Featured Photos
Recent News

सबै मेरा गुरू (कविता)

नविन गौतम

संसार नै मेरो स्कूल सबै मेरा गुरू
सबैबाट शिक्षा लिन्छु म त खुरु–खुरु
घामबाट शिक्षा लिन्छु सबैको भलो गर्ने
ज्ञानको ज्योति फैलाएर अन्धकार हर्ने ।

पर्वतले पनि मलाई शिक्षा दिँदै भन्छ
कर्तव्य र आदर्शमा अटल हुनुपर्छ ।
खोला पनि पुस्तक हो संसारले पढ्ने
लक्ष्य आफ्नो नछोडेर अघि–अघि बढ्ने ।

कानैनेर भुन्भुनाई माहुरीले भन्छ
एकताले जस्तोसुकै काम पनि बन्छ
फूल भन्छ सधैँ मलाई मिठो बास छर
दुःखै दुःख परे पनि मुस्कुराउने गर ।
सुरुङ्गा

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives