Featured Photos
Recent News

अनैतिक सम्बन्ध राखेको आरोपमा गाउँ निकाला

फिदीम/अनैतिक सम्बन्ध राखेको भन्दै पाँचथरको अमरपुर ५ का जेठाजु  र बुहारीलाई जुत्ताको माला लगाउँदै चारपाट मुडेर दाजुभाइले गाउँ निकाला गरेका छन् । अमरपुर ५ का दावावीर तामाङलाई बुहारीसँग अनैतिक सम्बन्ध रहेको भन्दै दाजुभाइले चारपाटा मुढेर गाउँ निकाला गरेका हुन् ।
तर दावावीरले भने काका पर्ने नन्दकुमार तामाङको नेतृत्वमा आफूहरूलाई जुठो आरोप लगाएर जुत्ताको माला लगाँउदै चारपाटा मुढेर गाउँ निकाला गरिएको बताउनुभयो । ‘आईतबार विहान नौ बजोतिर स्थानीय सिंहकालि प्राविको प्राङ्गणमा लगेर कुटपीट गर्दै मुचुल्का बनाए’ दावावीरले भने ‘मुचुल्कामा जबरजस्ती औंठा छापा लगाएर चारपाट मुढे ।’ मुचुल्कामा लेखिएको वेहोरा समेत आफूलाई थाहा नभएको दावावीरको आरोप छ ।
श्रीमान विदेश भएको बेला आफूलाई जेठाजुसँगको अनैतिक सम्बन्धको आरोपा बद्नाम गरिएको पीडित महिलाले बताइन् । आरोप लगाउने जेठाजुहरूसँग आफ्नो पहिलादेखि नै मिलेमतो नभएकाले अनावश्यक आरोप लगाएर दुव्र्यवहार गरेका ती महिलाको भनाई छ । आफूसँगै गाउँ निकाला हुने दावावीरले सहयोग गरेको र आफ्नो पक्ष लिने गरेकाले षड्यन्त्र गरेको पीडित महिलाको भनाई छ ।
दाजुभाइ र गाउँलले चारपाटा मुढेर गाउ निकाले गरेपछि जेठाजु बुहारी भालुचोक प्रहरीको सम्पर्कमा पुगेका थिए । उनीहरूले दुव्र्यवहार गर्नेविरुद्ध जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नीरिक्षक रविराज थपलियाका अनुसार महिलाको जाहेरीका आधारमा मनकेशर तामाङ, समर तामाङ, दिलवीर तामाङ, वर्ण तामाङ र नन्दकुमार तामाङलाइ पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको  छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives