Featured Photos
Recent News

महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल

बिर्तामोड/ झापाको बुधबारे– १ मा महिलाहरूको सकृयतामा निर्माण भएको झोलुङ्गे पुलको शनिवार उद्घाटन गरिएको छ ।
झोलुंगे पुल उद्घाटन गर्दै सभासद् गिरी
 स्थानीय दामा खोलामा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन झापा क्षेत्र नं ४ का सभासद् प्रेमबहादुर गिरीले गरेका छन् । हेल्भेटास नेपालको कुल २८ लाख आर्थिक सहयोग तथा  जिविस ३,बुधबारे गाविस ३ र जनश्रमदानबाट २ प्रतिशत रकम समेत गरी पुल निर्माण भएको थियो । मोटरसाइकल समेत आवतजावत गर्न सकिने गरि बनाइएको पुलकोे लम्बाइ ७५ मिटर रहेको छ ।
दामाटार झोलुङ्गे पुल उपभोक्ता समितिकी अध्यक्ष यमुना चापागाईंको सभापतित्व भएको पुल उद्घाटन कार्यक्रममा बोल्दै सभासद् गिरीले महिलाहरूले सक्रियतामा निर्माण सम्पन्न गरेको पुलबाट महिलाहरू पनि सक्षम छन् भन्ने गतिलो उदाहरण भएको उल्लेख गरे । उनले उपभोक्ता र सर्वसाधारण जागरुक बन्न सके विकासले फड्को मार्न समय नलाग्ने औल्याएका थिए । सभासद गिरीले विकासलाई पार्टीगत नहेरी आफ्नो गाउँ आँफैले बनाउन लागि पर्नुपर्ने जोड दिए ।
त्यस्तै नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठक, बुधबारे गाविसका सचिव मोहनलाल पनेरु, सहारा नेपालकी पुष्पाञ्जली सिन्हा, एकीकृत माओवादीका पवन तिम्सिना, कमला अधिकारी लगायतले बोलेका थिए  । पुल निर्माण पछि स्थानीयलाई आवतजावत गन सुविधा पुग्ने बताईएको छ  ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives