Featured Photos
Recent News

‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’

इटहरी/ नयाँ बन्ने संबिधानमा अरुण पूर्वका नौ जिल्लालाई स्वायत्त लिम्बुवान राज्य घोषित नगरे मुलुकमा आन्दोलनको आधिबेरी ल्याउने लिम्बुवानका नेताहरुले चेतावनी दिएका छन् । शनिबार यहाँ आयोजित बिरोधसभालाई सम्बोधन गर्दै लिम्बुवानका नेताहरुले लिम्बुवान विनाको संबिधान आफूहरुलाई मान्य नहुने कडा चेतावनी दिएका छन् ।
कार्यक्रममा बोल्दै संघिय लिम्बुवान पार्टी नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले लिम्बुवान प्राप्तीको लागि जस्तोसुकै बलिदान दिन तयार रहेको बताएका छन् ।
अरुण पूर्वको नौ जिल्ला ऐतिहासिक पृष्ठभुमिको आधारमा लिम्बुवान राज्य रहेको हुँदा सरकारले नहिचकिचाई इमान्दारका साथ लिम्बुवानलाई सुम्पन अनुरोध गर्दे लिङ्देनले भने,‘ सरकारले नदिए आफ्नो अधिकार खोस्न हामी आफै अघि बढ्ने छौ ।’
कार्यक्रममा अर्का लिम्बुवान नेता सञ्जुहाङ पालुङवाले शान्तिपूर्ण आन्दोलनबाट आफ्नो अधिकार माग्दा सरकार मुर्कदर्शक बनेकोले अबका दिनमा लिम्बुवानले शशक्त आन्दोलन सुरु गर्ने बताए । त्यस्तै लिम्बुवानकै अर्का नेता रामभक्त कुरुम्बाङले सरकारले मुलुकमा जातीय दंगा भडकाएर गृहयुद्ध सुरु गरेको आरोप लगाएका छन् । संघीय लिम्बुवान पार्टी नेपाल केन्द्रिय समितिको आयोजनामा सम्पन्न बिरोधसभामा सहभागी हुन पूर्वका झापा,मोरङ,सुनसरी र धनकुटाबाट आफ्ना कार्यकर्ताहरु ओसारेका थिए । विरोधसभा पूर्व ¥याली सहित शक्ति प्रदर्शन गरेका थिए ।

सत्तासीन शीर्ष नेतालाई भौतिक कारबाहीको चेतावनी

इटहरी/ थारु कल्याणकारिणी सभाका पूर्वअध्यक्ष राजकुमार लेखीले प्रधानमन्त्री सुशील कोइराला लगायतका मुख्य राजनीतिक दलका शीर्ष नेताहरुलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् । लेखीले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता बाबुराम भट्टराई, नेता लेखराज भट्ट, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भीम रावलको नामै किटान गरेर उनीहरुमाथि भौतिक कारबाही हुन सक्ने बताएका छन् ।
शनिवार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा लेखीले भने, ‘अधिकार प्राप्तीको लागि जारी थारुहरुको आन्दोलन दबाउन प्रधानमन्त्री कोइराला लगायत शीर्ष नेताहरु लागि परेको आरोप लगाउँदै तराई र थारुहटका गाउँमा आए उनीहरुलाई भौतिक कारबाही हुनसक्छ ।’
लेखीले प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहाललाई भौतिक कार्वाही गर्ने चेतावनी दिईरहदा काँग्रेस सुनसरी क्षेत्र नम्बर १ का सचिव सुजेन्द्र तामाङ र एमाओवादीका नेता सन्तोष थारु पत्रकार सम्मेलनमै हाँसिरहेका थिए ।
लेखीले अखण्ड सुदुरपश्चिमको कुरा निकालेर थारुहरुको अधिकार खोस्न खोजेको पनि आरोप लगाए । लेखीले देशभर चर्किरहेको थारु आन्दोलनमा भने कमजोरी भएको स्विकार गरेका छन् । उनले कैलाली लगायतका जिल्लामा भएको थारु आन्दोलनमा पनि कार्यकर्ताहरुले त्रुटिपूर्ण काम गरेको भएपनि नेतृत्वका हिसाबले आफूले घटनामा कमजोरी भएको स्विकार गर्दै माफीसमेत मागेका छन् ।
उनले तराईका २२ जिल्लामा चार प्रदेश निर्माण गर्नुपर्ने माग गरेका छन् । उनले सरकारले धनीराम चौधरीलाई जागिरबाट बर्खास्त गर्न आफुलाई फर्केर कारबाही गरेर देखाउन पनि चुनौती दिएका छन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives