Featured Photos
Recent News

बक्राहा खोला फेरि गाउँ पस्यो

मधुमल्ला /मोरङको मधुमल्लास्थित बक्राहा खोलामा आएको बाढी बिहीबार फेरि गाउँ पसेको छ । बाढी बस्तीमा पसेपछि मधुमल्लाका चार वटा वडाका डेढ सय भन्दा बढी घर परिवार डुबानमा परेका छन् ।
पहाडी भेगमा भारी बर्षा भएपछि बक्राहा खोलामा बाढी आएको हो । बाढीले भर्खरै निर्माण गरिएको मधुमल्ला–५ स्थित बाँध फुटाएपछि खोला गाउँतिर सोझिएको हो । खोला गाउँतिर पसेपछि मधुमल्लाको ५, ६, ७ र ८ नम्बर वडाका १५० भन्दा बढी घर डुबानमा परेका हुन् । बुधबार राति ११ बजेतिर खोला बाँध फुटाएर गाउँ पसेको हो ।
यसअघि गत असार १५ गते राति पनि बक्राहा खोलामा आएको बाढी बाँध फुटाएर गाउँ पसेको थियो । त्यसबेला बाढीले बगाएर एक बालकको मृत्यु भएको थियो भने डेढ सय भन्दा बढी घर डुबानमा परेका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives