Featured Photos
Recent News

टेरा मोटरको इ–रिक्सा दमकमा

दमक/ त्रिवेणी ट्रेड लिङ्क दमकले जापनीज विद्युतिय तीन पाङ्ग्रे रिक्सा चाँडै बजारमा ल्याउने भएको छ । पूर्वका मुख्य शहर बजारहरुमा यस अघिनै भारतीय र चाइनिज कम्पनीका विद्युतीय रिक्साहरु सञ्चालनमा आएका छन् । ट्रेडलिङ्कले दमकमा चाडैनै कम मूल्य र गुणस्तरिय सामान जडित जापनीज टेरा कम्पनीको आर सिक्स बिद्युतीय तिनपात्रे रिक्सा पूर्वमा नै पहिलो पटक ल्याईएको ट्रेडलिङ्कका सञ्चालक शेषलाल चौधरीले जानकारी दिए  । २ सय ७८ किलो च्यासिस तौल भएको रिक्साको ड्राइभरसहित ७ जनाको भारबहन क्षमता रहेको जनाईएको छ ।
सोही अवसरमा ट्रेडलिङ्कले बिद्युतीय रिक्सा चालकहरु संग अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रियाका क्रममा रिक्सा मजदुरहरुले अहिले सञ्चालनमा आएका तीन पाङ्ग्रे इ–रिक्सा महङ्गो मुल्यमा खरिद गरेपनि गुणस्तरहिन भएको गुनासो गरेका छन् । अहिले सञ्चालनमा आएका चाइनीज र भारतीय इ–रिक्साहरुमा बिभिन्न समस्या आएर हैरान भएको उनीहरुले दुखेसो पोखेका थिए । उनीहरुले यी रिक्साहरु महङ्गा भएपनि भारबहन क्षमता कम हुनु, छिटो बिग्रीनु, चार्ज नटिक्नु लगायतका बिविध समस्याहरु रहेको बताएका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives