Featured Photos
Recent News

ताप्लेजुङमा मौरीपालन फस्टाउँदै

ताप्लेजुङ/ ताप्लेजुङमा पछिल्लो समय मौरीपालन व्यवसायमा किसानको आकर्षण बढ्दै गएको छ । मौरीपालन व्यवसाय थोरै लगानीबाट भएपनि सञ्चालन गर्न सकिने र यसबाट आम्दानी पनि राम्रै गर्न सकिने भएपछि किसानको आकर्षण बढ्दै गएको हो ।
परम्परागत शैलीमा आफ्नो घरमा मौरीको एक÷दुई घार पाल्दै आएका किसानले पछिल्लो समय व्यवसायिक रुपमै मौरीपालन गर्दा मह उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू यस व्यवसायतर्फ आकर्षित बन्दै गएका हुन् । मौरीपालन व्यवसाय थोरै समय मिलाएर रेखदेख गरे पुग्ने र यससँगै अन्य पेशा व्यवसायसमेत अँगाल्न सकिने हुँदा मौरीपालन अत्यन्तै सजिलो व्यवसाय भएको किसान बताउँछन् ।
हाल मौरीको महको बजार माग र मूल्य निक्कै राम्रो रहेको किसानहरू बताउँछन् । माग राम्रो भएकाले बजारको अभाव नभएको र फाइदा पनि राम्रै हुने गरेको मह उत्पादक किसानले बताएका छन् । उनीहरूका अनुसार हिजोआज मह प्रतिबोतल एक हजार देखि एक हजार दुई सय रुपियाँसम्ममा खरिद÷विक्री गर्ने गरिएको छ । यसरी महको राम्रो मूल्य देखेर पनि अहिले किसानहरू मौरीपालन व्यवसायप्रति उत्साहित र आकर्षित भएका ताप्लेजुङ नगरपालिका १ किसान हर्कहाङ लिम्बूले बताए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives