Featured Photos
Recent News

कबाडी बन्दै उपयोगी औजारहरु

केरखा/ तोपगाछीको केरखास्थित रतुवामाई वृक्षारोपण आयोजनाले विभिन्न समयमा नियन्त्रणमा लिएका सवारी साधन पुराना गाडी लिलाम गर्न नसक्दा लाखौँ मूल्य बराबरको सम्पत्ती माटोमा मिल्ने अवस्थामा पुगेको छ ।
आयोजनाले नियन्त्रणमा लिएका सामग्रीमध्ये साइकल ३० थान, बञ्चरो र दाउ एक–एक थान तथा विभिन्न घटनामा क्षति पु¥याइएका कार्यालयका सवारी साधनमा पिकअप, जीप र मोटरसाइकल लिलाम गर्न नसकेका कारण लाखौँ मूल्य बराबरको सम्पत्ती माटोमा मिल्न लागेको हो ।
आयोजना प्रमुखका भक्तिप्रसाद गौतमका अनुसार तस्करले काठ काटेर ओसार्न प्रयोग गरेका समयमा नियन्त्रणमा लिइएका साइकलको प्रति साइकल २५० का दरले लिलामी प्रक्रिया अगाडि बढाउने तयारी भैरहेको छ । पिकअप, जीप र
मोटर साइकलको मूल्याङ्कन गर्नका लागि केन्द्रबाटै टोली आएपछि मात्र प्रक्रिया अगाडि बढाउने गौतमले जानकारी दिए । यस्ता समानको लिलामी प्रक्रिया अगाडि नबढाएका कारण अधिकांश सामान अब पुन प्रयोग गर्न नमिल्ले अवस्थामा पुगेको त्यहाँ कार्यरत कर्मचारीहरू बताउँछन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives