Featured Photos
Recent News

धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास

मार्चपासमा सहभागी हुदै धिमाल युवतीहरू
दमक/ पूर्वका झापा, मोरङ र सुनसरीलाई ‘धिमाल स्वायत्त क्षेत्र’ घोषणा गर्न माग गर्दै शनिबार धिमालहरूले यहाँ मार्चपास निकालेका छन् । मोरङको उर्लाबारीदेखि झापाको दमकसम्मको करिब १० किलोमिटर सडकमा धिमालहरूले विभिन्न नारावाजी गर्दे मार्चपास सहित प्रर्दशन गरेका हुन्् । संघीय प्रदेशहरूको सिमाङकनका क्रममा धिमाल जातिका लागि बिशेष स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै दवावमूलक शक्ति प्रर्दशन गरेको हो ।
जातीय पहिचानसहितको सो मार्चपास ¥यालीमा ब्यानर र प्लेकार्ड बोकेका सयौको संख्याका धिमाल समुदायहरूले तीन जिल्लालाई धिमाल स्वायत्त क्षेत्र घोषणा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
धिमाल जातीय बिकास केन्द्रले आयोजना गरेको प्रदर्शनका सहभागीले तीन जिल्लालाई धिमाल स्वायत्त क्षेत्र घोषणा नगरिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । मार्चपासपछि दमकमा आयोजित कोणसभामा सहभागी आदिवासी तथा जनजातिका अगुवाहरूले पहिचान सहितको संघीयता नबनेसम्म आन्दोलन चर्काउने चेतावनी दिएका थिए । सभामा धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष नगेन्द्र धिमाल, नेपाल आदिवासी जनजाति महासंघका पूर्व सचिव नित्यानन्द ताजपुरिया, एकीकृत माओवादीका केन्द्रीय सदस्य झलकसिंह दर्लामी, कांग्रेसका महासमिति सदस्य शुरेस सुब्बा, संघीय लिम्बुवान पार्टीका केन्द्रीय सचिव देउकुमार नेम्बाङ लगायतका वक्ताहरूले पहिचानसहितको संघीयता बनेमात्र मुलुक समृद्ध हुने उल्लेख गरेका थिए । पूर्वपश्चिम राजमार्गको १० किलोमिटर खण्डमा धिमालहरूले नाराबाजी गर्दा राजमार्ग यातायात एकतर्फी गरिएको थियो । प्राचिन र उद्धगमथलोका रुपमा मान्दै आएका यी जिल्लाहरूमा पछिल्लो जनगणनामा धिमाल समुदायको २६ हजार जनसंख्या रहेको उल्लेख गरिएको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives