Featured Photos
Recent News

क्रान्तिकारीको आयोजक कमिटी गठन

दमक/ अखिल क्रान्तिकारीले क्षेत्र नम्बर ६ का चारवटा क्याम्पसमा इकाई सम्मेलन आयोजक कमिटी बनाएको छ ।
संगठन सुदृढीकरण अन्तर्गत शनिबार चारवाटा क्याम्पसमा आयोजक कमिटी गठन भएको हो । जस अन्तर्गत गौरादह बहुमुखी क्याम्पसमा हिमाल नेपालको संयोजकत्वमा १७ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन भएको छ । त्यस्तै गौरीगञ्ज क्याम्पसमा देवराज गिरीको संयोजकत्वमा ११ सदस्यीय समिति, जनता उच्च माबिमा बिजय खनालको संयोजकत्वमा १३ सदस्यीय र ब्रोज्वल कलेजमा सबिन कार्कीको संयोजकत्वमा १६ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन भएको अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष कुमार खतिवडाले जानकारी दिए । कार्यक्रममा जिल्ला उपाध्यक्ष खतिवडा, जिल्ला सदस्यहरू केशव पौड्याल नारायण पौड्याल लगायतको उपस्थिति रहेको थियो ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives