Featured Photos
Recent News

रजिष्ट्रेशन फर्म शुल्कको रकम क्याम्पसलाई

दमक/ यहाँस्थित मालपोत कार्यालयवाट दमक बहुमुखी क्याम्पसले रजिष्ट्रेशन फर्म वापतको रकम उठाउने भएको छ । सोमबारबाट क्याम्पसले नेपाल  लेखापढी कानुन व्यवसायी संघ मार्फत त्यस्तो शुल्क उठाउने भएको हो ।  क्याम्पसको आर्थिक स्रोत जुटाउन स्थानीयस्तरमा सोमबारबाट लागु हुने गरी यो सेवा शुरु गरिएको हो । मालपोत कार्यालय दमकबाट दैनिक हुने जग्गाको रजिष्ट्रेशन पास वापतको प्रति फर्म १ सय रुपैयाँ क्याम्पस सञ्चालनका लागि सहयोगार्थ जम्मा गर्न लागिएको जनाईएको छ ।
हाल मालपोत कार्यालय दमक बाट दैनिक ४० वटाको हाराहारीमा जग्गाको रजिष्ट्रेशन पास हँुदै आएको कार्यालयका प्रमुख डाक्टर बच्चुराम कार्कीले जानकारी दिए । दमक बहुमुखी क्याम्पस सञ्चालक समितिको पहलमा केही समय अगाडी भएको सर्वपक्षीय भेलाले त्यस्तो सहमति गरेको हो । त्यसवाट मासिक एक लाख रुपैयाँ बढी रकम उठ्ने जनाईएको छ । यसअघि लेखापढी संघले आफ्ना संस्थाको हितका निम्ती सो रकम उठाउँदै आएको थियो ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives