Featured Photos
Recent News

बन्द गराउने लिम्बुवानका कार्यकर्ता पक्राउ

दमक/ संघीय लिम्बुवान पार्टीले आयोजना गरेको बन्दका क्रममा सोमबार पार्टीका ८ जना नेता तथा कार्यकर्ताहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पार्टीका केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, सभासद तथा लिम्बुवान भोलेटिन्यर्स भ्याली इञ्चार्ज दुर्गा ओखाबो, लिम्बुवान भोलेटिन्यर्स भक्तपुर इञ्चार्ज मिसेक लिम्बु, लिम्बुवान भोलेटिन्यर्स कोटेश्वर इञ्चार्ज सुन्दर लिम्बु, लिम्बुवान भोलेटिन्यर्स हर्क मगर, विद्यार्थी नेता चन्द्र कन्दङ्वा, लिम्बुवान भोलेटिन्यर्स तथा सिने कलाकार सानुबाबा सुब्बा रहेका छन् । उनीहरूलाई ललितपुर सातदोवाटोबाट पक्राउ गरिएको पार्टीले जनाएको छ ।
यस्तै पार्टीका कार्यसमिति सदस्य तथा युवा मञ्च केन्द्रीय अध्यक्ष कुमार साम्युलाई ताप्लेजुङबाट पक्राउ गरिएको संघीय लिम्बुवान पार्टीले जानकारी दिएको छ । पक्राउ परेका नेता कार्यकताहरूलाई तत्काल रिहा गर्न समेत पार्टीले आग्रह गरेको छ । 

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives