउने अभियान हो । समयमा नै सही मागको सही सम्बोधन हुन जरुरी छ । २४० वर्षदेखि चलेको महाअभियानले सुरक्षित अवतरण पाउन नितान्त जरुरी छ । सङ्ख्याको आधारमा निर्णय लिने परम्परा बन्द हुनुपर्छ । होइन भने सीमान्तकृत र लोपोन्मुख समुदायको रक्षा कसले र कुन कानुनले गर्ने ? संविधानले बिर्सिएको कुनै समुदाय नहोस् यो गणतन्त्र नेपालमा ।
(लेखक दमकस्थित जनता अस्पतालका मे.सु हुन्)
"गीतले मानिसको जीवन बोलिनुपर्छ"
![]() |
| खेमनारायण सुब्बा |
भारतको दार्जिलिङस्थित विजनबारीमा स्थायी बस्दै आएका खेमनारायण सुब्बा प्रवासी नेपाली गीत संगीत क्षेत्रमा चिनीएको नाम हो । करिब दुई दशकदेखि नेपाली गीत संगीतमा होमिएका उनले आधा दर्जन बढी एल्बमहरु निकालिसकेका छन् । राम्रो स्वर तथा आफ्नै शब्द रहने उनका गीत ती क्षेत्रका सांगीतिक बजारमा लोकप्रिय मानिँदै आएका छन् । गीतकार तथा गायकका रुपमा आफू स्थापित बन्ने लक्ष्यमा संघर्षशील ४४ वर्षीय सुब्बासँग नेपाल आएका बखत गरिएको कुराकानी यहाँ प्रस्तुत छ ।
गीत संगीत क्षेत्रमा किन आउनुभयो ?
मेरो बाल्यकालदेखिको रहर थियो कि पछि ठूलो बनेर राम्रो एउटा श्रष्टा बन्ने । घरको वातावरणले पनि थप मलाई आकर्षित गरेको ठानेको छु । मेरो दाजु साहित्यकार मनप्रसाद सुब्बाको उठबसले पनि यो क्षेत्रमा आउने प्रेरणा मिलेको हो ।

सांगीतक क्षेत्र लागेर के पाए, के गुमाए जस्तो लाग्छ नि ?
वास्तवमा यो मेरो सांगीतक यात्रादेखि म पूर्ण रुपमा सन्तुष्टि छु । रहरले लागेको क्षेत्र अब व्यवसायिकता बनाउने ध्येयमा छु । दार्जिलिङ आसपासमा जति चिनिए, यही क्षेत्रबाट चिनिन पाएको छु । अब यहाँ मात्र नभएर नेपालको सांगीतिक क्षेत्रमा पनि आफूलाई दर्ज गराउने सोचमा छु । यसबाहेक गुमाएको खासै त्यस्तो घटना पनि छैन ।
भारतको दार्जिलिङ आसपासको नेपाली सांगीतिक क्षेत्र कस्तो छ ?
रामै छ, धेरै प्रतिभाहरु आउने क्रम उत्तिकै छ । यसलाई हेर्दा पनि भारतको दार्जिलिङ आसपासका क्षेत्रमा नेपाली सांगीतक क्षेत्र बिस्तारै फड्को मार्दै गएको ठानेको छु । तर दुःख पनि लाग्छ कि हामी यसरी संघर्षशील भएकाहरु सीमित क्षेत्रमा बाँधिनु परेको छ । देश, विदेशसम्म आफ्नो प्रतिभा उजागर हुनबाट बञ्चित छाँै ।

बजार अभाव भयो भन्न खोज्नु भएको हो त ?
नेपाली गीत संगीत नेपालको जस्तो न त बजार छ, न त राज्यबाट नै सहयोग हुन सकेको छ ? हामी नेपाल बाहिरका धेरै नेपालीहरुको सांगीतिक क्षेत्र प्रायः उस्तै छन् ।

प्रतिभा भए त बजार र भूगोलले छेकिन्न नि ?
त्यो पनि हो । तर बजार र प्रतिभाले मात्र एउटा क्षमतावान मानिसको प्रतिभा उजागर हुन सक्दैनन् नि । प्रतिभासँगै उसलाई त्यो मार्गमा डो¥याउने जस्ता कयौ समस्या पनि त छँदैछन् ।

तपाईलाई नेपाली गीत संगीत कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
मन छुने, अब त गीतसंगीत देखेको भोगेको यर्थाथतालाई नै उजागर गरेको हुनुपर्छ जस्तो लाग्छ । हिजो मायाप्रेमका धेरै कुरा आए, अब त्यो सँगसँगै जीवनका भोगाई पनि बोलिनुपर्छ । मलाई लाग्छ, अबको हाम्रा गीतले समग्र जीवनलाई पस्किनु पर्छ ।

तपाईको शुरुको एल्बम कुन हो ?
मेरो पहिलो एल्बम ईस्वी सन् २००० को ‘संघार ’हो ।

हालसम्म कतिवटा एल्बम निकालिसक्नु भयो ?
मैले इस्वी सन् २००० देखि हालसम्म आधा दर्जन एल्बम निकाले भने दुई वटा म्युजिक भिडियो निकालेको छु । संघार एल्बम पछि २००२ मा नेपालको स्टुडियोबाट ‘आफ्नै भाका’ ,२०१३ मा ‘सञ्चय नै’ र २०१५ मा हालैमात्र ‘अचानक यो के भयो’ र ‘माछा–माछा भ्यागुता’ म्युजिक भिडियो बजारमा ल्याएको छु । यी मध्ये अचानक यो के भयो भन्ने म्युजिक भिडियो केहिमहिना अघि मात्र गएको हृदयविदारक भूकम्पको गाथालाई समेटेको छु ।

‘अचानक यो के भयो’ किन बनाउनुभएको ?
यो म्युजिक भिडियो वास्तवमा मैले भूकम्पले तहसनहस बनाएको जनजीवनलाई थोरै भएपनि मलम लगाउने चेष्टा गरेको छु । त्यो मैले भूकम्पपीडितहरुका लागि नै समर्पण गरेर म्युजिक भिडियो तयार गरेको हुँ । भूकम्पले आम मानिसको जनजीवनलाई पु¥याएको असरलाई जस्ताको त्यस्तै उतार्ने जमको गरेको छु ।

Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
-
▼
August
(
181
)