Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
राधाकृष्ण मैनाली नेपालको कम्युनिस्ट आन्दोलनका पुराना नेता हुन् । कम्युनिस्ट पार्टीले नेपालमा पहिलोपटक ०२८ मा झापामा सशस्त्र संघर्ष गर्दा मैनाली त्यसका अगुवा थिए । एमालेको स्थायी कमिटीमा रहेकै वेला पार्टी नीतिविपरीत राजसंस्थालाई फाइदा पुग्ने गरी पत्रपत्रिकामा लेखेको भन्दै एमालेले उनलाई कारबाही ग¥यो । उनी ज्ञानेन्द्र शाह नेतृत्वको सरकारमा मन्त्रीसमेत भए । एमाओवादीमा गए । एमाओवादीमा प्रवेश गरे पनि त्यहाँभित्र आफूलाई अपमान गरिएको भन्दै उनी केही समय निष्क्रियजस्तै बसे । र, अन्ततः पुरानै पार्टी एमालेमा फर्के । हाल एमाले केन्द्रीय कमिटी सदस्य छन् । मैनालीको एमाओवादीमा बस्दाको अनुभव :
माओवादी जबसम्म खुला भएको थिएन, त्यसबेलासम्म माओवादीप्रति म आलोचक नै थिएँ । उनीहरूले जनयुद्धलाई जनयुद्धको शैलीमा लगेनन् भन्ने मेरो गुनासो थियो । मेरो बुझाइमा, जनयुद्ध भनेको हतियार बोक्ने राज्यको सेनासँग जनताका निम्ति हतियार बोक्ने सेना लड्ने हो । हतियार बोकेर निहत्था मान्छे मार्ने हो भने जनयुद्ध हुँदैन, आतंक हुन्छ । माओवादीले हतियार बोकेर धेरै निहत्था मान्छे धेरै मारे । पढाइराखेका मास्टरलाई, उपचार गराइराखेकी नर्सलाई उनीहरूले मारे । हिँडिरहेको बसमा बम हाने । त्यो एउटा गल्ती थियो ।
अर्काे गल्ती के गरे भने, जनयुद्ध भनेको गाउँ हुँदै सहर घेर्ने हो । तर, माओवादीहरू गाउँलाई पक्कड बनाउनतिर नलाग्ने, अलि–अलि मान्छे बटुलेर जिल्ला सदरमुकाममा मान्छे मार्ने, घर भत्काउने र त्यसैमा रमाउने काम गरे । चीनको हिट एन्ड रन राजनीतिलाई नेपालका माओवादीले दुरुपयोग गरे । गाउँमा जनसरकार बनाउने, जनसरकारले त्यहाँका जनताका बीच संगठन बनाएर त्यहीँको भूगोलका मान्छेलाई स्थानीय सरकारमा सामेल गरेर चीनमा माओले त्यसलाई लोकप्रिय बनाउँदै गए र सहर घेरे । त्यसको ठीक उल्टो नेपालका माओवादीले दुई–चारजना हुल्याहा प्रवृत्तिका मान्छे जम्मा पार्ने, संगठन नबनाउने, राजनीतिक प्रशिक्षण नदिने अनि लाठी बोकाएर पठाउने काम गरे ।
माओवादीहरूले १२ बुँदे सम्झौता गरेर बाहिर आउँदा उनीहरूले गलत तरिकाले उठाएको जनयुद्धको अन्त्य भयो भन्ने लागेको थियो । त्यो राम्रो कुरा थियो । नराम्रो कुराचाहिँ के थियो भने जनसेना निर्माण गर्दै कम्युनिस्ट शासन सुरु गरिएको आन्दोलनलाई दोस्रोचोटि पनि तुहाएर छाडे । पहिलोचोटि हामीले नसकेरै तुहाएका थियौँ । हामीले पनि २६–२७ महिना गुरिल्ला युद्ध चलायौँ । हाम्रो गुरिल्लाको संगठनचाहिँ युनिट तहभन्दा माथि गएको थिएन । हामीसँग फायर हतियार पनि थिएनन् । त्यो अगाडि जान सकेन । तर, माओवादीहरूले राष्ट्रिय स्तरको संघर्ष चलाएर राज्य नै कब्जा गर्छाैँ भन्ने तहमा पुगिसकेपछि पनि १२ बुँदे सम्झौता गरे । कम्युनिस्ट आन्दोलनका हिसाबले उनीहरूले एउटा धोका दिएका हुन् । उनीहरूले तेस्रोचोटि कम्युनिस्ट आन्दोलनलाई उठ्न निकै गाह्रो हुने गरी उनीहरूले धोका दिए । उनीहरूले राज्यको खर्बाैँको सम्पत्ति ध्वस्त पनि बनाए, पछि ध्वंसकर्तालाई पैसा दिने नाममा पार्टीका नेताले पनि अर्बाैँ कमाए भन्ने सुनियो । राजनीतिक कार्यकर्ता पैसाका लागि लडेका त होइनन् नि । कि त उनीहरूले पुरानो सेनालाई क्याप्चर गरेर त्यो सेनालाई राजकीय सेनामा परिणत गर्न सक्नुपथ्र्याे । तर, उनीहरूले शान्ति सेनामा गएर मेसनरीजस्तो अलिकति पैसामा खरिद गरेर छाडिदिनेजस्तो गरेर सेना बिसर्जन गरे ।
माओवादीको विगत देख्दादेख्दै पनि मलाई माओवादी राजनीतिक रूपले अगाडि आउने भए भन्ने लाग्यो । त्यसवेला म कुनै पार्टीमा पनि थिइनँ । एमालेले मलाई निकालेको थियो । एमालेका कोही मलाई सोध्न पनि आउँदैनथे । बरु, मसँगै जेलजीवन बिताएका माओवादीका केही नेतासँग कुरा हुन थाल्यो । धर्मेन्द्र बास्तोला र म ०४२–४३ ताका जेलमा सँगै थियौँ । उहाँमार्फत कुराकानी अगाडि बढ्यो । सुरुमा मोहन वैद्यसँग भेट भयो । वैद्यसँग लामो कुरा भयो । उनी खुलेर कुरा त गर्दैनथे, तर उनको मुहारमा र हाउभाउमा असन्तुष्टि झल्किन्थ्यो । उनको कुरा बुझ्न सकिन्थ्यो । उनी मलाई अलिक काँतर मान्छे लाग्यो । मनमा यो बिसर्जनको बाटो हो भन्ने लाग्दालाग्दै पनि उनले हतियार बुझाउने लगायतका सारा कुरामा सही गर्दै अगाडि आए । अनि मैले पनि के बुझेँ भनेँ, अब उनीहरू हतियार बोक्ने, आतंक मच्चाउने हिजोका माओवादी रहेनन्, त्यो चरण समाप्त भयो । अब राजनीतिक रूपमा संसदीय अभ्यासमा आउन उनीहरूलाई के सजिलो थियो भने यहाँ एमाले पनि थियो । एमालेले पनि हिजो हतियार बोकेर घुम्दै–फिर्दै संसदीय राजनीतिमा आएर संसदीय धारलाई स्थापित मान्यता बनाइसकेको थियो । त्यसो हुनाले माओवादीलाई ल्यान्डिङ गर्न पनि सजिलो भयो । एमाले आयो, माओवादी किन आउँदैन भन्ने कुराले अरूलाई पत्याउन पनि सजिलो भयो । विदेशीहरूले पनि पत्याइदिए, यहीँका शासकहरूले पनि पत्याए । त्यो वेलामा मैले पनि अब माओवादी राजनीतिक हुन्छन् भन्ने ठानेँ । चिन्तनगत रूपले उनीहरूले आफूलाई राजनीतिक पार्टीका रूपमा उभ्याउँछन् भन्ने लाग्यो । म पनि एउटा राजनीतिक मान्छे हुँ । मेरो राजनीतिक कार्यकर्ताको हैसियत त्यहाँ पनि बन्न सक्ला भन्ने लाग्यो । प्रचण्ड, बाबुरामसँग कुरा हुँदा पनि उहाँहरूले ‘तपाईं किन एक्लै बस्नुहुन्छ, आउनुस् सँगै बसौँ’ भन्नुभयो ।
प्रचण्डसँग पहिलो भेट उहाँ प्रधानमन्त्री भएपछि भयो । मान्छे भेटेपछि झ्याप्प प्रभावमा पार्न सक्ने उहाँको क्षमता रहेछ । मलाई भक्तबहादुर श्रेष्ठले लिएर जानुभएको थियो । भक्तबहादुर र म ०४२ सालमा वीरगन्ज जेलमा सँगै थियौँ । सेना सक्रिय भएका वेला, राजाको शासन सुरु हुने–हुने वेलामा मैले र वामदेवले दुई–तीनपटक भक्तबहादुरजीलाई बचाइदिएका थियौँ । एकचोटि त मैले केही दिन आफ्नै घरमा ल्याएर पनि राखँे । पछि उहाँ बिमारी हुनुभयो, मैले आफैँले शिक्षण अस्पताल महाराजगन्जमा लगरे उपचार गराएँ । त्यो वेलादेखिको दोस्ती भएकाले उहाँले एक दिन ‘आरकेजी तपाईं पनि एक्लै बस्नुभएको छ, हिँड्नुस् प्रचण्डसँग कुरा गरौँ, म भेटघाट मिलाउँछु’ भनेर लिएर जानुभयो । भक्तबहादुरलाई सबैले ‘बाउ’ भन्दा रहेछन् । मलाई देख्नासाथ प्रचण्डले परैबाट पूर्वपरिचितजस्तो गर्नुभयो । ‘ओहो, मैनालीजी आउनुभएछ’ भन्दै निकै हाउभाउ देखाउँदै अँगालो हाल्नुभयो । ‘फस्ट इम्प्रेसन’चाहिँ दिन सक्ने, तर ‘लास्ट इम्प्रेसन नेगेटिभ’ हुने मान्छे हुनुहुँदो रहेछ । त्यो दिन मैले माओवादीमा जाने कुनै कुरा गरिनँ । केही सल्लाह दिएँ ।
पहिलो संविधानसभाको चुनावको वेला वैद्यजीले सोधेको हुनाले मैले सबै नेता चुनाव नलड्नुस् भन्ने सल्लाह दिएको थिएँ । यो चुनावले तपाईंहरूले भनेजस्तो परिणाम ल्याएन भने धेरै बद्नाम हुनुहुन्छ भनेको थिएँ । मेरो सल्लाह मानेनन् । सबै चुनाव लडे । धन्न चुनाव जितेर आए । वैद्यले फेरि बोलाउनुभयो । मैले तपाईंहरू सरकारमा नजानुस्, जानुहुन्छ भने तल्लो तहका नेताहरूलाई पठाउनुस् भनेँ । मनमोहन अधिकारीको सरकार किन गि¥यो भन्नेबारे तीन–चारजना चिन्तनशील मान्छे राखेर खोजबिन गर्नुस् पनि भनेँ ।
तर, माओवादी सरकारमा गयो । त्यो सरकारको आयु मनमोहन सरकारको भन्दा लामो हुँदैन भनेर मैले त्यसबेलै भनेको थिएँ । नभन्दै पछि त्यही भयो । मैले तत्कालीन प्रधानसेनापति रुकमांगद कटवालका बारेमा प्रचण्डलाई पनि भनेको थिएँ, ‘तपाईं बेकार कटवाललाई किन चलाउनुहुन्छ ?’ तर, उहाँलाई कटवाल नहटाई हुँदै भएन । अहिले पनि कटवाल हटाउनु गल्ती थियो भनेर प्रचण्ड आफैँ कराएको कराएकै छन् । चीनबाट फर्केर आएपछि प्रचण्डले विमानस्थलमा ‘मेरो राजनीतिक भ्रमणचाहिँ भारतबाटै हुन्छ’ भने । केही दिनपछि भएको भेटमा ‘के खेलाँची गरेको ? चीनबाट राजनीतिक यात्रा सुरु गरेँ, भारतप्रति पनि नकारात्मक धारणा छैन भनेको भए भइहाल्थ्यो नि’ भनेर पड्केँ । तीन–चारवटा भेटपछि प्रचण्डले ‘आरकेजी, तपाईंको राजनीतिक विश्लेषण ठिकै रहेछ, तपाईं–हामी सँगै जाऔँ’ भन्नुभयो ।
त्योभन्दा पहिले मलाई वैद्यले पनि भनेका थिए । वैद्यले भन्दा पनि म चुप लागेँ, प्रचण्डले भन्दा पनि चुप लागेँ । त्यसपछि म बाबुराम भट्टराईकहाँ गएँ । त्यसवेला माओवादी सरकारबाट फर्किसकेको थियो । बाबुरामसँग आर्थिक सुधारका बारेमा दुई–तीनपटकसम्म लामा–लामा बहस भए । बाबुरामले ‘मैले गल्ती गरेछु आरकेजी, तपाईंलाई मैले अर्थमन्त्री हुनुअगाडि नै भेट्नुपर्ने रहेछ । तपाईंका आइडियाले धेरै काम गर्न सक्ने रहेछु’ भन्नुभयो । उहाँले पनि ‘म प्रचण्डसँग पनि कुरा गर्छु, तपाईं अलग नबस्नुस्, सँगै जाऔँ, एउटै कमिटीमा बसेर काम गरौँ’ भनेर अझ प्रस्टसँग भन्नुभयो । एउटै कमिटीमा बसेर काम गर्ने हो भने ठिकै छ नि त भनेँ मैले । उनीहरू एउटा राजनीतिक ओरिन्टेसनमा आउँदै छन् भन्ने मैले ठानेँ । त्यसपछि उनीहरूले पार्टी प्रवेश कार्यक्रमको आयोजना गरे, म गएँ । बाबुराम चितवन कि कता जानुभएछ, प्रचण्ड र वैद्यजी हुनुहुन्थ्यो । प्रचण्डले बोल्ने क्रममा ‘उहाँ राजनीतिको धरोहर हो भन्दै प्रशंसा गर्दै उहाँलाई उचित जिम्मेवारी दिइन्छ’ पनि भन्नुभयो ।
तुरुन्त जिम्मेवारी दिने भने, सदस्यता फारम भराए, लेबी लिए । मैले दुई–तीन महिनाको लेबी तिरेँ । ‘तपाईं धेरै पार्टी कार्यालय आइरहनुपर्दैन, वैद्यको सम्पर्कमा बस्नुस्’ भने । मलाई पार्टी कार्यालयमा गएर गाँड लागेर बस्न पनि मन थिएन । त्यहाँ आउनुपर्दैन भनेपछि सजिलै ठानेँ । तर एक महिना, दुई महिना हुँदै आठ–नौ महिना बितेपछि सल्लाहकारमा राख्ने कुरा सुनेँ । प्रचण्डकोमा गएँ । १०–१५ दिनको फरकमा प्रचण्डकोमा गइरहन्थँे, लागेका कुरामा सल्लाह दिन्थेँ, हिँड्थे । ‘मलाई सल्लाहकारमा राखेर तपाईंहरूले के गरेको ? सल्लाहकारमा राख्न तपाईंहरूले मलाई पार्टी प्रवेश गराउनैपर्दैनथ्यो नि । एमाले, कांग्रेसले बोलाउँदैनथे, बोलाउने तपाईंहरूले हो । लागेको कुरा भनिहाल्थेँ, सल्लाहकारको त्योभन्दा अरू के भूमिका हुन्थ्यो र ? मलाई एक सय १० जनामा एक सय ११औँमा उल्लु बनाउने ? यो मेरा निम्ति ठूलो अपमान हो’ भनेँ । ‘होइन, तपाईंलाई सम्मानका निम्ति ल्याएको’ भन्नुभयो प्रचण्डले । ‘तपाईंको सल्लाहकारको भन्दा मेरो निजी सम्मान नै माथि छ, म आफूलाई त्यति कमजोर ठान्दिनँ, मेरो सम्मान उठाउन तपाईंको सल्लाहकार भइरहनुपर्छ र ? ’ भनेँ । त्यसपछि, उहाँले ‘होइन, म मिलाउँछु’ भन्नुभयो ।
पार्टी फुट्ने बेला मैले प्रचण्ड र वैद्य दुवैलाई भेटेर ‘नफुट्नुस्, फुट्नुभयो भने तपाईंहरूको गति गरास् हुन्छ, तपाईंहरूसँग हिजोको क्रान्तिकारीपन छैन । फुट्नेबित्तिकै हाम्रो पल्लाभारी हुन्छ भनेर कसैले नठान्नुस्’ भनेँ । वैद्यलाई भेट्यो प्रचण्डलाई भन् भन्ने, प्रचण्डलाई भेट्यो वैद्यलाई भन् भन्ने । उहाँहरूको झगडा चर्केको चर्केकै भयो । त्यतिखेर मैले बाबुरामलाई त्यति जोड गरिनँ, किनभने बाबुरामको फुट्ने र जुट्नेसँग त्यति भूमिका थिएन । अन्ततः उनीहरू फुटे ।
फुटपछि हेटौँडा अधिवेशनको दिन बिहानै एमालेबाटै गएर माओवादीमा केन्द्रीय सदस्य भएका एकजनाले फोन गरे, ‘तपाईं यहाँ किन आउनुभएन ? ’ मैले भनेँ, ‘मलाई बोलाएकै छैन किन आउनु ?’ सल्लाहकार मैले उतिबेलै अस्वीकार गरेको थिएँ । अस्वीकार गरेको भए पनि अधिवेशनमा आऊ भनेर बोलाएको भए म जान्थँे होला । तर, अधिवेशनपछाडि यो भूमिका दिन्छौँ भन्नेचाहिँ हुनुपथ्र्याे । त्यो नभनीकन जाँदिनथेँ भनेपछि उनले ‘प्रचण्डसँग कुरा गरौँ त’ भने । मैले ‘हुन्छ’ भनिदिएँ । त्यसपछि म मर्निङवाकमा निस्किएँ । प्रचण्डले दुई–तीनचोटि फोन गर्नुभएछ । मर्निङवाकबाट फर्केपछि ११ बजेतिर मात्र फोन आएको थाहा पाएँ । त्यतिबेला थाहा पाएर १२ बजेको उद्घाटनमा जाने कुरा हुँदैनथ्यो । बेलुका हेटौँडा पुगेर एउटा कुनामा बस्ने अनि दुई–तीन दिन दाल–तरकारी खाएर फर्कन मलाई के स्वाद ? म गइनँ । त्यसपछि एमाओवादीसँग टाढा–टाढा हुँदै गएँ ।
एमाओवादीको सर्वनाश हुनुमा केही कारण मैले देखेँ । पहिलो, एमाओवादीमा पार्टी सदस्यताको अवधारणा राम्रो छैन । दोस्रो, भूगोलमा आधारित कमिटी बनाउनुपर्छ, स्थानीय मान्छे ल्याउनुपर्छ भन्ने छैन । तेस्रो, एमाओवादी कार्यकर्ता भनेका पैसा खाने मात्र हुन् । गाउँमा गयो झगडा हे¥यो, यति पैसा ले मिलाइदिन्छु भन्यो, दुवै पक्षबाट पैसा लियो, हिँड्यो । एमालेका पनि पैसा त खान्छन्, तर उनीहरूलाई सम्झाएर, बुझाएर कुनै संगठनमा ल्याएर मतदाता बनाउँछन् । माओवादीले चाहिँ बैरी बनाउँछन्, मतदाता गुमाउँछन् । संगठनलाई राजनीतिक बनाउँदै नबनाउने । एमालेका कार्यकर्ताले १० वर्षमा आफ्नो जीवनस्तर जति उकासे, माओवादी कार्यकर्ताले त्यति त ६ महिनामै उकासे । त्यो हालत देखेपछि मैले धेरैचोटि यी अवगुण सुधार्नुस् भनेँ । पछि गएर त उनीहरूले मलाई डाम्ने मात्र काम गरे । मैले यिनीहरूको राजनीतिक भविष्य नै देखिनँ र एमाओवादी छाडिदिएँ ।
प्रस्तुति ः उज्वल पहाडी

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
-
▼
August
(
181
)

0 comments for this post
Leave a reply