Featured Photos
Recent News

उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित

दमक/ उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई उचित परामर्श दिने उद्देश्यले दमकमा एभरेष्ट प्लस कन्सल्टेन्सी सञ्चालनमा ल्याईएको छ ।
दमक–१० स्थित एसएन मार्केटमा कार्यालय खोलेर औपचारिक रुपमा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई आवश्यक परामर्श दिन थालिएको सञ्चालक एलपी फूयालले बताए । काठमाडौँ बाहिरका विद्यार्थीहरूलाई सहज रुपमा विदेशमा पढ्न जान सघाउ पु¥याउन सो संस्थाले कार्यक्रम थालेको हो ।
एभरेष्ट प्लसले पहिलो चरणमा जापानीज लगायतका भाषा सञ्चालन गर्नुका साथै अमेरिका, क्यानडा, न्यूजील्याण्ड, फिन्डल्याण्ड, जर्मनी लगायतका देशहरूमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई निःशुल्क प्रोशेसिङ जस्ता आधारभूत जानकारी दिने कार्य थालिएको जनाएको छ । दुई साता अघि मात्र सञ्चालनमा आएको सो कन्सल्टेन्सीमा अहिले एक सयका हाराहारीमा विभिन्न भाषा तथा आधारभूत विषयमा अध्ययन गरिरहेका छन् । सो कन्सल्टेन्सीमा एन्थल नेपाल, नविन राई जस्ता अनुभवी शिक्षकहरू संलग्न रहेका छन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives