Featured Photos
Recent News

दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु

दमक/ दुर्गा भवानी फुट वेयर उद्योगले लेडिज ब्रान्डका चप्पल उत्पादन शुरु गरेको छ । दमक –१ स्थित संगम चोकमा रहेको सो उद्योगले ६ प्रकारका चप्पलको उत्पादन शुरु गरेको हो ।
गत असारको पहिलो साताबाट सञ्चालनमा आएको उद्योगले दैनिक लेडिज, जेन्स र बच्चाले लगाउने चप्पल उत्पादन गरिरहेको छ । उद्योगले अहिले दैनिक ६सयदेखि ७ सय जोडी चप्पल उत्पादन भईरहेको उद्योगका सञ्चालक विमल राईले जानकारी दिए । ट्राक जिरो एक, ट्राक जिरो टु र  ट्राक किड्स लगायतका पियुबी वेष्ट चप्पल पूर्वाञ्चल र बीरगञ्ज सम्म थोक बिक्री भइरहेको उद्योगले जनाएको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives